२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

आरके श्रीवास्तव,राैतहट,१७ गते पुस । 

रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रशासकीय भवनको छतमा स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरिएको छ । आपतकालीन सूचना प्रवाह, विपद् पूर्वसूचना तथा समुदायको सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । यो प्रणाली रेन  परियोजनाको सहयोगमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

स्वचालित साइरन प्रणालीमार्फत विभिन्न प्रकारका जोखिम र आपतकालीन अवस्थाका लागि फरक–फरक आवाज (सिग्नल) प्रयोग गरिनेछ । प्रणालीमा चराको आवाज, ध्यानाकर्षण, एकाग्रता लगायतका संकेत समावेश छन् । यसैगरी बाढी, जनावर आक्रमण, आगलागी, मेघगर्जन/चट्याङ तथा पहिरो जस्ता विपद् संकेतका लागि छुट्टाछुट्टै साइरन कोड निर्धारण गरिएको छ । नगरपालिकाका अनुसार “एक नम्बर, एक आवाज—सयौंको सुरक्षा” भन्ने अवधारणाअनुसार यो प्रणाली सञ्चालन गरिनेछ ।

साइरन सक्रिय गर्न नगरपालिकाले मेसेज बक्स खोल्ने, नम्बर डायल गर्ने तथा एस.एम.एस. पठाउने जस्ता सुविधासमेत व्यवस्था गरिएको जनाएको छ । यसले आकस्मिक अवस्थामा छिटो सूचना प्रवाह भई नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

नगर प्रमुख डा. राजिक आलमले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणाली अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै राजपुर नगरपालिका जोखिमयुक्त क्षेत्र भएकाले स्वचालित साइरन समयमै सूचना दिन प्रभावकारी हुने बताए । “साइरन बजाउनुहोस् र जीवन बचाउनुहोस् भन्ने सन्देशसहित यो प्रणाली लागू गरिएको हो,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले यो प्रणाली नगरको समग्र विपद् जोखिम न्यूनीकरण योजनाको महत्वपूर्ण हिस्सा भएको बताए । उनले रेन परियोजनाको सहयोगमा स्थापना भएको प्रणालीको नियमित परीक्षण, सञ्चालन र नागरिकलाई साइरन संकेतबारे जानकारी गराइने जानकारी दिए ।

नगरपालिकाले आगामी दिनमा वडा स्तरसम्म यस्ता पूर्वसूचना प्रणाली विस्तार गर्न जानकारहरूले सुझाव समेत दिएका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।