बज्जिकाञ्चल संवाददाता,२१ गते चैत ।
जनकपुरधाम । रौतहटको फतुवा विजयपुरमा कार्यरत कर्मचारी संजीव साह मधेस प्रदेश उद्यम विकास सहजकर्ता संघको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
मधेस प्रदेशका १३६ पालिकामा कार्यरत उद्यम विकास सहजकर्ता तथा उद्यमशीलता विज्ञहरूको भेलाबाट साहलाई अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा सरिता चौधरी, महासचिवमा शोभा केवट मण्डल, सचिवमा अजय कुमार साह र कोषाध्यक्षमा निर्मला चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रामईश्वर रामलगायत रहेका छन् ।

भेलाबाट पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा श्याम कुमार विक, पंचा पण्डित, राजेश चौहान, निर्मला चौधरी र निलम यादव सदस्य रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेल रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पटेलले देशमा रोजगारी सिर्जनाको आवश्यकता औंल्याउँदै लघु उद्यमशीलता विकासलाई आगामी बजेट तर्जुमामा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले प्रदेशभर उद्यमशीलता प्रवर्द्धन तथा लघु उद्यम विकासमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए ।
चन्दन कुमार महताे,गाैर,२१ गते चैत ।
जिल्ला कुखुरा व्यवसायी किसान संघ, रौतहट को आयोजनामा पहिलो साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम रौतहट अन्तर्गत दुर्गा भगवती गाउँपालिकाको सामुदायिक भवनमा शनिबार आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भेटनरी अस्पताल तथा पशु सेवा विभाग गौरका कार्यालय प्रमुख ईन्दु राय यादव, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रमेश शिवा, रामनरेश साह ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अध्यक्ष प्रदिप साह लगायतको उपस्थिति रहेको थियो । साथै, संघका पदाधिकारीहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, किसान तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राधेश्याम साहले गरेका थिए ।

सभामा कुखुरा व्यवसायसँग सम्बन्धित समस्या, बजार व्यवस्थापन, रोग नियन्त्रण तथा व्यवसाय प्रवर्द्धनका विषयमा व्यापक छलफल गरिएको थियो । सहभागीहरूले किसानको हकहित संरक्षण तथा उत्पादन वृद्धि गर्न समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उमाशंकर साहले गरेका थिए भने अन्य वक्ताहरूले पनि कुखुरा व्यवसायलाई थप व्यवस्थित र सुदृढ बनाउन आवश्यक पहलका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

साधारण सभाले आगामी कार्ययोजना तय गर्नुका साथै किसानको हितमा विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको आयोजकले जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
रौतहट जिल्लाको उत्तरी–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाले आफ्नो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै गृह मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ।
गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सिमराभवानीपुरले प्रहरी चौकी स्थापनाको आवश्यकता औंल्याउँदै नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई सिफारिससहित अनुरोध गरेको हो। नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले हस्ताक्षर गरेको पत्रमा नगर क्षेत्रको शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी चौकी अत्यावश्यक रहेको उल्लेख गरिएको छ।

नगरपालिकाका अनुसार गुजरा क्षेत्रको अधिकांश भूभाग सघन वन क्षेत्रले ढाकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वन क्षेत्र तथा वन्यजन्तुको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी स्थानीय तहमा रहेको छ। यस्ता भौगोलिक अवस्थाका कारण यहाँ बसोबास गर्ने नागरिकको जीउ–धनको सुरक्षामा चुनौती देखिएको जनाइएको छ।
विशेषगरी वडा नं. २ अन्तर्गत पर्ने सघन वन क्षेत्रदेखि करिब १ किलोमिटर दक्षिणतर्फ रहेको कटानी बजारमा प्रहरी चौकी स्थापना गर्न उपयुक्त स्थान रहेको नगरपालिकाले प्रस्ताव गरेको छ।
नगरपालिकाले उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएमा अपराध नियन्त्रण, वन संरक्षण तथा आम नागरिकको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरेको छ।
यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी शीघ्र प्रहरी चौकी स्थापना गरिदिन गृह मन्त्रालयसँग आग्रह गरिएको नगरपालिकाले जनाएको छ।
जनकपुरधाम, चैत २१ गते ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिस पटेलको प्रमुख आतिथ्यतामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा प्रदेशको समग्र आर्थिक समृद्धि, उद्योग प्रवर्द्धन, पर्यटन विकास तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै व्यवहारिक र प्रभावकारी नीति निर्माण गर्ने विषयमा गहन विचार – विमर्श गरिएको छ। मन्त्री पटेलले नीति निर्माणलाई केवल कागजी प्रक्रियामा सीमित नराखी कार्यान्वयनमुखी बनाउनेतर्फ विशेष जोड दिएका हुन।

कार्यक्रममा मन्त्री पटेलले विगतका सरकारले ल्याएका सफल तथा प्रभावकारी नीति र योजनाहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै नयाँ योजनाहरूलाई पनि समयसापेक्ष र परिणाममुखी बनाइने बताए। उनले “देखिने गरी विकासका काम अगाडि बढाउने” आफ्नो लक्ष्य रहेको स्पष्ट पारेका हुन।
छलफलमा सहभागी कार्यालय प्रमुखहरूले पनि आ-आफ्ना क्षेत्रका अनुभव, चुनौती तथा सुझावहरू प्रस्तुत गर्दै नीति निर्माणलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएका हुन।
मधेश प्रदेश सरकार एवं उधोग वाणिज्य तथा पर्यटन मन्त्रालयले आर्थिक विकास, औद्योगिक विस्तार तथा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तर सुधार गर्ने दिशामा सक्रिय रहेको देखिएको छ।
सागर संगम ठाकुर रौतहट चैत २० गते ।
रौतहटको देवाही गोनाही नगरपालिकामा सम्पन्न दोस्रो नगरस्तरीय नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर–१ करुनिया टिम विजयी भएको छ । शनिबार वडा नम्बर–९ धरहरीमा सम्पन्न खेलमा वडा नम्बर–१ करुनिया र वडा नम्बर–५ टिकुलियाबीच कडा प्रतिस्पर्धा भएको थियो।
टस जितेर फिल्डिङ रोजेको वडा नम्बर–१ करुनिया टिमले विपक्षीलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। वडा नम्बर–५ टिकुलियाले १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नम्बर–१ करुनिया टिमले १९ ओभर १ बलमा ९ विकेट गुमाउँदै १३१ रन बनाउँदै शानदार जित हासिल गरेको हो। प्रतियोगिताको विजेताले उपाधिसहित रु बीस हजार तथा उपविजेताले रु दस हजार पुरस्कार पाउनेछन् ।

सम्पन्न भएको खेललाई सम्बाेधन गर्दै देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले खेलमा कसैको जित र कसैको हार निश्चित भएको भन्दै पराजित भएको टिमलाई आफ्नो मनाेबललाई कमजोर नपार्न सबै खेलाडीहरुलाई हाैसला प्रदान गर्नु भयो । नगर प्रमुख साहले खेलमा जितने खेलाडी नै कहिलेकाही हार्ने गरेको र हार्ने खेलाडीले नै जितने गरेको कुरालाई स्मरण गराउनु भयो ।
साहले प्रतियोगितामा उपस्थित सबै खेलाडीहरुलाई खेलकाे माध्यमबाट आफ्नो पालिका जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन सफल हुन भने अग्रिम बधाई तथा शुभकामना दिनु भयो ।
प्रतियोगितामा मेयर साह र आयोजक देवाही गाेनाही नगरपालिकाका खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले प्रतियोगिताको ‘म्यान अफ दी मैच विवेक पटेल म्यान अफ दी सिरिज’ निरज साह,वेष्ट बलर रितिक रौशन यादव, वेष्ट ब्याटर रौशन गुप्ता र हैट्रिक विकेट माेनु गुप्तालाई मेडल लगाई सम्मान गरेको थियोे ।नगर स्तरीय नक आउट क्रिकेट प्रतियोगितामा नौं वटा वडा तथा आयोजक गरी दसवटा टोली सहभागी थिए ।
नगरपालिकाकाे तर्फबाट खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव राम स्वास्थ्य शाखा सह-संयोजक राजिव साह र सहयोगी पात्रको रुपमा समाजसेवी तथा युवा नेता कुन्दन साह, विवेकान्नद साह( टाईगर) विकेश गुप्ता,राकेश साहले मुख्य भुमिका निर्वाह गरेकाे थियोे । एक हप्ता सम्म चलेको प्रतियोगितामा प्रत्येक दिन वडा नम्बर एक देखि वडा नम्बर नौं सम्मका वडा अध्यक्षहरु उपस्थिति रहेको थियो । प्रतियोगितामा स्थानीय खेलप्रेमी दर्शक, नेपाल प्रहरी,शस्त्र प्रहरी र संचारकर्मीकाे नियमित उपस्थिति रहेको थियोे ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार (चैत १९) राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार, यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँ रहेकोमा अब १९९.५० रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रो र तेस्रो वर्गमा १८६ र १८७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढेर २०१ र २०२ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल/मट्टितेलको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार यसअघि पहिलो दोस्रो र तेस्रो वर्गमा क्रमशः १६४.५०, १६६ र १६७ रुपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेल बढेपछि क्रमशः १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिशिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको जनाएको छ । बाह्रखरी
काठमाडौं । नेतृत्वको नेपाल पत्रकार महासंघले निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेको छ ।
महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सामाजिक संजालमा लेखेका छन् कि “दुई तिहाइको बलमा बनेको सरकारले पहिलो प्रहार नै मिडिया क्षेत्रमा गर्नु अत्यन्त चिन्ताजनक छ ।” उनले भने सरकारले कुनै पूर्व छलफल नगरी यस्तो निर्णय गरिएको उल्लेख गर्दै यसले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने चेतावनी दिइन् ।

उनले आफ्नो स्टेटसमा लेखेकी नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता मौलिक अधिकार भएको स्मरण गराउँदै निजी सञ्चार माध्यमहरूले लोकतन्त्र स्थापना र सुदृढीकरणमा खेलेको भूमिकालाई नजरअन्दाज गर्न नहुने उल्लेख गरिएको छ ।
सरकारी निर्णय तत्काल सच्याउन माग गर्दै अन्यथा देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । “यो निर्णय प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने षड्यन्त्र हो, जसको हामी घोर भर्त्सना गर्छौं,” स्टेटसमा भनिएको छ।
यस घटनाक्रमले सरकार र सञ्चार क्षेत्रबीचको सम्बन्धमा तनाव बढ्ने संकेत देखिएको छ भने प्रेस स्वतन्त्रताको विषय फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ ।
काठमाडौँ, चैत १९ गते — नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशन तथा प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ ।
कार्यालयले बुधबार (वि.सं. २०८२/१२/१८) सचिवस्तरीय निर्णयमार्फत संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको हो ।
जारी निर्देशनअनुसार अब सार्वजनिक खरिद लगायतका सबै प्रकारका सूचना प्रकाशन गर्दा , र जस्ता सरकारी सञ्चार माध्यमहरू प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै, सूचना प्रकाशन तथा प्रसारण वापतको भुक्तानी गर्दा सम्बन्धित सञ्चार संस्थाकै खातामा सोझै रकम जम्मा हुने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । भुक्तानीको दर तथा छुटसम्बन्धी व्यवस्था सम्बन्धित सञ्चार माध्यमबाट आधिकारिक रूपमा स्वीकृत भएको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।
सरकारले यस कदमबाट सार्वजनिक खर्च नियन्त्रण हुनुका साथै सरकारी सञ्चार माध्यमहरूको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको छ ।
उक्त सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत विनोद रेग्मीले जारी गरेका हुन् ।
आरके श्रीवास्त,मधेस,१८ गते चैत ।
जनकपुरधाम । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा सहभागी हुन लागेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री तिवारीले आज एक शुभकामना सन्देश जारी गर्दै SEE परीक्षा विद्यार्थी जीवनको अत्यन्त महत्वपूर्ण मोड भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार यो परीक्षा केवल शैक्षिक ज्ञानको मूल्यांकन मात्र नभई विद्यार्थीहरूको अनुशासन, धैर्यता, परिश्रम र आत्मविश्वासको पनि परीक्षण हो ।
उहाँले विद्यार्थीहरूलाई भयमुक्त वातावरणमा आत्मविश्वास, सकारात्मक सोच र संयमताका साथ परीक्षा दिन आग्रह गर्नुभएको छ । “निरन्तर प्रयास, दृढ संकल्प र आत्मविश्वासबाट नै सफलता हासिल हुन्छ,” मन्त्री तिवारीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी, उहाँले विद्यार्थीहरूको सफलतासँग परिवार, समाज र राष्ट्रको आशा जोडिएको बताउँदै आजका विद्यार्थीहरू भोलिका सक्षम नागरिक र राष्ट्र निर्माणका आधार स्तम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।
SEE २०८२ मा सहभागी सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले उत्कृष्ट नतिजा हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । साथै, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सम्बन्धित निकायहरूलाई आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१६ गते चैत ।
रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले करोडौंको बाँकी बिल रकम बक्यौता राखेका रौतहटका चार नगरपालिकाको लाईन काटेको छ ।
आज सोमबार रौतहटमा पहिलो पटक प्राधिकरणले बाकी बक्यौता रहेका निजि र सरकारी कार्यालयका लाईन काटने अभियान अन्तरगत राजदेवी, इसनाथ, गरुडा र माधवनारायण नगरपालिकाको लाइन काटेर बक्यौता तिर्न पालिकाहरुलाइ दबाब बढाईएको नेपाल प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले जानकारी गराउनु भएको हो । प्रमुख यादवका अनुसार, चार पालिकाको लाईन काटे संगै दुई नगरपालिका राजदेवी र इसनाथले आफ्नो विद्युत विलको आंशिक बक्यौता तिरे पछि पुनः लाइन सुचारु गरिएको जानकारी गराए ।
प्रमुख यादवका अनुसार बिल बाकी बक्यौताका अधारमा २०८२ साउन १ गते देखि २०८२ चैत्र १६ गते सम्म २ हजार ४५ जना ग्राहकको नौ करोड ५५ लाख ८३ हजार ३१६ असुल उपारको लागि लाइन काटिएको सो मध्ये १७ सय ७२ जना ग्राहकले ५ करोड ५०लाख १५ हजार ३ सय ७७ रुपैयाँ विल रकम तिर पुनः लाईन जडान गराएको बताए । पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुरबाट १५ लाख ३ हजार ६ सय ५७ समेत असुली गरिएको प्रमुख यादवले बताए ।
त्यतै कालो सुचीमा रहेका ग्राहकहरु मध्ये ६० जना उपभोक्तबाट २४ लाख ४९ हजार ६ सय ३५ रुपैया असुल उपर गरिएको छ भन्ने विधुत चहावट गरेका १ सय २० माथिको कार्यवाहीबाट १५ लाख ७६हजार १सय २४ रुपैया जरिवाना गरिएको बिधुत प्राधिकरण गौर वितरण केन्द्रले जनाएको छ ।