मुम्बई, ४ असार ।
अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर रिलिज भएको छ ।
फिल्ममा उनी भिलेन चरित्रमा देखिदैँ छिन् । फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन् । फिल्ममा गेल सिक्रेन्ट एजेन्ट चरित्रमा छिन् । जो आफ्नो मिसनलाई सफल बनाउन कैयौं समस्यासँग जुध्छिन् ।
आलियाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ट्रेलरका शेयर गरेकी छन् । ट्रेलरका केही दृश्यमा आलियालाई देख्न सकिन्छ । आलियाले गर्भवती अवस्थामा यो फिल्मको सुटिङ गरेकी थिइन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी ब्राजिल पुगेकी थिइन् ।
काठमाडौं, ४ असार ।
आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने भएका छन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’को संबादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन ।
‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (आज) देखि निषेध गरिएको छ ।’ उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।
‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भनेका छन, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ उनका अनुसार उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै हिन्दी सिनेमा नै काठमाडौंमा चल्न नदिने मेयर शाहले घोषणा गरेका हुन ।
प्रेमचन्द्र झा,असार०३ गते रौतहट ।
माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।विशाल पोखरीलाई तालको रुपमा विकास गर्न स्थानिय जनता लागि परेका हुन ।माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन माईधिया पोखरीलाई व्यवस्थापन गरि भगत ताल बनाउन लागिएको समाजसेवी पारस भण्डारीले बताए ।

सो गाउं पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियको सल्लाहमा भगत ताल नामाकरण गरिएको समाजसेवी भण्डारीले बताए । एउटा छुट्टै इतिहास बोकेको माईधिया पोखरी जस्को नाम परिवर्तन गरि भगत ताल नामाकरण भएपछी गाउँमा अब केही हुन्छ भने आश जागेर गएको हो।
करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । यसको उचित व्यवस्थापन र प्रचार प्रसारको कमिको कारणले निष्क्रिय जस्तै बनेका थिए ।
तर विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेका कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरि पर्यटन स्थल बनाउन लागि परेका छन ।

प्राचिनकालमा माईधिया पोखरी माई , धिया मिलेर बनेको छ । जसमा माईको अर्थ , माई (आमा) र ,धियाको अर्थ बेटि ( छोरी ) हुन्छ । सोही माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको छ ।

स्थानियको भनाई अनुसार यो पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुपमा धारण गरि एक रातमै उक्त पोखरी खनेको बताईन्छ। पोखरीको सौन्दर्यीकरण गरेर मात्र भएन वोटिङ्ग तथा आउने पर्यटकलाई कसरी मनोरञ्जन दिन सकिन्छ त्यस तर्फ जुटनका लागि स्थानीयले माग समेत गरेका छन ।

मधेश प्रदेश सरकारको लगानीमा सो पोखरीमा करिब एक किलो मिटर पक्कि बाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको समाजसेवी भण्डारीले बताए ।

काठमाडौं, ४ असार ।
आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने भएका छन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’को संबादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन ।
‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (आज) देखि निषेध गरिएको छ ।’ उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।
‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भनेका छन, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ उनका अनुसार उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै हिन्दी सिनेमा नै काठमाडौंमा चल्न नदिने मेयर शाहले घोषणा गरेका हुन ।
मुम्बई, ३ असार ।
फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन ।
फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन् । उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन् ।
सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ । अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन् । फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन् ।
रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन् । सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ । टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन् । अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन् ।
मुम्बई, ३ असार
करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए ।
सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका । ‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्, ‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिएँ । तर उनीहरुले यो कुरालाई स्वीकारेनन् । त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ ।’
सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन् । ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’, उनी भन्छन् ।
सलमानको बुझाईमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन् ।
मुम्बई, ३ असार।
ओम राउतको फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा मीम सामाग्री बनिसकेको छ । फिल्म रिलिज हुनासाथ इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । फिल्मको संवाददेखि लिएर ‘सीता भारतकी छोरी हुन्’ भन्ने सम्मका कैयौं विवादमा फिल्म फसिसकेको छ ।
अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।
‘केही एजेन्सीहरुले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् । उनीहरुले मलाई तपाईंको ट्वीट डिलिट गर्नु भनेर भीख मागिरहेका छन् । यसको बदलामा उनीहरुले मलाई पैसाको अफर गरेका छन् । क्षमा गर्नुहोला, तपाईंले गलत मान्छे छनोट गर्नुभएको छ’, रोशन राय नामका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।
अर्का प्रयोगकर्ताले पनि आफूलाई निर्माताले पैसाको अफर गरेको दाबी गरेका छन् । ‘आदिपुरुष टिमले मलाई फिल्मको सकारात्मक समीक्षा लेख्न प्रति ट्वीट ६५ सय रुपैंयाँ दिने कुरा गरेका छन् । तर म बिकाऊ होइन’, ती प्रयोगकर्ताले लेखेका छन् ।
तमाम विरोधका बाबजुद फिल्मले पहिलो दिन विश्वव्यापी रुपमा १ सय ४० करोड रुपैंयाँको कारोबार गरेको छ । ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान, र कृति सेनन प्रमुख भूमिकामा छन् ।
काठमाडौं, २ असार
सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।
३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।
विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।

हैंदाराबाद, २ असार ।
अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ ।
भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन् । तेलंगना राज्यमा यस्तै घटना भएको छ । फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन् ।
दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन् । तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन् ।
थिएटर साउण्ड सिस्टममा खराबी भएको भन्दै फिल्म ४० मिनेट ढिलो रिलिज गरेको थियो । जसकारण दर्शक आक्रोशित भएका थिए ।
यो घटनापछि प्रहरीमा उजुरी परेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । फिल्ममा ओम राउतको निर्देशन छ ।
काठमाडौं, २ असार ।
अभिनेत्री पुजा शर्मालाई दर्शकले फिल्ममा एक्सन अवतारमा सायदै कमैमात्र देखेका छन् । किनकी उनी बढी मात्रामा प्रेमकथाका फिल्ममा मात्र देखिन्छिन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ ।
फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजम देखिँदैछन् । कुन्साङको यो डेब्यू फिल्म हो । फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यस अगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ,’ रुपेशले भने ।
फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् ।
श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।