२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

जनकपुरधाम  । मधेश प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज सपथ ग्रहण गर्नुभएको छ । मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरू मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नियुक्त हुनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शपथग्रहण गर्नुभएका नवनियुक्त मन्त्रीहरूमा मनिष कुमार सुमन, श्रम तथा यातायातमन्त्री , राज कुमार गुप्ता, भौतिक पूर्वाधार तथा विकास मन्त्री ,शङ्कर प्रसाद चौधरी, वन तथा वातावरण मन्त्री , श्याम प्रसाद पट्टेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री , बसन्त कुसवाहा, खेलकुद तथा समाज कल्याण मन्त्री  र गृह, सञ्चार तथा कानूनमन्त्री पदमा  फकिरा महतो नियुक्त हुनुभएको छ ।

शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, सभामुख रामअशिष यादव, मधेश प्रदेश सरकारकामन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरू तथा विभिन्न दलका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित १२ वटै मन्त्रालयले नेतृत्व पाएपछि मधेश प्रदेश सरकारले पूर्णता पाएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बताउनुभयो । सभार रेडियो नेपाल

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।