२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

ओम प्रकाश यादव,राैतहट,असाेज १९ गते । 

सधै जनताको बीचमा रहने पूर्व राज्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले आज दिनभरी बाढीको चपेटामा परेका जनताको उद्धार कार्यदेखी लिएर अन्य सहयोग गरेका छन् ।
अविरल वर्षापछि बागमति नदीमा आएको बाढीको पानी गाउँबस्तीमा पसेर क्षति पुरयाउन थालेपछि नेता यादव तत्काल आफना दर्जनौ कार्यकर्ता लिएर रौतहटको बाढी प्रभावित विभिन्न गाउँबस्तीहरुमा पुगेका थिए ।
वर्षापछि आएको बाढीमा स्थानीयहरु फसेको, बाढीले स्थानीहरुलाई बिजोग बनाएको र बागमति बाँध कटानको उच्च जोखिखमा परेको खबर पाउनासाथ नेता योगेन्द्र यादवले रौतहटका सुरक्षा निकायका प्रमुखहरुको टोली लिएर आज विहानै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
पूर्व मन्त्री योगेन्द्र यादव सहित रौतहटका प्रमुख जिल्ला अधिकारी सिडिओ विनोद कुमार खड्का, नेपाल प्रहरी उपरीक्षक एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी सहितका सुरक्षा निकायका टोली बाढी प्रभावित जिल्लाको दुर्गाभगवती गाउँपालिकाको बडहर्वा, राजदेवी नगरपालिकाको चण्डिया, बसतपुर लगाएतका गाउँमा स्थलगत निरीक्षण गरेका थिए ।

 


नेता यादव र सुरक्षा निकायका टोलीहरु पुग्दा तत्काल भत्किने अवस्थामा पुगेको बागमति नदीको बाँध मर्मत सम्भारदेखी लिएर बाढीमा फसेर उद्धारको पर्खाइमा रहेका नागरिकको उद्धार कार्य भएको थियो ।
बाँध नियन्त्रणको काम भएपछि तत्काल बाँध कटानको समस्या टरेको बुझिएको छ । समयमै बाँध मर्मत कार्य नहुँदा बाँध भत्केर बागमतिको बाढी गाउँबस्तीमा पसेर ठुलो जनधनको क्षति पुरयाउन सक्थ्यो तर जसपा नेपालका नेता योगेन्द्र यादवको पहलमा समयमै सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेर निरीक्षण गर्दा ठुलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले बागमति नदीको छेउमा रहेको बडहर्वा, चण्डिया, बसतपुर लगाएतका गाउँमा बाढीको चपेटामा फसेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । त्यस्तै उक्त ठाउँहरुमा हुँदै गरेको बाँध कटानलाई रोक्ने प्रयास समेत उनले गरे जसका कारण जनधनको क्षति हुन पाएन ।
विपद्का बेला समस्यामा परेका नागरिकलाई सहयोग गर्नु नै ठुलो मानवता र धर्म रहेको भन्दै उनले आफुले जहिले पनि जनतालाई कुनै किसिमको आपद विपद् परेका बेला तृरुन्त पुग्ने गरेको तथा सहयोग गर्ने गरेको बताए ।
योगेन्द्र राय यादव जनताको बीचमा सबभन्दा बढी रहने र जनतालाई हरेक प्रकारको सहयोग गर्नेदेखी लिएर जनताको काम लगनशील भएर गर्ने नेताको रुपमा चिनिन्छ । त्यस कारण जनतामा उनी निकै लोकप्रिय र चर्चित छन ।
अरु नेताहरु बाढीको रमिता हेर्न आज दिनभरी व्यस्त रहेका थिए तर योगेन्द्र राय यादव बाढीको चपेटामा परेका नागरिकको उद्धारमा आफै खटेको देखिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते । 

रौतहटको कटहरिया र सन्तपुरलाई जोड्ने मुख्य सडक खण्ड पुनः एकपटक अवरुद्ध बनेको छ । लाल बकैया पुलभन्दा अगाडि बाँधको छेउमा निर्माण गरिएको कजवे भएर बाढीको पानी बग्न थालेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

 

सडक डिभिजन चन्द्रनिगाहपुरले पुलको सट्टा कजवे निर्माण गर्दै आएको छ । स्थानीयवासीका अनुसार हरेक वर्ष बर्खायाममा बाढी आउँदा यो कजवे भएर पानी बग्ने समस्या दोहोरिरहन्छ । गत वर्ष पनि सोही स्थानमा निर्माण कजवे निर्माण गरिएको थियो । यद्यपि सम्बन्धित निकायले स्थायी समाधानका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

 

“हामीले वर्षौंदेखि पुल निर्माणको माग गर्दै आएका छौं,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “तर सधैं कजवे बनाएर समय कटाइन्छ । हरेक बर्खामा बाटो अबरुद्ध हुँदा विद्यालय, अस्पताल र बजार जानै समस्या हुन्छ।”

 

बाढीका कारण सवारीसाधन आवतजावत ठप्प भएको छ भने सर्वसाधारणलाई हिडेर यात्रा गर्नसमेत मुस्किल परेको छ । विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा दैनिक उपभोग्य सामान बोकेका सवारी साधन बाटैमा रोकिएका छन् । लामाेदूरीकाे अर्काे बाटाे प्रयाेग गर्न बाध्य छन् ।

 

यस सडक खण्डको महत्वपूर्णताका बावजुद हरेक वर्ष यस्ताे संरचनामा मात्र भर पर्ने सरकारी नीति प्रति स्थानीय आक्रोशित छन् । उनीहरूले स्थायी पुल निर्माणको माग गर्दै चाँडै समाधान नभए विरोध कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।

काठमाण्डाै, १८ असोज — देशभर विभिन्न स्थानहरूमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनिरहेका बेला लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले संगठनका सबै सदस्यहरूलाई जहाँ भए पनि सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।

 

अध्यक्ष वर्माले यो घडीलाई “आफतको समय” भन्दै सबै पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई मानवीय भावनाका साथ पीडितहरूलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो, “यस्तो संकटमा सबैले जहाँबाट जसरी सकिन्छ, त्यहीँबाट सहयोग गर्नुपर्छ।”

 

देशका विभिन्न भागहरूमा पहिरो जाँदा घर, बाटो क्षतिग्रस्त भएका छन् भने केही स्थानमा बाढी पस्दा मानिसहरू विस्थापित भएका छन् । कतिपय क्षेत्र डुबानमा परेका छन् जसका कारण जनजीवन अस्तव्यस्त भएको छ । नेपाल सरकारले आईतवार र साेमवार सार्वजनिक विदा समेत दिएको छ ।

 

संघले आपतकालीन सूचना संकलन, सत्य तथ्यमा आधारित समाचार प्रकाशन, र पीडित क्षेत्रमा आवश्यक जानकारी प्रवाहमा पत्रकारहरूलाई सक्रिय रहन आग्रह गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते । 

निरन्तर परेको अविरल वर्षाले रौतहट जिल्लाभित्रका प्रमुख राजमार्ग र भित्री सडकहरुमा आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ ।

 

प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ र २ स्थित पहिला र दोस्रो लच्कामा बाटो पूर्णरूपमा खुलेको भए पनि अन्य स्थानहरूमा बाढीका कारण सडक पूर्णरूपमा बन्द छन् ।

राजपुर नगरपालिका–१ मा फतुवा गाउँतर्फ जाने हुलाकी राजमार्ग, यमुनामाई गाउँपालिका–४ मा बडहर्वा चौक जाने हुलाकी मार्ग, गौर नगरपालिका–६ मा गौर–चन्द्रपुर सडक अन्तर्गतको सबगाढा लच्कामा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । गौर क्षेत्रमा ट्रयाक्टर प्रयोग गरी केवल पैदल यात्रुहरूको आवतजावत भईरहेको जानकारी पनि दिइएको छ ।

 

त्यस्तै, गुजरा नगरपालिका–८ मा बालचनपुरबाट जङ्गलसहिया जाने भित्री सडक खण्डमा पर्ने लमहाखोलामा पनि बाटो बन्द भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय, रौतहटले जनताको सुरक्षा र जानकारीको लागि समयमै सूचना प्रवाह गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, नागरिकहरूलाई सुरक्षित रहन र अनावश्यक यात्राबाट बच्न आग्रह गरिएको छ ।

 

“सजग रहौं, सुरक्षित रहौं” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय, रौतहटले बाढी प्रभावित क्षेत्रका अवस्थाबारे नियमित अपडेट दिने जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,असोज १८ गते । 

शनिबारको अबिरल वर्षापछि रौतहटको कटहरियामा रहेको इलाका प्रहरी कार्यालय (ईप्रका) डुबानमा परेको छ । लगातारको वर्षाले कार्यालय परिसरमा पानी जम्दा प्रहरी कार्यालयभित्र रहेका फर्निचर, कागजात र अन्य सामग्रीहरू भिजेका छन् । कार्यालयभित्रै पानी पसेपछि ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूलाई बस्नसमेत मुस्किल परेको छ ।

 

ईप्रका कटहरियाका इञ्चार्ज सई धर्मेन्द्र पौडेलका अनुसार पानीको बहाव अझै कायम छ भने पानीको निकासका लागि प्रयास भइरहेको छ । उनले भने, “पानी घट्ने क्रममा छ, हामीले सक्दो पानी निकाल्ने काम गरिरहेका छौँ।”

तर स्थानीयवासी र सुरक्षाकर्मीहरू भने यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिन्छन् । उनीहरूका अनुसार विगत वर्षहरूमा पनि यस्तै समस्या दोहोरिएको भए पनि यसप्रति सम्बन्धित निकाय गम्भीर बन्न सकेको छैन् ।

 

सई पौडेलले थपे, “यदि यसअघि नै ठोस उपाय अपनाइएको हुन्थ्यो भने यस्तो अवस्था आउँदैनथ्यो । विशेष गरी ह्युम पाइप जडान गरेर वर्षाे पानीको उचित निकासको व्यवस्था गरिदिएको भए प्रहरी कार्यालयलाई बर्सेनि यस्ताे समस्यामा पर्नु पर्ने थिएन।”

 

स्थानीय सरकारसँग समन्वय गरेर अबको दिनमा यस्तो समस्या दोहोरिन नदिनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवाज उठ्न थालेको छ । केही दिन अघिमात्रै कटहरियाका युवाहरूकाे सहयोगमा ईप्रका कटहरियाकाे शाैन्दर्यकरणकाे काम भएको थियो । जुन हिजाेकाे वर्षाले क्षति गरिदिएकाे छ ।

आरके श्रीवास्तव,राैतहट,असाेज १९ गते । 

शनिबार परेको लगातारको वर्षाले रौतहट जिल्लाका विभिन्न स्थानमा जनधन तथा संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय राैतहटबाट प्राप्त जानकारी अनुसार वर्षा, बाढी र चट्याङ्गका कारण विभिन्न स्थानमा विद्युत उपकरण नष्ट हुनुका साथै सवारी आवागमन अवरुद्ध भएको छ भने तीन जनाको ज्यान गएको छ ।

 

चट्याङ्गले तीनको ज्यान गयो

 

कटहरिया नगरपालिका–२, हथियाही टोलमा बाढी हेर्न गएका बाटाेमा हिँडिरहेका १७ वर्षीय सरोज लहेरी र १६ वर्षीय नबिन यादवको चट्याङ्ग लागी घटनास्थलमै मृत्यु भएको हो । यस्तै, ईशनाथ नगरपालिका–८ मनसरी टोलका ४५ वर्षीय शेख जमरुण पनि आफ्नै घरको वरन्डामा बस्दाबस्दै चट्याङ्ग लागी ज्यान गुमाएका छन् ।

 

सवारी आवागमनमा अवरोध

 

चन्द्रपुर नगरपालिका–१ र २ को पूर्व–पश्चिम लोकमार्गमा आएको बाढीका कारण साना सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको थियो । बाढीले रुख ढालेर सडक अवरुद्ध गराएपछि प्रहरी टोलीले तत्काल हस्तक्षेप गरी एकतर्फी सडक सुचारु गरिएको हो । यस्तै, गुजरा नगरपालिका–८ मा रहेको लमहा खोलाको बाढीले भित्री सडक दुईतर्फी अवरुद्ध गरेको छ ।

 

प्रहरीको गाडीमा क्षति

 

बाढीका कारण चन्द्रपुर नगरपालिका–२ को लच्कामा अनियन्त्रित भई पिकअप गाडीले प्रहरीको भ्यानमा ठक्कर दिँदा भ्यानको अगाडिको बम्पर र हेडलाइटमा क्षति पुगेको छ । चालक रोशन लामा जिम्बा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

आकाशीय विद्युतले उपकरणमा क्षति

 

गरुडा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय शिवनगरमा चट्याङ्गले इनभर्टर र ब्याट्रीमा क्षति पुगेको छ भने मानविय क्षति नभएको बताइएको छ ।

 

ज्यादै जोखिममा मौलापुर क्षेत्र

 

मौलापुर नगरपालिका–१ स्थित लालबकैया खोलाको बाँध झन्डै फुट्न लागेको हुँदा त्यहाँका वडाहरू (१, २, ३ र ५) उच्च जोखिममा छन् । बाँध फुटेमा ठुलो क्षतिको सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ ।

 

स्थानीयहरू सुरक्षित स्थानमा सरे

 

बृन्दावन नगरपालिका–१ स्थित खोलाको बगरमा बस्दै आएका १२८ घरधुरी बाढीको जोखिमका कारण सुरक्षित स्थानमा सरेका छन् । स्थानीयहरू बृन्दावन नगरपालिका–१ बलरी खोर माट्रोटोल, वडा नं.२ खैरा टोल र वडा नं. ३ बिश्रामपुरमा अस्थायी रूपमा बसोबास गरेका छन् ।

 

प्रशासन सतर्क, प्रहरी परिचालन

 

प्रहरीका अनुसार सबै स्थानहरूमा टोली परिचालन गरिएको छ । चन्द्रनिगाहपुर, सिमराभवानिपुर, रामपुरखापलगायत स्थानमा प्रहरीको सक्रियतामा उद्धार र सडक व्यवस्थापन कार्य भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।