२०८२ फाल्गुन ९
२०८२ फाल्गुन ९

रामअधार प्रसाद यादव,राैतहट,०८ गते फाल्गुन । 

रौतहटकाे गुजरा नगरपालिका वडा नं. ३ सिमरीमा आज आयोजित एक विशेष कार्यक्रममार्फत विभिन्न राजनीतिक दलका नेताहरू औपचारिक रूपमा मा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेका नेता पलट चौधरी, निर्वाचित वडा अध्यक्ष गजेन्द्र चौधरी तथा पूर्व वडा अध्यक्ष मनोज चौधरी,नेता रुपेश दास लगायत सयौं समर्थकहरू पार्टीमा समावेश भएका हुन् ।

नवप्रवेशी नेताहरूलाई प्रमुख अतिथि राैतहट ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादव, विशिष्ट अतिथि केन्द्रीय सदस्य वहिद अंसारी, प्रदेश सदस्य विनदेश्वर राय यादव तथा का मेयर प्रत्याशी अजय तिमल्सिनाले खादा तथा माला लगाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेताहरूले प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले पार्टीको संगठन विस्तार, स्थानीय विकास र जनताको हितमा सक्रिय भूमिका निर्वाह गर्ने अठोटसमेत व्यक्त गरे ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते फाल्गुन । 

रौतहट  । सीमावर्ती रौतहट जिल्लामा अपराध, तस्करी र सवारी दुर्घटनाका घटनाले चुनौती थपिरहेकै बेला जिल्ला प्रहरी कार्यालयले माघ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, राजस्व छली रोकथाम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
७७ मुद्दा दर्ता, बैंकिङ कसुर बढ्दो चुनौती
माघ महिनाभर जिल्लामा ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी ७, आत्महत्यासम्बन्धी ८, चोरीका २ र सामाजिक अपराधका २३ मुद्दा रहेका छन्। बैंकिङ कसुरका मात्रै १७ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। डिजिटल कारोबार विस्तारसँगै ठगी, चेक बाउन्स र अनलाइन माध्यमबाट हुने आर्थिक अपराध बढ्दै गएको प्रहरीको विश्लेषण छ।
२८४ उजुरी, १७३ फर्छ्यौट
जिल्लाभर २८४ साधारण उजुरी दर्ता भएकोमा १७३ उजुरी फर्छ्यौट गरिएको र १११ उजुरी अनुसन्धान प्रक्रियामै रहेको प्रहरीले जनाएको छ। कार्यालयका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादीलाई विशेष अपरेशनमार्फत पक्राउ गरिएको छ।
लागूऔषधसहित एक पक्राउ
लागुऔषध नियन्त्रणअन्तर्गत एक जनालाई पक्राउ गरी उनको साथबाट डाइजेपाम ५०० पिस, फेनारगन ५०० पिस र नुरफिन ५०० पिस बरामद गरिएको छ। खुला सीमाको दुरुपयोग गरी लागूऔषध ओसारपसार हुने सम्भावनालाई मध्यनजर गर्दै निगरानी कडा पारिएको प्रहरीको भनाइ छ। युवामाझ नशालु औषधिको दुरुपयोग बढ्दै गएकाले विद्यालय र कलेज लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
६२ लाखभन्दा बढीका अवैध सामान बरामद
सीमावर्ती जिल्ला भएकाले अवैध भन्सार छली तथा तस्करी नियन्त्रणमा कडाइ गरिएको प्रहरीले जनाएको छ। माघ महिनामा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच सवारीसाधन बरामद गरिएको छ। राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारीसाधन नियन्त्रणमा लिई ६ हजार रुपैयाँ जरिवाना गरिएको छ।
९२ सवारी दुर्घटना, ५ जनाको मृत्यु
माघ महिनामा जिल्लामा ९२ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लंघन मुख्य कारणका रूपमा देखिएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारीसाधनलाई कारबाही गर्दै ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। नियमित चेकजाँच, संयुक्त गस्ती र सचेतना अभियानलाई तीव्र पारिएको छ।
५६ सचेतनामूलक कार्यक्रम
समुदाय–प्रहरी साझेदारीअन्तर्गत माघ महिनामा लागूऔषध, आत्महत्या न्यूनीकरण तथा महिला हिंसाविरुद्ध ५६ कार्यक्रम सञ्चालन गरिएको छ। १२३ प्रहरी परिचालनमार्फत १ हजार २०८ जना प्रत्यक्ष लाभान्वित भएका छन्। विद्यालयहरूमा आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसाविरुद्ध १५ कार्यक्रम सञ्चालन गरी ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ।
दीर्घकालीन रणनीति आवश्यक
माघ महिनाको तथ्यांकले जिल्लामा आर्थिक अपराध, सामाजिक हिंसा र सवारी दुर्घटना प्रमुख चुनौतीका रूपमा देखिएका छन्। बैंकिङ कसुर र आत्महत्यासम्बन्धी मुद्दाले मानसिक स्वास्थ्य र डिजिटल सचेतनाको आवश्यकता औंल्याएको छ।
जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण र सामाजिक शान्तिका लागि नागरिक सहयोग अपरिहार्य रहेको बताउँदै शंकास्पद गतिविधि देखिएमा तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीको सक्रियता देखिए पनि बढ्दो आर्थिक अपराध र दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ। सभार क्रान्तिद्वार डट कम

संजय सहनी,गाैर, फागुन ०८ गते ।

रौतहट गौर नगरपालिका वडा नं. ६ सवगढाका भएको दुई समुदायको द्वन्द्व सामाधानको लागि गाउँवासी र समाजसेवीहरूबीच महत्वपूर्ण सहमति भएको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख उपस्थितिमा बसेको बैठकले गाउँमा देखिएको विवादलाई सुल्झाउन र आपसी सद्भाव कायम राख्न ६ वटा मुख्य निर्णय र सहमति भएको हो ।

बैठक बाट गाउँको शान्ति र सद्भाव बिगार्ने कुनै पनि प्रयासप्रति सामूहिक खेद प्रकट गर्दै त्यस्ता क्रियाकलाप रोक्ने प्रतिबद्धता जनाइएको छ।
​गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरू पनि रहेको कुरालाई ध्यानमा राख्दै, कुनै पनि धार्मिक वा सांस्कृतिक कार्यक्रम गर्नुअघि आपसी छलफल र संवाद गर्ने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनु भएको छ।
​उहाँले २०८१ चैत्र ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरशः पालना गर्ने र सार्वजनिक शान्ति कायम राख्ने निर्णय गरिनुको साथै विभिन्न ​चाडविवाह, रमजान वा अन्य कुनै पनि चाडपर्वमा एक समुदायले अर्को समुदायको सम्मान र सहयोग गर्ने। यदि कसैले अवरोध सिर्जना गरेमा प्रहरी प्रशासनलाई खबर गरी कानुनी दायरामा ल्याउन सहयोग गर्ने सहमती भएको बताउनु भयो।
​प्रमुख जिल्ला अधिकारी भुसालले सामाजिक सद्भाव बिगार्ने वा कानुन उल्लंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्न प्रशासनलाई पूर्ण सहयोग गर्ने र ​आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल र शान्तिपूर्ण वातावरण तयार पार्न आजकै मिति (२०८२/११/०८) देखि विवाद अन्त्य गर्ने निर्णय गरिएको प्रष्ट पारे।

बिहिबार राती गौर नगरपालिका–६ सवगढा बस्ने सत्य नारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडी बाजा बजाएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो ।
सोही विषयलाई लिएर शुक्रबार विहान ९ बजेको समयमा दुबै पक्षका करिब ४०० देखि ५०० जनाको भीड जम्मा भई पुनः झडप सुरु भएको थियो।


दुवै पक्षबीच ढुंगा हानाहान हुन थालेको र स्थिति नियन्त्रण बाहिर जाने थालेपछि प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा नेपाली सेना सहित ५०० भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड ब्ल्याङ्क फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
सोही क्रममा स्थानीयहरु संगै २ जना प्रहरी सहित केही सर्वसधारण समेत घाइते भएका थिए। घाइते सबैको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल गौरमा
उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।