२०८३ आश्विन २
२०८३ आश्विन २

काठमाडौँ । युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ ।

२७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गर्दा प्रतिरोध गरेपछि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले ढुंगाले प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि अस्पताल लगिए पनि बुधबार उनको मृत्यु भएको हो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ओवोरी युगान्डाको सबैभन्दा सफल क्लबमध्ये एक स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए । उनले सन् २०२४ मा क्लबलाई २० वर्षपछि लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका थिए ।

उनको हत्यापछि युगान्डाभर शोक छाएको छ । फुटबल समर्थक, खेलकर्मी तथा राजनीतिक नेताहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई पक्राउ गरिएको छ ।

तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली वारदातपछि फरार रहेका थिए । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो ।

रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट एयर अरेबियाबाट साउन २० गते राति १०: ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन हुने क्रममा उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको हो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन् ।

राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन् ? भन्दै गृहमन्त्री गुरुङलाई प्रश्न सोधेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यसको उत्तर म दिन चाहन्न भन्दै जवाफ दिन अस्वीकार गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका- २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज  बनाउन समिति गठन गरेको छ ।

मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयम् आफैंले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो। समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरु कार्यन्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी,

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर भएको आगलागी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

अमलेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बन्यजन्तु मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । दुर्घटना पश्चात उक्त ट्याङ्करमा आगलागी भएको थियो ।

दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ बारा र  सुरक्षा बेश सन्तपुर रौतहटबाट टोली खटिएको थियो ।

उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र तेल ट्याङ्कर पुर्ण रुपमा जलेको प्रहरीले बताएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको मिति तय भए पनि आयोजना हुने स्थान भने अझै टुङ्गो लागेको छैन ।

आईसीसीले यस वर्ष सार्वजनिक गरेको नयाँ विश्वकप संरचनाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने विश्वकपको मुख्य चरणमा सिधै स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछ । विश्वकप भने अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ मैदानमा आयोजना हुनेछ।

छनोट प्रतियोगितामा सेप्टेम्बर ३०, २०२६ सम्मको एकदिवसीय वरीयताअनुसार आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक सबैभन्दा पुछारमा रहेका दुई पूर्ण सदस्य राष्ट्र, विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले सहभागिता जनाउनेछन् । प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन् । प्लेअफको ढाँचा भने अझै सार्वजनिक गरिएको छैन ।

यसबीच दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पुनः छनोट खेल्नुपर्ने जोखिममा परेको छ । हाल एकदिवसीय वरीयताको १०औँ स्थानमा रहेको वेस्ट इन्डिजले कटअफअघि भारतसँग दुई एकदिवसीय खेल मात्रै खेल्नेछ । अफगानिस्तान र आयरल्यान्डबीच हुने शृंखलाको नतिजाले पनि उसको वरीयतामा प्रभाव पार्नेछ । आयरल्यान्डले अफगानिस्तानलाई ४-१ वा ५-० ले पराजित गरे र वेस्ट इन्डिजले भारतविरुद्ध दुवै खेल जिते शीर्ष आठमा पुग्ने सम्भावना रहनेछ । तर अफगानिस्तानले सिरिज जिते वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन फेरि छनोट प्रतियोगिता खेल्नुपर्ने लगभग निश्चित हुनेछ ।

वेस्ट इन्डिजले यसअघि पनि सन् २०२३ को एकदिवसीय विश्वकप गुमाएको थियो । हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग ‘सुपर ओभर’मा पराजित भएपछि वेस्ट इन्डिज विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।

हाल विश्वकप लिग- २ खेलिरहेको नेपाल भने शिर्ष चारमा परेर विश्वकपको छनौट खेल्ने अवसर गुमाएको छ भने अब प्लेअफ खेल्दै छनौटको अवसर भने बाँकी रहेको छ । लिग- २ मा नेपालले अब चार खेल खेल्न बाँकी रहेको अवस्थामा ३२ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

 

रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको छ ।

आज बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अकस्मात् पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरीका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा आगलागी भए पनि चालक सकुशल रहेका छन् । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

रबि साह ,साउन २० गते

रौतहटको कटहरिया नगरपालिकाको छोटका बडेडवा र हर्षाहा गाउँका करिब १५ सय घरधुरी विगत तीन महिनादेखि शुद्ध खानेपानी सेवाबाट वञ्चित भएका छन् ।

स्थानीयका अनुसार पुल निर्माणका क्रममा मुन्ना कन्स्ट्रक्सनले खानेपानीको मुख्य पाइप काटेपछि नियमित पानी आपूर्ति अवरुद्ध भएको हो । समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकाय, निर्माण कम्पनी तथा खानेपानी उपभोक्ता समितिलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

खानेपानी अभावका कारण स्थानीयहरू वैकल्पिक तथा असुरक्षित स्रोतको पानी प्रयोग गर्न बाध्य भएका छन्, जसले स्वास्थ्य जोखिमसमेत बढाएको उनीहरूको भनाइ छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले पनि निर्माण कम्पनीलाई बारम्बार पाइप मर्मत गर्न आग्रह गरे पनि सुनुवाइ नभएको बताए । उनका अनुसार पाइप काटिएपछि नै समस्या उत्पन्न भएको हो र स्थानीयले समेत आवाज उठाउन आवश्यक रहेको उनले बताए ।

यता, मुन्ना कन्स्ट्रक्सनका सञ्चालक प्रमोद यादवसँग प्रतिक्रिया लिन फोन सम्पर्कको प्रयास गरिए पनि उनको सम्पर्क हुन सकेन ।

स्थानीयवासीले कटहरिया नगरपालिका, सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीलाई तत्काल खानेपानी सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्। माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

राशिफल

आजको राशिफल बिस २०८३ साउन २१ गते विहिबार ईस २०२६ अगस्ट ६ नेपाल सम्बत ११४६ दिल्लागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रवन कृष्ण पक्ष अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –

आज तपाईंका लागि नयाँ सम्भावना खोज्ने र अघि बढ्ने दिन रहनेछ। विगतका प्रयासले सकारात्मक परिणाम दिन थाल्नेछन्। कार्यक्षेत्रमा आत्मविश्वासका साथ लिइएका निर्णय सफल हुनेछन्। सहकर्मी र वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नयाँ अवसर देखिनेछ भने आम्दानीका स्रोत विस्तार हुने सम्भावना छ। आर्थिक रूपमा लाभदायक अवस्था बन्नेछ। परिवारमा खुसी र सद्भाव कायम रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मनमा सकारात्मक ऊर्जा र उत्साह कायम रहनेछ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० –

आज स्थिर सोच र धैर्यले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि कुशलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। पुराना योजना पुनः अघि बढाउने अवसर मिल्नेछ। व्यापार–व्यवसायमा नियमित लाभका साथै नयाँ सम्भावना खोज्ने समय रहनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र अनावश्यक खर्चबाट बच्न सकिनेछ। परिवारका सदस्यसँग आत्मीयता बढ्नेछ। सामाजिक सम्बन्ध पनि बलियो बन्नेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र सन्तुष्टि अनुभव हुनेछ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –

आज तपाईंको बोली, व्यवहार र सिर्जनशीलताले सफलता दिलाउनेछ। नयाँ विचारलाई व्यवहारमा उतार्ने अवसर प्राप्त हुनेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन फलदायी रहनेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ र नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास बढ्नेछ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –

आज परिवार र व्यक्तिगत सम्बन्धमा सुखद अनुभव प्राप्त हुनेछ। घरमा मेलमिलाप र सहयोगको वातावरण रहनेछ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी र इमानदारीको प्रशंसा हुनेछ। रोकिएका काम पूरा गर्न अनुकूल समय छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिएको छ। घर, जग्गा वा सम्पत्तिसँग सम्बन्धित विषयमा सकारात्मक सोच बनाउन सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र आत्मसन्तुष्टि प्राप्त हुनेछ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –

आज आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। नेतृत्वदायी भूमिकामा सफलता मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा महत्त्वपूर्ण अवसर प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिन्छ। आर्थिक रूपमा राम्रो लाभ प्राप्त हुने संकेत छ। सामाजिक क्षेत्रमा सम्मान र प्रभाव बढ्नेछ। परिवारको साथले आत्मबल अझ मजबुत बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर उत्साह र ऊर्जा कायम रहनेछ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –

आज योजना बनाएर अघि बढ्दा राम्रो सफलता प्राप्त हुनेछ। अध्ययन, अनुसन्धान र नयाँ सीप सिक्ने कार्यमा प्रगति हुनेछ। कार्यक्षेत्रमा मेहनत र अनुशासनको राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। खर्च व्यवस्थापन गर्न सके भविष्यका लागि राम्रो आधार तयार हुनेछ। परिवारसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ। छोटो यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित जीवनशैलीले थप ऊर्जा दिनेछ।

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० –

आज आर्थिक र व्यावसायिक क्षेत्रमा सकारात्मक संकेत देखिन्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वयबाट राम्रो परिणाम आउनेछ। रोकिएको काम अघि बढ्ने सम्भावना छ। परिवारसँग खुसीका क्षण बित्नेछन्। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र सकारात्मक सोच बढ्नेछ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० –

आज मेहनत र धैर्यको प्रतिफल प्राप्त हुने दिन रहेको छ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको प्रशंसा हुनेछ। चुनौतीपूर्ण काम पनि आत्मविश्वासका साथ पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा लाभ हुने सम्भावना छ। आर्थिक पक्ष क्रमशः बलियो बन्दै जानेछ। परिवारमा प्रेम र विश्वासको वातावरण कायम रहनेछ। प्रियजनसँग महत्त्वपूर्ण कुराकानी हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह र आत्मबल बढ्नेछ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –

आज नयाँ अवसर र सकारात्मक परिवर्तनको संकेत देखिन्छ। अध्ययन, व्यापार, यात्रा वा नयाँ योजनामा सफलता प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको प्रयासको उचित मूल्यांकन हुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना छ। परिवारका सदस्यसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। भविष्यका योजना बनाउन दिन उपयुक्त रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मन प्रसन्न र ऊर्जावान रहनेछ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –

आज जिम्मेवारीलाई सही ढंगले व्यवस्थापन गर्न सक्ने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत र धैर्यको प्रशंसा हुनेछ। आर्थिक रूपमा सोचविचार गरेर निर्णय लिनु लाभदायक हुनेछ। दीर्घकालीन योजनामा सफलता प्राप्त हुने आधार तयार हुनेछ। परिवारका सदस्यबाट सहयोग र सुझाव प्राप्त हुनेछ। घरमा शान्त वातावरण रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। आराम र सकारात्मक सोचले दिन सहज बनाउनेछ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –

आज नयाँ सोच र सिर्जनशील योजनाले राम्रो परिणाम दिनेछ। कार्यक्षेत्रमा परिवर्तन वा नयाँ अवसरको संकेत देखिन्छ। व्यापार–व्यवसायमा सहकार्यबाट लाभ मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा प्रेम, विश्वास र समझदारी बढ्नेछ। साथीभाइसँगको भेटघाटले खुसी प्रदान गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर उत्साह र सकारात्मक ऊर्जा कायम रहनेछ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, ची० –

आज संयम र विवेकले तपाईंलाई सफलताको बाटोमा अघि बढाउनेछ। कार्यक्षेत्रमा मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। नयाँ अवसरले भविष्यका लागि राम्रो सम्भावना सिर्जना गर्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। अधुरा काम पूरा हुने सम्भावना छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, सन्तुलन र सकारात्मक ऊर्जा कायम रहनेछ।

 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू(भाग नजिक रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्मको भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू(भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू(भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू(भाग, कोशी प्रदेशका हिमाली र पहाडी भू(भाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका तराई भू(भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।