२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

आरके श्रीवास्तव,राैतहट,असाेज १३ गते । 

राैतहटकाे गरूडामा चलिरहेको मेयर कप सिजन ४ मा जयनगर क्रिकेट टिम र गरूडा ४ क्रिकेट टिमबीच सम्पन्न भएको क्रिकेट प्रतियोगितामा जयनगर टिमले २३ रनको शानदार जीत हात पारेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको जयनगरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३२ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो ।

 

जयनगरका कप्तान अरविन्द चौधरीले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ३२ बलमा ६ चौका र ४ छक्का सहित ६२ रनको महत्वपूर्ण योगदान दिए । बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै उनले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए ।

दोस्रो इनिङमा गरूडा ४ टिमले १८ ओभर ३ बलमै १०९ रनमा समेटिँदै हार बेहोर्नुपर्‍यो । कप्तान उमेश पटेलको नेतृत्वमा प्रयास गरिए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । जयनगरका बलरहरूको कसीलो बलिङ र कुशल फिल्डिङका कारण गरूडा ४ को ब्याटिङ धरासायी भयो ।

 

ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेका जयनगरका कप्तान अरविन्द चौधरीलाई “म्यान अफ द म्याच” घोषित गरिएको छ ।

 

आईतवार सम्पन्न पहिलो खेलमा गेडही गुठ्ठी टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको थियो ।

खेलमा जित हात पारेपछि गरूडा नगरपालिका १ का   वडा अध्यक्ष शेेख वहाबले टिमका खेलाडीहरू लाई हाैशला प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौं,असाेज १२ गते । 

पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक एसिया कपको उपाधि जितेको छ।

गएराति भएको एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले जित्दै भारतले उपाधि हात पारेको हो।

भारतले यसअघि सन् १९८४, १९८८, १९९०–९१, १०९५, २०१०, २०१६, २०१८ र २०२३ मा पनि एसिया कपको उपाधि जितेको थियो।

पाकिस्तानले दिएको १ सय ४७ रनको लक्ष्य भारतले २ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।
भारतका लागि तिलक बर्माले ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
भारत एक समय ४ ओभरमा ३–२० को अवस्थामा थियो। चौथो विकेटका लागि सञ्जु सामसन र तिलकले ५७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सञ्जु सामसनले २४ रन थपे। रिंकु सिंह २ रनमा नटआउट रहे। शिवम दुवेले ३३ तथा शुभमन गिल १२ रन बनाउँदै पेभेलियन फर्के।
पाकिस्तानका लागि फहिक असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि दुवई क्रिकेट रगंशालाामा भारतले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा १ सय ४६ रन बनाउँदा अलआउट भयो।
पहिलो विकेटका लागि ओपनर जाहिबजादा फरान र फखर जमानले ८४ रनका उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए।
ओपनर जाहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर ४६ रनका आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका सैम अयुबले १४ रन थपे।
त्यसपछि पाकिस्तानको ब्याटिङ लाइन ध्वस्त हुँदा विशाल योगफल बनाउने सुन्दर मौका टोलीले गुमायो। पाकिस्तानका ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
भारतका लागि कुलदिप यादवले ४ विकेट लिए। जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान २ विकेट लिए। सभार नेपाल खबर

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते । 

रौतहटकाे गरूडामा भएको मेयर कप क्रिकेट प्रतियोगिता सिजन ४ अन्तर्गत पहिलो खेलमा गत सिजनका विजेता गेडही टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरेको गेडही गेठ्ठी टिमले निर्धारित ओभरमा २ सय २२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । टिमका तर्फबाट पंकजले ६६ रन, दिपेसले ७६ रन तथा मनिषले ३८ रन बनाउँदै टिमलाई सशक्त स्थितिमा पुर्‍याए ।

 

जवाफी ब्याटिङमा उत्रिएको गरुडा यूथ क्लब २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा जम्मा ५२ रनमा समेटिँदै खेल गुमाएको हो । गेडही टिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीलाई दबाबमा राख्न सफल भए ।

 

१५२ रनको शानदार जितसँगै गेडही टिमले सिजन ४ मा विजयी सुरुवात गरेको छ । टिमका खेलाडीहरूको उत्कृष्ट समन्वय र प्रदर्शनका लागि स्थानीय क्रिकेटप्रेमी तथा समर्थकहरूले प्रशंसा व्यक्त क्रिकेटप्रेमी हाेसनारायण यादवले जानकारी गराउनु भएको हाे ।

 

गत वर्षको उपाधि विजेता गेडही गेठ्ठी टिमलाई पुनः सशक्त प्रदर्शनका लागि अनेक शुभकामना र धन्यवाद व्यक्त गरिएको छ । आजै भएको एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले गरूडा मेयर कपकाे समुदघाटन गर्नु भएको थियोे । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल सहितका जनप्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,भदौ १७ गते ।
राैतहटका गरूडा नगरपालिकामा आयोजना हुने मेयर कप क्रिकेट टुर्नामेन्टका लागि खेल सामग्री (क्रिकेट कीट) वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । यूथ क्लब अफ रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष बलराम ठाकुरको अध्यक्षतामा कार्यक्रम संचालन भयो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कन्थमनी जयसवालले खेलकुदले युवाहरूमाझ एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा ल्याउने बताउँदै भने, “खेलकुदले समाजलाई जोड्ने माध्यम हो । नगरपालिकाले सधैँ खेलकुद गतिविधिमा साथ दिँदै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर समर्थन गर्नेछ।”

त्यसैगरी, वडा नं. ५ का वडा अध्यक्ष रामबिनोद जयसवालले यूथ क्लब र खेलाडीहरूलाई धन्यवाद दिंदै भने, “यस प्रकारका प्रतियोगिताले स्थानीय युवाहरूमा प्रतिभा उजागर गर्न मद्दत पुर्‍याउँछ । हामी सबैले मिलेर यस्ता सकारात्मक गतिविधिलाई अझ सशक्त बनाउनु पर्छ।”

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रामबाबु जयसवाल, वडा नं. ७ का अध्यक्ष प्रविण यादव, कार्यपालिका सदस्यहरू, खेलाडीहरू लगायतको उपस्थिति रहेको थियो ।

यूथ क्लब अफ रौतहटका अनुसार मेयर कप क्रिकेट प्रतियोगिता विगत ४ वर्षदेखि सञ्चालन हुँदै आएको हो । यस वर्ष प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख २५ हजार र प्रमाणपत्र, द्वितीय टिमलाई रु. ६५ हजार र प्रमाणपत्र प्रदान गरिने यूवा समाजसेवी शैलेस जयसवालले जानकारी गराएका हुन् ।

त्यसैगरी, म्यान अफ द म्याचलाई रु. १५ हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई जनही रु. १० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमको सञ्चालन राजेश्वर पाण्डेले गरेका थिए ।

आरके श्रीवास्तव,राैतहट,२८ गते असार । 

रौतहटकाे कटहरियामा आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाैधीमाई क्रिकेट क्लब कटहरियाकाे आयाेजना र कटहरिया वडा नम्बर ४ काे सहयोगमा प्रतियोगिताकाे दाेस्राे सिजन सुरू भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कटहरिया नगरका टिमहरूसँगै अन्य पालिकाका १८ वटा टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल बलुवा र बहादुरपुरबीच सम्पन्न भयो, जसमा टस जित्दै बहादुरपुरले ब्याटिङ रोजेको थियो । प्रतियोगिताको उद्घाटन सत्रलाई ईप्रका कटहरियाका ईन्चार्ज विनोद राना मगर तथा स्थानीय जनप्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले उद्घाटन समारोहमा बोल्दै कटहरियामा पछिल्लो ५० वर्षदेखि क्रिकेटको इतिहास रहेको बताउँदै त्यसको परिणामस्वरूप रोहित सोनल जस्ता प्रतिभाशाली खेलाडीहरू जन्मिएको बताए । उनले ‘मिसन ८४’ अन्तर्गत टोल ग्राउन्डको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिँदै, सीमित बजेट (२० लाख) मै शिक्षा, खेलकुद र प्रतिभा विकासमा काम गरिएको बताए ।

“एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरेका छौं, वादविवाद तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका छौं,” कुशवाहाले भने, “खेलकुद सामग्री वितरणदेखि लिएर क्रिकेट प्रतियोगिता हुँदै आएको छ।”

त्यस्तै, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादवले युवाका लागि खेलकुद अपरिहार्य भएकोले आफू सधैं सहयोग गर्न तयार रहेको बताए । वडा सदस्य रामईश्वर यादवले खेलाडीहरूलाई खेलकुद सम्बन्धी समस्या नडराई साझा गर्न सुझाव दिएका थिए । वडा सदस्य दिलीप साहले वडा अध्यक्ष कुशवाहा स्वयं खेलाडी भएकाले कटहरियामा क्रिकेटको विकासका लागि अहोरात्र लागिपरेको बताए ।

 

कार्यक्रममा गायक सोनु कुशवाहाले “हमर चन्दन भईया कटहरियाके शान हबे, जनताके जान हबे” बोलको गीत गाएर माहोल उत्साही बनाएका थिए । उनले अध्यक्ष कुशवाहाको सोचमा सबै कटहरियावासीको साथ रहने विश्वास व्यक्त गरेका थिए ।

 

ईप्रका कटहरियाका ईन्चार्ज विनोद राना मगरले पनि खेलकुद स्वास्थ्य र अनुशासनका लागि अत्यावश्यक भएको बताउँदै युवालाई खेलमा लाग्न प्रेरित गरेका थिए ।

 

प्रतियोगिता आगामी पाँच दिनसम्म कटहरियाको विभिन्न टोल–टोलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

 

सागर संगम ठाकुर, रौतहट, असार २३ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक गतिविधि तथा युवाहरूको खेलकुदप्रतिको उत्साहलाई सम्मान गर्दै विविध सामग्रीहरू वितरण गरेका छन् ।

सोमबार आफ्नो निजी निवासमा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष साहले ब्रह्मबाबा राम जानकी मठका पुजारी उपेन्द्र साहलाई धार्मिक कार्यक्रम सञ्चालनमा सहजता ल्याउने उद्देश्यले साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन् । साथै, स्थानीय युवाहरुलाई क्रिकेट खेलका लागि आवश्यक खेलकुद सामग्रीसमेत प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष साहले समाजको समुचित विकासका लागि धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा युवाको शारीरिक र मानसिक विकास दुवै महत्वपूर्ण रहेको बताए । “सबैको भावना र आवश्यकतालाई ध्यानमा राख्दै यो सामग्री वितरण गरिएको हो,” अध्यक्ष साहले बताए ।

वडा अध्यक्ष साहको यो पहललाई स्थानीयवासीहरूले सकारात्मक रुपमा लिँदै प्रशंसा गरेका छन् । धार्मिक सद्भाव र युवाको मार्गदर्शनमा उनले देखाएको सक्रियतालाई स्थानीयले अनुकरणीय भनेका छन्। साह वडा अध्यक्षमा निर्वाचित भएयता जनमुखी कार्यहरूमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

अर्थिक वर्ष २०८१/८२ मा वडा स्तरीय योजनाअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा टोलटोलमा नाला निर्माण, सडक ढलान र ग्राभेलको काम सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

विभिन्न समयमा वडाबासीलाई प्रदान गरिएका सेवा तथा सहयोगले समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। साथै, खेलकुदमार्फत युवालाई गलत मार्गतर्फ जानबाट रोक्न र उनीहरूलाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कामरेन्द्र वर्मा,काठमाडौं, २०८२ जेठ २५ गते ।  काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०२५ भव्यताका साथ सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जेठ १७ देखि २५ गतेसम्म चलेको प्रतियोगिताको पहिलो संस्करणले खेलकुद र कूटनीतिक मैत्रीलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, विभिन्न कर्पोरेट संस्था तथा नेपालमा रहेका भारतीय समुदायका प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बेलायती राजदूत र परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारीको उपस्थिति रहेको थियो ।

एक हप्तासम्म चलेको मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलपछि जेठ २५ गते भएको रोमाञ्चक फाइनल म्याचमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोरा टोलीलाई पराजित गर्दै विजेता बन्यो । फाइनलपछि आयोजित ट्रफी वितरण समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यसै दिन साँझ प्रतियोगिताको सफलताको अवसरमा आयोजित रिसेप्सन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू, क्यान अध्यक्ष, कूटनीतिक समुदाय र सहभागी टोलीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

समारोहमा भारतीय राजदूत श्रीवास्तवले तीन जना यू–१९ नेपाली क्रिकेट खेलाडीहरुलाई क्रिकेट किट हस्तान्तरण गर्नुका साथै “राजदूत क्रिकेट फेलोशिप” कार्यक्रमको सुरुवातको घोषणा गर्नुभयो । उक्त फेलोशिप अन्तर्गत नेपालका दुई युवा क्रिकेटरहरुले भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता भारत र नेपालबीचको खेलकुद सहयोगलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो । भारतीय राजदूतावासले नेपालमा क्रिकेट विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

आरके श्रीवास्तव,राैतहट,०१ गते जेठ । 

मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव( जितेन्द्र) को प्रमुख आतिथ्यमा सम्पन्न ‘जय नेपाल कप टि २० अन्तरकलेज क्रिकेट प्रतियोगिता’ को उपाधि सिन्धुरेघारी मल्टिपल क्याम्पस,चपुरले हात पारेको छ । बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा सिन्धुरेघारीले मध्य रौतहट मल्टिपल क्याम्पस, गरुडालाई ६८ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

फाइनल खेलमा सिन्धुरेघारी क्याम्पसले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको मध्य रौतहट क्याम्पस १०.२ ओभरमै ६३ रनमा सिमित रहँदै अलआउट भयो ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि रहेका अर्थमन्त्री यादवले भने, “खेलकुद युवामा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने माध्यम हो । यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेल प्रतिभालाई उजागर गर्न सहयोग गर्छन् ।” उनले सरकार खेल पूर्वाधारको विकास र स्थानीय स्तरमा यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाए ।

अर्थमन्त्री यादवले सिन्धुरेघारी क्याम्पसलाई ऐतिहासिक जितका लागि बधाई दिँदै पराजित टिमलाई पनि उत्साहजनक प्रदर्शनका लागि धन्यवाद दिए । उनले आयोजक नेपाली काँग्रेस बिद्यार्थी विभाग राैतहटलाई सफल व्यवस्थापनका लागि प्रशंसा गर्दै यस्तो प्रतियोगिता हरेक वर्ष आयोजना गरिनुपर्ने धारणा राखेका थिए ।

जय नेपाल कपको पहिलो संस्करणमै देखिएको उत्साह र प्रतिस्पर्धात्मक खेलले यस प्रतियोगिताको दीर्घकालीन सम्भावना उजागर गरेको छ ।

फाेटाे फिचर:

काठमाडौं  – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ ।

बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो निर्णय लिइएको हो ।’

बीसीसीआईले सुरक्षाबलको तयारी र क्षमतामा पूर्ण विश्वास राखे पनि सबै सरोकारवालाको साझा हितलाई ध्यानमा राखेर यो निर्णय लिएको बताएको छ ।

विहीबार धर्मशालामा भएको पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि उक्त क्षेत्रमा रहेका खेलाडी, कर्मचारी र सञ्चारकर्मीलाई सुरक्षित स्थानमा सारिने तयारी गरिएको थियो । धर्मशाला कश्मीर नजिकैको संवेदनशील क्षेत्र हो ।

‘परिस्थितिको पूर्ण मूल्यांकनपछि सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ तालिका र स्थानबारे सूचना सार्वजनिक गरिने,’ बीसीसीआईले जनाएको छ।

आईपीएल २३ मेसम्म चल्ने तालिका थियो । आइपिएलमा कुल १६ खेल बाँकी छन् ।‌

पाकिस्तानले हिजो ड्रोन र मिसाइलमार्फत आफ्ना तीन वटा सैन्य बेसमाथि आक्रमण गरेको आरोप भारतले लगाएको छ। जुन पाकिस्तानले अस्वीकार गरेको छ । मंगलबार साँझ भारतले “अप्रेशन सिन्दूर” नामक सैन्य कारबाही सुरु गरेपछि स्थिति झन तनावपूर्ण बनिरहेको छ ।‌ सभार हाम्रो खेलकुद

आरके श्रीवास्तव,गरूडा,२४ गते वैशाख ।
रौतहटको चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा जारी ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा कटहरिया बहुमुखी क्याम्पसकाे टिम विजयी भएको छ ।


आज भएको खेलमा कटहरियाको टिमले केवल रामसुरत बहुमुखी क्याम्पसलाई ४ विकेटले पराजित गरेको हो । टस जितेर बलिङ गर्ने निर्णय लिएको कटहरियाले १९.१ ओभरमै प्रतिद्वन्द्वी टिमलाई ११५ रनमा अलआउट गरेको थियो । जवाफी ब्याटिङमा कटहरियाले १७ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै जित दर्ता गर्याे ।


कटहरियाका मुस्ताक आलमले ३० बलमा ४२ रनको आक्रामक पारी खेल्दै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उत्कृष्ट प्रदर्शनका लागि आलमलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएकाे थियोे ।
कटहरियाका कप्तान संजीव अधिकारीले टिमलाई उत्कृष्ट रणनीति र समन्वयमा अगाडि बढाएका थिए । कप्तान ठाकुरको शान्त स्वभाव र निर्णय क्षमताले टिमको प्रदर्शनमा महत्त्वपूर्ण योगदान दिएको हो । उनले क्षेत्ररक्षण र बलिङ परिवर्तनमा चातुर्य देखाउँदै विपक्षी टिमलाई दवावमा राखेका थिए ।
जितपछि क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले टिमका सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आगामी खेलहरूका लागि शुभकामना व्यक्त गरेका छन् । लेखाप्रमुख रामनिवास यादवले पनि खेलाडीहरूको हौसला अभिवृद्धि गरेका छन् ।
प्रतियोगितामा जिल्लाका ६ वटा क्याम्पस टिमहरूको सहभागिता रहेको छ । कटहरियाको आगामी खेल गाैरीशंकर यादव रौतहट क्याम्पससँग बिहीबार हुने कार्यक्रम छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।