२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

आरके श्रीवास्तव,राैतहट,१५ गते पुस । 

औरैया । ईशनाथ नगरपालिकाले अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा तीन दिनको जाडो विदा दिएको छ ।

नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार सामुदायिक विद्यालय, मदरसा तथा संस्थागत निजी विद्यालयहरूमा मिति २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म तीन (३) दिनको जाडो विदा दिइएको हो । उक्त विदा वर्षे विदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको नगर शिक्षा अधिकारी नन्दकिशोर गुप्ताले जानकारी दिएका छन् ।

हाल केही दिनदेखि मधेश प्रदेशसहित रौतहट जिल्लामा चिसो अत्यधिक बढ्दै गएको र साना बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

सूचनाको अवगतार्थ नगर प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराइएको छ । नगरपालिकाले चिसो मौसममा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन विद्यालय तथा अभिभावकहरूलाई आग्रह पनि गरेको छ ।

ईशनाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी यस सूचनापछि नगरभित्रका सबै विद्यालयहरूमा तीन दिनसम्म पठनपाठन स्थगित हुने भएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते पुस । 

रौतहट । फतुवा विजयपुर नगरपालिकाले चिसो अत्यधिक बढ्दै गएपछि नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा घोषणा गरेको छ।
नगर कार्यपालिकाको कार्यालय फतुवा विजयपुरद्वारा जारी सूचना अनुसार केही दिनयता जाडो अत्यधिक बढ्दा विद्यालय जाने बालबालिकाहरूको पठन–पाठनमा असहजता हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्था देखिएको भन्दै बिदा दिने निर्णय गरिएको हो ।
कार्यालयले २०८२ पौष १६ गते बुधबारदेखि २०८२ पौष १८ गते शुक्रबारसम्म विद्यालयहरू पूर्ण रूपमा बन्द रहने जनाएको छ। यस अवधिमा विद्यालयमा कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नहुने स्पष्ट गरिएको छ ।
नगरपालिकाले सबै विद्यालय प्रशासनलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ। साथै, मौसमको अवस्था अनुसार आवश्यक परे थप निर्णय गरी पुनः सूचना जारी गरिने समेत जनाएको छ । सूचना नगरपालिकाका प्रसाशन प्रमुख मुकेश साहद्वारा हस्ताक्षरित र कार्यालयको आधिकारिक छापसहित जारी गरिएको हो ।

आरके श्रीवास्तव,मधेस,१५ गते पुस ।

राैतहट । मधेश प्रदेश सरकारले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८२ मा एमबिबिएस प्रवेश परीक्षामा पूर्ण नि:शुल्क छात्रवृत्तिमा उत्तीर्ण भएका मधेसी दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले एक सूचना जारी गर्दै उक्त सम्मान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो । सूचनाअनुसार चिकित्सा शिक्षा आयोगबाट पूर्ण छात्रवृत्तिमा नाम प्रकाशित भएका मधेसी दलित समुदायका विद्यार्थीहरूले आवश्यक कागजातसहित मन्त्रालयमा निवेदन पेश गर्नुपर्नेछ ।

मन्त्रालयले मिति २०८२ साल पुस १८ गते शुक्रबार कार्यालय समयभित्र शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाममा निवेदन बुझाउन अनुरोध गरेको छ । सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले निवेदनसँगै सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ ।

यसका साथै एसईई तथा १०+२ को शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, मधेसी दलित समुदायको प्रमाणपत्र, बैंकको नाम तथा खाता नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस र छात्रवृत्तिमा नाम प्रकाशित भएको प्रमाण कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पछाडि पारिएका समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच दिलाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताइन् । उनले भनिन्, “मधेसी दलित समुदायका विद्यार्थीहरू पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि उत्तीर्ण हुनु गर्वको विषय हो । उनीहरूको मेहनत र सफलतालाई सम्मान गर्दै आगामी दिनमा अझ प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।”

मन्त्री तिवारीले शिक्षा नै सामाजिक न्याय र समावेशी विकासको आधार भएको उल्लेख गर्दै मधेश प्रदेश सरकारले लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति, सम्मान र अवसरमार्फत निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।

 

मधेश प्रदेश सरकारले शिक्षा क्षेत्रमा पछाडि पारिएका समुदायका विद्यार्थीलाई प्रोत्साहन र सम्मान गर्दै उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।