२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास बिक्री गर्ने घोषणा गरेको छ ।

चाडबाडको समयमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र सिलिण्डर सट्टापट्टामा देखिएको समस्या समाधान गर्न असोज २५ गतेदेखि असोज ३१ गतेसम्म ग्यास बिक्री तथा साटफेर गर्न लागिएको संघले जनाएको छ ।

काठमाडौँको सिफलचौरबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साइबाबा र श्रीकृष्ण र ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री वितरण गरिने संघले जानकारी दिएको छ । बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास बिक्री गरिने छ ।

संघका अनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहजरूपमा भइरहेको छ । गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बिक्री वितरण भइसकेको छ । उपत्यकामा समग्रमा ग्यासको आपूर्ति सहज बन्दै गए पनि चाडपर्वका बेला केही उपभोक्ताले सहजरूपमा ग्यास नपाएको र एक-अर्का ब्रान्डका सिलिण्डर साट्न नपाएको गुनासो गरेपछि यो कदम चालेको संघले बताएको छ ।

ती स्थानहरूमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने ग्यास सिलिण्डर मात्र साटफेर गरिनेछ । संघका अनुसार तोकिएका यी बिक्री केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर सट्टापट्टा गरिने छैन ।

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । मृत्युदण्डविरुद्धको २४औँ विश्व दिवस आज मनाइँदैछ । मृत्युदण्डविरुद्धको विश्व गठबन्धनको समन्वयमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

सन् २००३ मा सुरु भएको यो दिवसको यस वर्षको नारा ‘जीवनका कथाहरू’ रहेको छ । सन् २०२६ देखि २०२७ सम्म सञ्चालन हुने अभियानले मृत्युदण्डबाट प्रभावित मानिसहरूको जीवन, अनुभव र उनीहरूका कथालाई प्राथमिकतामा राख्ने उद्देश्य राखेको छ ।

यस दिवसका अवसरमा युरोपेली सङ्घ र युरोपेली परिषद्ले संयुक्त वक्तव्य जारी गर्दै मृत्युदण्ड कायम राखेका देशहरूलाई मृत्युदण्ड कार्यान्वयन तत्काल रोक्न र यसलाई पूर्ण रूपमा अन्त्य गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन् ।

मृत्युदण्डविरुद्धको विश्व दिवसले मृत्युदण्डको प्रयोगबारे जनचेतना बढाउने, मानव जीवनको महत्त्व उजागर गर्ने र मृत्युदण्ड उन्मूलनका लागि विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा पाँच विद्यार्थी नेता पक्राउ परेका छन् भने तत्काल रिहा गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।

त्रिवि उपकुलपति भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा उपकुलपतिको कार्यालय परिसरबाट आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिक्मत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल र विद्यार्थी रमन उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बिना कारण पक्राउ गरिएको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । शुक्रबार साँझ ११ वटा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी तत्काल रिहा गर्न माग गरेका छन् ।  पाँचै विद्यार्थीलाई बिनासर्त रिहा नगरे आन्दोलनमा उत्रिने विद्यार्थी संगठनले जनाएका छन् ।

रिहाको माग गर्ने ११ वटा विद्यार्थी संगठनमा नेविसंघकी अध्यक्ष करुणा कटुवाल, अनेरास्ववियुका अध्यक्ष दिपक धामी,  अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठ, अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, अखिल छैठौका अध्यक्ष सुबास जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष ह्याल तामाङ, विद्यार्थी सरोकार नेपालकी अध्यक्ष सुनिता बुढाथोकी र विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कुमार यादव रहेका छन् ।  एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।