२०८२ फाल्गुन ६
२०८२ फाल्गुन ६

 

काठमाडौं, २९ गते माघ ।
आम जनता पार्टी (आजपा)ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र लेखनकार्य सम्पन्न भएकाले पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनि गर्ने कार्यक्रम रहेको आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जनाएका छन् ।

आजपा अध्यक्ष प्रभु साह, नेता ऋषी धमला लगायतको विशेष उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको छ । लुटकारी व्यवस्था, दलाल दलतन्त्र, भ्रष्टाचार, सरकारपिच्छेको कर आतंक बिरुद्धमा संघर्ष गर्दै आएको आजपाले शासन व्यवस्थामा आम जनताको सहभागिताका लागि आन्दोलन गर्दै आएको पार्टी हो ।

अहिलेको व्यवस्था नै खराब भएकाले मुलुकको अवस्थामा पनि खराब भएको निष्कर्ष सहित आजपाले भ्रष्ट, दलाल एवं लुटकारी व्यवस्थाको आन्दोलन गर्दै आएको छ । जेनजी आन्दोलनलाई खुलेर समर्थन गर्ने र सो आन्दोलनलाई संस्थागत गर्नुपर्ने आवाज उठाउदै आएका आजपा अध्यक्ष साहले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने बताउदै आएका छन् ।

उनले जेनजी आन्दोलन हाईज्याक भएको बताउदै जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, हाईज्याकरका बिरुद्धमा आवाज उठाउदै जेनजी आन्दोलनलाई संस्थागत गर्न खोज्ने आजपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने चुनावी भेटघाट, छलफलमा भन्दै आएका छन् । २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक हुने आजपाको घोषणापत्र कस्तो आउँने भन्ने चर्चाको बिषय बनेको छ ।

‘अब की बार जनता सरकार’ भन्दै साहले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न अपिल समेत यसअघि गरेका छन् ।

स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार हुनुपर्नेमा साहले जोड गर्दै आएका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२९ गते माघ । 
रौतहट । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा चुनावले विस्तारै गाउँ शहर तातिदै गएको छ । चुनावी प्रचार र घदैलो कार्यक्रममा अहिल रौतहटका उम्मेवादरहरु व्यस्त रहेको देखिन्छ । सोही क्रममा रौतहट क्षेत्र नं. १ बाट कुनै वेला आफनै पार्टीको संविधान सभा सदस्य रहेकी नेतृ रम्भा देवि संग आफ्नो पक्षमा मतदान गर्ने गौर उहाँकै निवासमा पुग्दै जनता समाजवादी पार्टी नेपालका रौतहट क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र राय यादवले अनुरोध गरेको हो ।


मधेश र मधेशी अधिकारको मुदा स्थापीत गराउनमा तपाईको पनि अहम योग्दान भएकोले त्यस मुदालाई स्थायीत्व र प्रभावकारीता गराउने छाता छापमा मतदान गर्न उम्मेदवार योगेन्द्र राय यादवले आग्रह गरे ।
मधेश आन्दोलको उपलब्ध र अधिकारको पुर्ण प्राप्तीको लागि हामी अगाडी बढीरहेकोले यसपालीको चुनाव मधेशी स्तीत्व जोगाउँने लडाईमा रहेकोले कुनै पनि हालतमा मधेशी जनताले जसपा नेपाललाई भुलाउने छैन भन्ने मेरो विश्वासा रहेको उम्मदवार यादवले घरदैलो गर्ने क्रममा संचारकर्मीहरु संग बताए । आफु र आफ्ना पार्टीले सधै मधेशी अधिकार प्राप्तीको लागि लडिरहने मधेशी जनताको एक मात्र भरोसा र अस्थाके केन्द्र रहेकोले हामी यस पाली बहुमतले संसदमा पसने बताए ।


उम्मेदवार यादवले, आज विहिवार गौर सदरमुकामको मुख्या बजारमा आम सर्वसधारण सहित व्यपारी वर्गमा जसपाको नेता बाबुलाल साह, अनिल सिंह, किरण ठाकुर, पुर्व मेयर विरेन्द्र यादव, पुर्व जिल्ला अध्यक्ष श्यामविहारी यादव, गौर नपा वार्ड नं. १का पुर्व अध्यक्ष भरत साह गौर नपा अध्यक्ष संजिव केसरी लगायत आफ्न सकडौ समर्थकका साथ आफ्ना एजेन्डा सहित घर घर पुगेर आफ्नो पक्षमा मतदान गर्ने आग्रह गरेका छन् । यस पालीको चुनावमा रौतहट क्षेत्र न.. १ मा नेकपाका माधवकुमार नेपाल, नेपाली काग्रेस अनिल कुमार झा, नेकपा एमालेका अजय कुमार गुप्ता, जसपा नेपालका योगन्द्र राय यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी गरि पाँच जना विच कडा प्रतिशप्रधा हुने देखिन्छ ।

आरके श्रीवास्तव,राैतहट,२९ गते माघ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी अभियान रौतहट क्षेत्र नम्बर ३ मा थप सक्रिय बन्दै गएको छ । यसैक्रममा मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवको विशेष उपस्थितिमा गुजरा नगरपालिकाकाे जंगलसहिया र सिमरीमा चुनाव विशेष प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

साे क्रममा प्रदेश अध्यक्ष यादवले रौतहट–३ का उम्मेदवार गोविन्द चौधरी (छाता छाप) लाई विजयी गराउन सबै समुदाय एकजुट हुन आग्रह गर्नुभयो । उहाँले विकास, सुशासन र जनअधिकारको सुनिश्चितताका लागि जसपाको उम्मेदवारी आवश्यक रहेको बताउँदै संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै विगतका अनुभव र आगामी योजनाबारे धारणा राख्नुभयो । उहाँले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

विशेषगरी सिमरीस्थित पहाडी समुदायमा समेत उत्साहजनक सहभागिता देखिएको थियो । विभिन्न समुदायका स्थानीय बासिन्दाहरूले कार्यक्रममार्फत आफ्ना सुझाव तथा अपेक्षाहरू व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले “छाता छाप”मा मतदान गरी गोविन्द चौधरीलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए ।

जसपा नेपालले रौतहट–३ मा आफ्नो संगठन विस्तार र जनसमर्थन सुदृढ पार्दै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ ।

वीरगंज, २८ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता जोगाउन जेनजी युवाहरुको हत्या गर्ने केपी ओली र आरजु देउवाहरू अनि सत्ता पाउनको लागि युवाहरुलाई उक्साउने रवि लामिछाने र बालेन शाहजस्ता दुवै अतिवादीहरुबाट देशलाई जोगाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘जेनजी पुस्ताले देशमा सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारबाही गर्नको लागि सचेततापूर्वक आन्दोलन गरे, तर सत्ता जोगाउन केपी ओलीहरुले गोलीको वर्षा गराए, युवाहरुको हत्या गराए, अनि उता युवाहरुलाई बलिको बोको बनाएर सत्तारोहण गर्ने रवि लामिछाने र बालेन शाहहरुबाट यो देशलाई बचाउनुपर्छ । दुवै अतिवादीलाई कारबाही हुनुपर्छ ।’

उनले भदो २३ र भदौ २४ गतेको जेनजी आन्दोलनपछिको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको औचित्यमाथि पनि प्रश्न उठाए । सुशीला कार्की नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्दापनि सो सरकारले बनाएको जाँचबुझ आयोगले काम गर्न नसक्नु भनेको आयोगको असफलता भएको साहको आरोप छ ।

आज (बुधबार) वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले आयोग जेनजी आन्दोलनका हत्यारा केपी ओलीहरूसँग डराएको प्रमाणित भइसकेको पनि स्मरण गराए । उनले भने, ‘आयोगले तत्कालिन सरकारको नेतृत्वमा बसेका र युवाहरुलाई ताकि ताकि गोली हान्न आदेश दिनेहरुसँग बयान लिनपनि डरायो, घरघरमा गएर चाकरी गरेको देखियो, प्रेमी–प्रेमिकाबीचको पत्राचारजस्तो गरियो, यताबाट प्रश्न सोध्ने र उताबाट उत्तर दिने काम गरियो, यो जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुको अपमान हो । यो आयोग निकम्मा भइसकेको छ । जेनजी आन्दोलनका हाईज्याकर सुशीला कार्कीहरुको सेवामा लागेको छ । जेनजी पुस्तालाई हत्या गरेर भएपनि सत्ता जोगाउन चाहने ओली प्रवृत्ति र जेनजीलाई मर्न उक्साएर सत्ता प्राप्तिको भोक जागेका रवि र बालेनहरुबाट देशलाई जोगाउनुपर्छ । यो सुशीला सरकार दुवै अतिवादीहरुको सेवामा खटिएको छ ।’

सुशीला सरकारको आयु नै जम्मा ६ महिना तोकिएर चुनावको मिति आईसक्दापनि जाँचबुझ आयोगले प्रतिवेदन बाहिर ल्याउन नसक्नु आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको अपमान भएको साहको आरोप छ । उनले भने, ‘म यही मञ्चबाट सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु नै सकिने बेला भईसक्यो, तर तपाईंले गठन गरेको आयोगको म्याद चाहीँ लम्बिएको लम्बिएछ, किन यस्तो कुकर्म गर्नुहुन्छ । आयोगले प्रतिवेदन तयार भईसक्यो भनेर यसका पदाधिकारीले सार्वजनिक रुपमा बोलिसकेका छन्, अनि त्यो प्रतिवेदन सार्वजनिक गर्न के को समय चाहिन्छ ? सार्वजनिक गर्नुहोस ।’

साहले अहिलेको चुनाव जेनजी आन्दोलनको आलोकमा हुन गईरहेकोले नेपाली जनताले भदौ २३ र भदौ २४ गतेको यथार्थ जान्न चाहेको भन्दै तत्कालै जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

उनले अहिलेको निर्वाचनमा जनताले असल नेताको खोजी गरेको भन्दै नक्कली नायकको भ्रम फिजाएर जनमत लिने कोशिस भएको भन्दै न्यायप्रेमी जनताले आफ्नो विवेक सही तवरले प्रयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले गरिव, निमुखा, भुईंमान्छेको न्यायको लागि लड्ने पार्टीलाई नै जनताले माया गर्ने भन्दै यो निर्वाचनमा अतिवादी, लोकप्रियतावादी र नक्कलीहरु पराजित हुने दाबी गरे । उनले भने, ‘अहिले लडाईं सत्यवादी र शक्तिवादीहरुबीच भईरहेको छ । हामी संख्यामा होईन, सत्यमा विश्वास गर्छौं । जनताले न्याय दिनुहुनेछ भन्ने विश्वास छ ।’

आरएन पटेल,राैतहट,२८ गते माघ । 

आजपा (आम जनता पार्टी) का केन्द्रीय सदस्य बिगु पासवान जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन। बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच जसपा नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारी तथा महिला नेतृ एवं पूर्व मन्त्री सुरिता साहले टिका, माला र गम्छा ओढाएर उनलाई विधिवत् पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गराउँदै वरिष्ठ नेता भण्डारीले पासवानलाई पार्टीमा स्वागत गर्दै शुभकामना दिएका छन् । साथै नेता पासवान मधेश आन्दोलनबाट खारिएका, कर्तव्यनिष्ठ र क्रान्तिकारी नेतृत्व क्षमतायुक्त युवा नेताका रूपमा रहेको उनले प्रशंसा गरेका छन। उनले भने, “बिगु पासवान जस्ता समर्पित र संघर्षशील नेताको आगमनले पार्टी संगठन थप मजबुत हुनेछ र मधेशको मुद्दालाई अझ सशक्त रूपमा उठाउन मद्दत पुग्नेछ।”

नवप्रवेशी नेता पासवानले आफूले मधेश, मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक तथा पिछडावर्गको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समग्र उत्पीडित समुदायको हक-अधिकार सुनिश्चित गर्न जसपा नेपाल नै उपयुक्त राजनीतिक शक्ति रहेको बताए।
साथै उनले रौतहट निर्वाचन क्षेत्र नं. ४ मा जसपा नेपालका उम्मेदवार राजकुमार दास तत्मालाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेका छन। “अबको अभियान रौतहट-४ मा जसपा नेपाल जिताउने अभियान हो,” उनले भने।


पार्टी प्रवेश कार्यक्रमलाई मधेश केन्द्रित राजनीतिक ध्रुवीकरणको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। जसपा नेपालले यसलाई संगठन विस्तार तथा चुनावी रणनीतिका दृष्टिले सकारात्मक उपलब्धि मानेको जसपा नेपालका उम्मेदवार राजकुमार दासको भनाई रहेको छ।

बज्जिकाञ्चल संवाददाता,बारा, माघ २८ गते । 

 

आम जनता पार्टी (आजपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले आज बारा जिल्लाको कोल्हवीस्थित निर्वाचन परिचालन सम्पर्क कार्यालयमा बारा निर्वाचन क्षेत्र नं. १ का मतदातासामु आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै चुनावी अभियानलाई नयाँ ऊर्जा दिएका छन् ।

देशमा बढ्दो निराशा, भ्रष्टाचार, दलाली प्रवृत्ति र कमजोर शासन व्यवस्थाको अन्त्य गर्दै जनताको प्रत्यक्ष शासन स्थापना गर्ने लक्ष्यसहित यादवले “अबकी बार जनता सरकार” भन्ने मूल नारालाई आफ्नो अभियानको केन्द्रमा राखेका छन्। उनले जनताको जीवनस्तर सुधार, विकास निर्माण, सुशासन र समृद्ध बारा निर्माणका लागि ठोस र व्यवहारिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

बारा–१ का लागि २३ बुँदे जनमुखी प्रतिबद्धता

उम्मेदवार यादवले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा बारा जिल्लाको समग्र विकासका लागि निम्न प्रमुख एजेन्डाहरू समेटिएका छन्: पर्यटन तथा ऐतिहासिक पहिचान

ऐतिहासिक सिम्रौनगढ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल पातालगंगा क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास आर्थिक र औद्योगिक विकास भन्सार स्थापना तथा व्यापार प्रवर्द्धनका लागि सशक्त पहल जडीबुटी तथा स्थानीय स्रोतसाधनको आधुनिक व्यवस्थापन,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र निर्माणका लागि निर्णायक पहल,शून्य कर नीति मार्फत उद्योग र उत्पादन प्रवर्द्धन,कृषि आधुनिकीकरण तथा किसानका लागि पेन्सन व्यवस्था,युवा रोजगार अभियान

“हर हातमा हुनर” अभियानमार्फत युवालाई सीप र रोजगार

पूर्वाधार विकास,हरेक गाउँमा राजमार्ग तथा कृषि सडक विस्तार,घर–घरमा नाला र बस्ती–बस्तीमा ढल व्यवस्थापन

निःशुल्क विद्युत सेवासहित मजबुत ऊर्जा पूर्वाधार

हरेक खेतमा आधुनिक सिंचाइ सुविधा

आवास तथा शहर विकास,ल्यान्डपुलिङमार्फत व्यवस्थित नयाँ शहर निर्माण,गरिब, दलित र भूमिहीनका लागि आवास र जमीन सुनिश्चितता,शिक्षा, स्वास्थ्य र प्रविधि

गुणस्तरीय शिक्षाका लागि आधुनिक शैक्षिक पूर्वाधार

प्रत्येक नगरमा मोडेल अस्पताल स्थापना

मजबुत इन्टरनेट संरचना तथा निःशुल्क वाइफाइ सेवा

सामाजिक सुविधा,घर–घरमा ग्यास चुलो र सिलिन्डर व्यवस्था,हरेक नगरमा खेलमैदान तथा खेलाडीका लागि उच्च सुविधा

“जनताको आवाज संसदमा पुर्‍याउने मेरो संकल्प हो”

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार यादवले भने,

“बारा–१ का जनताको पीडा, आवश्यकता र अपेक्षालाई संसदमा पुर्‍याएर समाधान गर्नु मेरो पहिलो जिम्मेवारी हुनेछ। अबको निर्वाचन परिवर्तन र जनताको सरकार निर्माण गर्ने ऐतिहासिक अवसर हो।”

उनले जनताको विश्वास र समर्थन बिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै आगामी निर्वाचनमा मोबाइल छापमा मतदान गरी अभियानलाई बलियो बनाउन मतदातालाई आग्रह गरे।

आजपा उम्मेदवार विजय यादव ‘निर्विज’को प्रतिबद्धता पत्र सार्वजनिक भएसँगै बारा–१ मा चुनावी माहोल थप सक्रिय, उत्साहित र परिवर्तनमुखी बन्दै गएको देखिएको छ।

उक्त कार्यक्रममा आम जनता पार्टीकी महिला नेतृ तथा समानुपातिक उम्मेदवार उपाध्यक्ष एलिजा गौतम, समानुपातिक उम्मेदवार रञ्जु चौधरी, बारा जिल्ला अध्यक्ष राजकिशोर साह, सचिवालय सदस्य रामशरण यादव लगायत नेताहरूको उपस्थिति रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,२८ गते माघ । 

रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १ अन्तर्गत बैरगनिया र गम्हरिया तथा वडा नम्बर २ को सितलपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।

सो अवसरमा उम्मेदवार चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा आफ्ना योजना प्रस्तुत गरेका थिए । उनले जनताको आवश्यकता र सुझावलाई आफ्नो प्राथमिकतामा राख्दै समृद्ध क्षेत्र निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा जसपा नेपालका नेताहरू रामप्रवेश दास, चुल्हाई राय यादव, विन्देश्वर राय यादव, राजाबाबु साह लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागी नेताहरूले पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै उम्मेदवार चौधरीलाई विजयी गराउन आग्रह गरेका थिए ।

घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले विभिन्न समस्या तथा अपेक्षाबारे धारणा राखेका थिए । उम्मेदवार चौधरीले ती समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जसपा नेपालले क्षेत्र नम्बर ३ मा आफ्नो संगठन सुदृढ बनाउँदै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ ।

 

प्रेमचन्द्र झा,राैतहट,माघ २८ गते । 

रौतहट । जय मातृभूमि पार्टीका केन्द्रीय सहअध्यक्ष राम शरण पाण्डेले पार्टीका उम्मेदवार रञ्जित पटेललाई विजयको माला लगाउँदै आशीर्वाद दिएका छन्। यमुनामाई गाउँपालिका–जेठरहियामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
कार्यक्रममा महासचिव गोविन्द गिरी, पूर्व एसएसपी तथा केन्द्रीय सदस्य महावीर प्रसाद मल्ल, सबिता झा, गौरव जोशी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। यस्तै माधवनारायण नगरपालिका–मिठुअवा र दुर्गा भगवती गाउँपालिका–भलोहीयामा समेत चुनावी कार्यक्रम सम्पन्न भएको जनाइएको छ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी लगायतका क्षेत्रमा भोगिरहेका समस्याहरू उठाएका थिए। उनीहरूले स्थानीय तहमा कायम भ्रष्टाचार र कुशासनका कारण गरिबी तथा अशिक्षा मौलाएको गुनासो गरेका थिए।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै महासचिव गोविन्द गिरीले आफ्नो पार्टीको मूल सिद्धान्त ‘नेपालवाद’ रहेको उल्लेख गर्दै जनताको विश्वास पाएर उम्मेदवारलाई विजयी गराए सबै समस्या समाधान गरेर देखाउने दाबी गरे।
पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।