२०८२ फाल्गुन ६
२०८२ फाल्गुन ६

आरके श्रीवास्तव,राैतहट,२५ गते माघ ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिकाको वडा नम्बर २ चोचामा मतदातासँग भेटघाट गरेका छन् ।


सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले आफ्नो उम्मेदवारीको विषयमा उठाइएका प्रश्नहरूको स्पष्ट जवाफ दिएका छन् । उनले भने, “सबैलाई जिज्ञासा छ—गोविन्द चौधरी जीवनको उत्तरार्धमा किन चुनावमा आएका हुन् ? जेन–जीको समयमा किन युवालाई मौका दिएनन् भनेर विपक्षीहरूले प्रश्न उठाइरहेका छन् । तर म स्पष्ट भन्न चाहन्छु, म युवाहरूकै जोडबलमा चुनावी मैदानमा आएको हुँ । युवाहरूले नै मलाई अघि बढ्न प्रेरित गरेका हुन् ।”


उनले विगतका दुई निर्वाचनमा स्वास्थ्यका कारण सक्रिय भूमिका खेल्न नसकेको स्वीकार गर्दै भने, “मैले अघिल्ला दुई चुनावमा स्वास्थ्यका कारण लड्न सकिन । यो मेरो कमजोरी थियो । तर अहिले म जिम्मेवारीका साथ फर्किएको छु ।”
आफ्नो राजनीतिक इतिहास स्मरण गर्दै चौधरीले २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका विद्रोही उम्मेदवारका रूपमा विजयी भएको उल्लेख गरे । उनले भने, “त्यो कार्यकाल केवल ढाई वर्षको मात्र रह्यो । त्यतिबेला राज्यसँग पर्याप्त बजेट थिएन, तर पनि मैले आफ्नै पहलमा बाटोघाटो निर्माणजस्ता विकासका कामहरू अघि बढाएँ ।”
चौधरीले अनुभव, इमानदारी र युवाको साथ मिलेर रौतहट–३ मा परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै मतदातालाई छाता छापमा मतदान गर्न आग्रह गरे ।


कार्यक्रममा स्थानीय युवा, अगुवा कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,मधेस,२४ गते माघ ।
महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत एकडारा गाउँपालिका–३ भटौलियामा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा स्तरीय भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जसपा नेपालकी प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार डा. मिनाक्षी ठाकुरको अगुवाइमा सम्पन्न कार्यक्रममा बोल्दै उनले जनताको अधिकार, सम्मान र समावेशी विकासका लागि जसपा नेपाल निरन्तर संघर्षरत रहेको बताइन् । “राजनीति पद र शक्तिका लागि होइन, जनताको जीवन परिवर्तनका लागि हुनुपर्छ,” भन्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


डा. ठाकुरले मधेसका समस्या बुझ्ने र समाधान गर्न सक्ने पार्टी जसपा नेपाल मात्रै भएको दाबी गर्दै संविधानमा भएको त्रृटि सच्याउन, संघीयताको सुदृढीकरण र सामाजिक न्यायका लागि सबैलाई एकजुट हुन आग्रह गरिन् ।
कार्यक्रममा जसपा नेपालकी उपाध्यक्ष तथा शिक्षा मन्त्री रानी शर्मा तिवारी, महासचिव रामकुमार शर्मा, युवा नेता प्रदीप पाठक लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशाबारे प्रष्ट पार्दै कार्यकर्ता तथा अगुवा नेताहरूलाई संगठन मजबुत बनाउन आह्वान गरे ।
भेलामा स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरूले पार्टीप्रति प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा जसपा नेपालको जित सुनिश्चित गर्न सक्रिय रूपमा लाग्ने संकल्प व्यक्त गरेका थिए । कार्यक्रम अन्ततः अगुवा नेता तथा कार्यकर्ताबीच छलफलसहित भेला समापन गरिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,२४ गते माघ । 

रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले चुनावी अभियानलाई तीव्र बनाएका छन् । सोही क्रममा उनले शनिबार फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० को दुधिअवा तथा वडा नम्बर ८ काे लक्ष्मिनिया र बडहडवामा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् ।

भेटघाटका क्रममा उनले सक्षम र इमानदार नेतृत्व भए मात्र क्षेत्रको समग्र विकास सम्भव हुने बताएका छन् । विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले यसपटक परिवर्तनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

लामो समयपछि आफू पुनः चुनावी मैदानमा उत्रिएको बताउँदै चौधरीले जनताको विश्वास र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले आफ्नो चुनाव चिन्ह ‘छाता’ रहेको जानकारी दिँदै आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपाललाई मतदान गर्न मतदातासँग अपिल गरेका छन् ।

चौधरीले यसपटक रौतहट–३ का जनतामा परिवर्तनको स्पष्ट चाहना देखिएको दाबी गर्दै विकास, रोजगारी र समावेशी नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।