२०८२ फाल्गुन २३
२०८२ फाल्गुन २३

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज ०९ गते । 

रौतहटकाे गौर नगरपालिकामा संरक्षण विषयगत क्षेत्रको स्थानियकरण तथा विपद् व्यवस्थापनसम्बन्धी १ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । तालिममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, उपप्रमुख, विभिन्न वडाका अध्यक्षहरू तथा नगरपालिका अन्तर्गतका शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कार्यशाला गोष्ठीको आयोजनामा नेपाल रेडक्रस सोसाइटी, रौतहट शाखा रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति राजकिशोर प्रसाद यादवले उक्त जानकारी दिनु भएको हो ।

कार्यक्रमको उद्देश्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका सुदृढ बनाउने, संरक्षण क्षेत्रको स्थानियकरणलाई प्रभावकारी बनाउने तथा विपद् पूर्वतयारीलाई व्यवस्थित बनाउने रहेको आयोजक संस्थाले जनाएको छ ।

 

गोष्ठीमा सहभागिहरूले विपद् व्यवस्थापनका विविध आयामहरू, स्थानीय तहमा हुन सक्ने सम्भावित जोखिमहरू तथा तिनको न्यूनीकरणका उपायहरूमाथि व्यापक छलफल गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,सर्लाही,असाेज ०९ गते । 

सर्लाहीकाे बरहथवा–५ बाट सञ्चालित रेडियो स्मार्ट १०७.८ मेगाहर्ज ले आज आफ्नो दुई वर्षको सफल प्रसारण यात्रा पूरा गरेको छ । रिमझिम मिडिया नेटवर्क प्रा. लि. अन्तर्गत सञ्चालित उक्त एफएमले स्थानीय जनचाहना अनुसार सूचना, मनोरञ्जन, गीतसंगीत, र संवादात्मक कार्यक्रमहरु प्रदान गर्दै आएको छ ।

रेडियो स्मार्टका सञ्चालक संजय गुप्ताले भने, “हाम्रो लक्ष्य केवल गीत र समाचार मात्र प्रसारण गर्नु होइन, सर्लाही र आसपासका क्षेत्रका जनताको आवाजलाई रेडियो मार्फत उँचो बनाउनु हो । विगत दुई वर्षमा हामीले जनसमस्याहरुमा ध्यान दिँदै, समुदायसँग संवाद कायम गर्दै कार्यक्रमहरु सञ्चालन गरेका छौं।”

उनले थप भने, “त्यसका साथै हामीले स्थानिय प्रतिभाहरुलाई अवसर दिन खोज्यौँ — गीतकार, गायक, स्थानीय समाचारवाचकहरुका लागि छुट्टै माध्यम बनाउनुपर्ने देख्यौं। भविष्यमा हामीले कार्यक्रम विस्तार गर्दै अझ पेशेवर स्तरमा प्रसारण गर्ने योजना छ।”

 

 रेडियोका विभिन्न कार्यक्रम प्रस्तोताहरु, सुचक–स्रोताहरु, तथा दर्शक–स्राेताबाट बधाइ तथा शुभकामना व्यक्त गरिएका थिए । कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरु, सामाजिक कार्यकर्ताहरु र सुचना प्रविधि क्षेत्रका व्यक्ति सहभागी थिए ।

 

रेडियो स्मार्टले आगामी दिनहरुमा सामाजिक सचेतनामूलक कार्यक्रम, युवाहरूका लागि स्वरोजगार जानकारी, स्वास्थ्य र शिक्षा सम्बन्धी आवाजलाई महत्व दिने प्रतिबद्धता व्यक्त गरेको छ । रेडियोले अहिले सर्लाही मात्र होइन वरिपरि रहेका जिल्ला र समाजका आवाजलाई जोड्न काम गर्ने बताएको छ ।

आरएन पटेल रौतहट, असोज ०९ गते ।

वडा दशैं २०८२ को शुभ उपलक्ष्यमा रेडियो मधेश मसला गरुडाद्वारा आयोजना हुने स्वर्गीय मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी असोज १२ गते सप्तमीका दिन हुने भएको छ। प्रतियोगिता गरुडा नगरको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुर्गा मन्दिरको प्राङ्गण अगाडि सुरु भई नेपाल पुलिस स्कुल जिगडिया हुँदै पुनः दुर्गा मन्दिरमै समापन हुनेछ।

दौड प्रतियोगितामा सहभागी हुन १६ वर्ष उमेर पूरा गरी ३५ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने आयोजक संस्थाले जनाएको छ। यस नियमले युवाहरू माझ स्वस्थ प्रतिस्पर्धा र अनुशासनलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। कार्यक्रमको प्रमुख प्रायोजक गरुडा नगरपालिकाकी उपप्रमुख तथा स्वर्गीय मनोज कुमार चौधरीको श्रीमती पुनम कुमारी चौधरी रहेकी छिन ।

उहाँले खेलकुदलाई समाजको सकारात्मक रूपान्तरणको आधार मान्दै दशैं जस्तो ठूलो चाडमा युवालाई खेलमार्फत जोडिनु महत्वपूर्ण रहेको बताउनुभएको छ। प्रतियोगितामा विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुनेले फ्रिज, द्वितीय साईकल, तृतीय राईस कुकर तथा चौथो हुनेले ईलेक्ट्रीक जग पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। आयोजक समितिले पुरस्कारको आकर्षणले मात्र नभई खेलकुदमै रुचि जगाउने उद्देश्य रहेको स्पष्ट पारेको छ।

रेडियो मधेश मसला गरुडाले विगतदेखि नै सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यस पटकको म्याराथन दौड प्रतियोगितालाई स्थानीय बासिन्दा, युवा र खेलप्रेमीहरूले उत्साहपूर्वक स्वागत गर्ने अपेक्षा गरिएको छ। साथै, यस किसिमका प्रतियोगिताले दशैं पर्वलाई अझ रमाइलो, अनुशासित र उद्देश्यपूर्ण बनाउन योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

आरके श्रीवास्तव,राैतहट,असाेज ०९ गते । 

मधेस रेडियो श्राेता संघ फतुवा बिजयपुर–१०, दुधिअवाकाे आयाेजनामा कटहरियामा श्राेता मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ ।

नेपालीहरूकाे महान पर्व बडा दशैं आउँदै गरेको तिहार र छठ पर्वकाे शुभअवसरमा कटहरियाकाे प्रांगणमा बिहीबार याे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमकाे अध्यक्षता रामबाबु साहले गर्नुभयाे भने

प्रमुख अतिथिका रूपमा आम जनता पार्टी (आजपा)का नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका प्रत्यासी बिजय यादव निर्विज सहभागी हुनुहुँदै कार्यक्रमलाई सम्बाेधन गर्नुभयाे ।

प्रमुख अतिथि यादवले बदलिँदो समयसँगै रेडियोका माध्यमहरूमा रूपान्तरण आए पनि रेडियोकाे महत्त्व अझै कम नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे, “रेडियोका सचेत श्राेताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। जेनजी आन्दोलनका बेला एकचोटि पुनः रेडियोकाे समझना गराएकाे थियो ।

रेडियोकाे छुट्टै महत्त्व छ ।” कार्यक्रममा विश्वास एफएमका सज्जाद अन्सारीले रेडियोका श्राेताहरू दिनप्रतिदिन बढ्दै गएकाे जानकारी दिनुभयो । बज्जिकाञ्चल एफएमका सञ्चालक राजु कुमार श्रीवास्तवले संघले रेडियोकाे अस्तित्व जोगाउन खेलेकाे भूमिकाकाे प्रशंसा गर्नुभयो ।

साे अवसरमा विभिन्न सञ्चार माध्यमका सञ्चालक, सम्पादक, पत्रकार तथा संघका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको याे कार्यक्रममा सागर ठाकुरले सन्चालन गर्नुभएको थियो ।

समारोहमा सहभागी वक्ताहरूले रेडियोकाे सामाजिक र सांस्कृतिक भूमिकाकाे चर्चा गर्दै यस्ता कार्यक्रमहरू माध्यमका लागि ऊर्जा र प्रेरणाकाे श्रोत हुने विचार व्यक्त गरेका थिए ।

आरके श्रीवास्तव,राैतहट,असाेज ०९ गते । 

राैतहटकाे कहटरिया बजारका नव दुर्गा पूजा समितिका युवाहरूले सामूहिक रूपमा इलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा सरसफाइ गरेका छन् । समितिका अध्यक्ष सुनिल कुमार सोनी, उपाध्यक्ष अमित जयसवाललगायतका युवाहरूको नेतृत्वमा गरिएको उक्त अभियानले प्रहरी कार्यालयको वातावरण थप स्वच्छ र आकर्षक बनाएको छ ।

समितिका अध्यक्ष सोनीका अनुसार सरसफाइ अभियानसँगै प्रहरी कार्यालयमा रंगरोगनको काम पनि चाँडै सुरु गरिनेछ । “समाज र सुरक्षा निकायबीच समन्वय आवश्यक छ भन्ने सोचले हामीले यो अभियान थालेका हौं,” अध्यक्ष सोनीले बताए ।

ईलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज सई धर्मेन्द्र पौडेलले समितिको यो पहलप्रति प्रशंसा व्यक्त गर्दै भने, “युवाहरूले देखाएको यो सामाजिक उत्तरदायित्वको भावना सराहनीय छ । यस्तो कामले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउँछ।”

उक्त सरसफाइ अभियानमा समितिका अन्य सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो । अभियानले दुर्गा पूजाको सन्दर्भमा धार्मिक मात्र होइन, सामाजिक सरोकारप्रति युवाहरूको सक्रिय भूमिका झल्काएको छ ।

आरके श्रीवास्तव,रौतहट, असोज ९ गते ।

बडादशैंको चाैथाे दिन आज देशभर सर्वसाधारण आ–आफ्ना घर तथा मठ–मन्दिरहरूमा विशेष पूजा–पाठमा व्यस्त देखिएका छन् । रौतहट जिल्लाको कटहरिया, गरूडा, विजयपुर, मौलापुर लगायतका ठाउँहरूमा पनि धार्मिक आस्थाले ओतप्रोत वातावरण छाएको छ ।

स्थानीय मन्दिरहरूमा बिहानैदेखि सर्वमंगल मांगल्यकाे धुनले गुञ्जमान भएको छ । धार्मिक सङ्गीत, वैदिक मन्त्रोच्चारण र दुर्गा स्तोत्र पाठले सम्पूर्ण वातावरण भक्तिमय बनेको छ ।

विभिन्न चाैक,देवि शक्तिपिठमा दुर्गा भगवतीको विशेष पूजा, घटस्थापना र दुर्गा सप्तशती पाठको आयोजना गरिएको छ ।

गरूडामा रहेको प्रसिद्ध दुर्गा मन्दिरमा आज बिहानदेखि दर्शनार्थीहरूको भीड लागेको छ । मौलापुर र विजयपुरका मन्दिरहरूमा पनि विशेष सजावटसहित पूजा सम्पन्न गरिएको छ ।

दशैंको समयमा भीडभाडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । नगरपालिकाहरूले सरसफाइ तथा सार्वजनिक स्थानहरूमा बत्तीको राम्रो व्यवस्था गरेका छन् ।

“दशैं हाम्रो चाड मात्र होइन, संस्कृति हो,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “हरेक वर्ष झैं यसपालि पनि हामी श्रद्धा र उल्लासका साथ पर्व मनाइरहेका छौं।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।