काठमाडौँ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू राजीनामा नदिने स्पष्ट पारेकी छन् ।
निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पत्रकारहरुले राजीनामाको लागि लोकभवन कति बेला जाने भन्ने प्रश्नको जवाफ दिदै आफुले राजीनामा नदिने बताएकी हुन् । उनले भनिन्- ‘म किन जाने ? हामीले हारेको भए पो जाने, यदि म जितेको भए, म शपथ ग्रहण अघि नै राजीनामा दिने थिए । लोकभवन जाने प्रश्न नै आउने थिएन । चोरी गरेर जितेपछि उनीहरुलाई लाग्छ, मैले राजीनामा दिनुपर्छ भने त्यो हुनेवाला छैन ।’
पश्चिम बंगालको निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक माहोल तातेको छ । तृणमूल कांग्रेसकी प्रमुख बनर्जीले निर्वाचन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै प्रशासनिक स्तरमै अनियमितता भएको आरोप लगाएकी छन् । उनले आफूहरू पराजित नभएको दाबी गर्दै जबर्जस्ती हराइएको बताइन् । उनले निर्वाचन आयोगसँग मिलेमतो गरेर विपक्षी दल विजयी भएको आरोपसमेत लगाइन् ।
तृणमूल कांग्रेसले निर्वाचन परिणामको समीक्षा गर्न १० सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले हारका कारण र भनिएका अनियमितताबारे छानबिन गर्ने जनाइएको छ । बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार आयोगले जनताको संवैधानिक अधिकार संरक्षण गर्न नसकेको आरोप छ । मतदानपछि मतदान मेसिनमा उच्च मात्रामा चार्ज रहनु शंकास्पद भएको उनले उल्लेख गरिन् ।
उनले निर्वाचनअघि आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको, विभिन्न स्थानमा छापा मारिएको र प्रशासनिक अधिकारीहरू परिवर्तन गरिएको आरोप लगाइन् । साथै सत्तापक्ष र निर्वाचन आयोगबीच मिलेमतो भएको दाबी गर्दै सम्पूर्ण राज्य संयन्त्र आफूहरूको विरुद्ध प्रयोग गरिएको बताइन् ।
मतगणनाका क्रममा पनि दुर्व्यवहार भएको आरोप लगाउँदै उनले आफ्ना प्रतिनिधिलाई गणना कक्षमा प्रवेश गर्न नदिइएको र कुटपिट गरिएको बताइन् । सुरक्षाकर्मी र बाहिरी व्यक्तिहरूले आक्रमण गरेको दाबी गर्दै आफूलाई समेत धक्का दिइएको र शारीरिक दुर्व्यवहार भएको उनले उल्लेख गरिन् । बनर्जीले यस्तो प्रकारको निर्वाचन जीवनमै पहिलोपटक देखेको बताउँदै आफ्नो पार्टीलाई योजनाबद्ध रूपमा पराजित गराइएको दोहोर्याइन् । साथै अब आफू साधारण नागरिकका रूपमा स्वतन्त्र रूपमा आवाज उठाउने उनले बताइन् ।
सोमबार सम्पन्न मतगणनामा २९४ सदस्यीय बिधान सभामा भाजपाले २०७ सिट जितेको छ भने तृणमूल कांग्रेसले केवल ८० सिट मात्र जितेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल बिस २०८३ बैशाख २३ गते बुधबार ईस २०२६ मे ६ नेपाल सम्बत ११४६ वछलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आज तपाईंमा उत्साह र ऊर्जा भरपूर रहनेछ । रोकिएका काम अघि बढ्ने संकेत छन् । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यमा राम्रो लाभ दिनेछ । आर्थिक पक्षमा आम्दानी भए पनि खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ । परिवारसँग समझदारी बढ्नेछ र सम्बन्ध अझ मजबुत हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
धैर्य राख्नु पर्ने दिन छ । साना–साना कुरामा मन अशान्त हुन सक्छ । काममा ढिलाइ भए पनि अन्ततः सफलता हात पर्नेछ । आर्थिक अवस्था सामान्य रहनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, खानपान मिलाएर लिनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –
आज सकारात्मक सोचले काममा प्रगति हुनेछ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ । साथीभाइ र सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना देखिन्छ । प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामको चाप बढ्न सक्छ । निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुस् । परिवारबाट सहयोग पाइनेछ । खर्च बढ्ने संकेत भएकाले अनावश्यक खर्च घटाउनु राम्रो हुन्छ । स्वास्थ्य सामान्य रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मविश्वास बढ्ने दिन छ । कार्यक्षेत्रमा प्रशंसा पाउने सम्भावना छ । नयाँ अवसर आउन सक्छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –
आज केही चुनौती आउन सक्छन् । काममा अवरोध भए पनि धैर्यले पार लगाउन सकिन्छ । आर्थिक पक्षमा सावधानी अपनाउनुहोस् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । नयाँ चिनजान र सम्बन्ध विस्तार हुनेछ । आर्थिक लाभको संकेत छ । परिवारसँग रमाइलो समय बित्नेछ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
काममा जिम्मेवारी बढ्नेछ । केही दबाब महसुस हुन सक्छ । धैर्य र लगनशीलताले सफलता दिलाउनेछ । विवादबाट टाढा रहनु राम्रो हुन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–
भाग्यले साथ दिनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । शिक्षा र ज्ञानको क्षेत्रमा प्रगति हुनेछ । यात्राको सम्भावना छ । आर्थिक लाभ पनि हुने संकेत छ ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु)–
आज सतर्क रहनु पर्ने दिन छ । आर्थिक लेनदेन गर्दा ध्यान दिनुहोस् । काममा साना बाधा आए पनि धैर्यले समाधान गर्न सकिन्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
साझेदारीको काममा सफलता मिल्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्ष पनि राम्रो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
काममा व्यस्तता बढ्नेछ । मेहनतअनुसार परिणाम प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । आर्थिक स्थिति सामान्य रहनेछ । परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी