२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन्‌ । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन्‌ । उनले आजै शपथग्रहण गरिसकेकी छिन्‌ ।

संघीय संसद्‌ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद्‌ गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।

संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । सोही भागको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ ।

पछिल्लो प्रदर्शन क्रममा उठेको संसद्‌ विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो ।

जेन-जी अभियन्ताहरूले संसद्‌बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद्‌ विघटन गर्न राखेको मागमा सहमति भएअनुसार कार्कीलाई उल्लेखित धाराबाट प्रधानमन्त्री नियक्ति गरिएको हो ।

कार्की प्रधानमन्त्री भएलगत्तै शपथग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्‌ । सभार खबर हब

काठमाडौं, भदौ २७ – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हालै जेन जीको नेतृत्वमा भएको जन आन्दोलनमाथि भएको कथित सम्झौताप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त सम्झौतालाई “धोकापूर्ण” भन्दै, यसले आन्दोलनको मर्म र ताजा जनादेशमाथि गम्भीर कुठाराघात भएको टिप्पणी गरेका छन् ।

 

प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साहले आन्दोलनको उद्देश्य केवल नेतृत्व परिवर्तन नभई, “गलत संरचना र भ्रष्ट प्रणालीको समूल अन्त्य” भएको स्पष्ट पारे। “समस्या व्यक्तिमा होइन, संरचनामा छ,” भन्दै उनले अहिलेको सरकार, संसद र संविधान स्वयं बेथिति, लुट र भ्रष्टाचारको मूल जड भएको दाबी गरेका छन् ।

 

उनले भने, “जसरी मेसिन परिवर्तन नगरी उत्पादन प्रणाली परिवर्तन गर्न सकिँदैन, त्यसैगरी संरचना नबदली व्यवस्था सुधार सम्भव छैन। हामी सतहमा होइन, गहिराइमा पुगेर समाधान खोज्न चाहन्छौं।”

 

साहले जन आन्दोलनबाट व्यक्त भएको जनचाहनालाई पुरानै व्यवस्थामा सीमित गर्न खोज्नु जेन जीको नेतृत्वमा भएको जनक्रान्तिको अपमान भएको बताए। साथै, उनले यस आन्दोलनलाई “कंलकित” हुनबाट बचाउन र “शाहिदहरूको सपना तथा रगतको सम्मान गर्न” सो सम्झौतालाई अस्वीकार गर्न आग्रह गरेका छन् ।

 

अन्त्यमा, उनले वर्तमान व्यवस्था खारेज गर्दै नयाँ, न्यायपूर्ण र उत्तरदायी संरचना निर्माणको पक्षमा दृढतापूर्वक अघि बढ्न जनतालाई आह्वान गरेका छन् ।

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

राष्ट्रपति भवन शीतल निवासमा यस्तो सहमति जुटेको जेनजी अभियन्ता रक्षा बमले पुष्टि गरिन् । उनको आजै पौने ९ बजे सपथ गराउने तयारी भएको छ । सभार दृष्टि न्यूज

काठमाडौं, भदौ २७ – हालै देशव्यापी रूपमा भएको जेन्जी आन्दोलनमा अन्धाधुन्ध गोली चलाइँदा दर्जनौँ युवाहरुको ज्यान गएको घटनाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता डा. आभाष लाभद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति जलेर नष्ट भएको घटनाप्रति पनि पार्टी संवेदनशील छ।” साथै, संविधानलाई आधार मानी संघीयताको मर्म विपरीत नजाने गरी, मुलुकमा शान्ति र स्थायित्व शीघ्र स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

 

लोकतान्त्रिक समाजवादी पार्टीले समाधानको खोजीमा संघीय लोकतान्त्रिक मोर्चाको अभिमतलाई सम्मान गर्दै अघि बढ्न सरकार र सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

 

जेन्जी आन्दोलन पछिल्लो समय युवा पुस्ताले पुराना राजनीतिक प्रणालीप्रति व्यक्त गरेको असन्तोषका रूपमा देखिएको छ । तर, यस आन्दोलनको क्रममा भएको हिंसा र राज्यद्वारा गरिएको बल प्रयोगको चौतर्फी आलोचना भइरहेको छ ।

 

काठमाडौं । आम जनता पार्टी (आजपा)ले संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढन अपिल गरेको छ । नेपाली जनताले अहिलेको संविधान र सरकार दुबै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको आजपाले जनाएको छ ।

जेन–जी पुस्ताको अगुवाईमा भएको जनआन्दोलनमार्फत प्रकट गरेको ताजा जनादेशलाई सर्लक्क स्वीकार गरेर देशलाई बदलावको दिशामा अगाडि बढाउन नसक्नु गम्भीर चिन्ताको विषय भएको आजपाले जनाएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जेनजीको आन्दोलनमा युवा विद्यार्थीको नरसंहार एवं हत्या गर्ने आदेशको नेतृत्वकर्ता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सहित बरवर्तापूर्ण अपराधमा संलग्न सबैलाई कारवाही गर्न माग समेत गरेका छन् ।

‘वर्तमान संकट एवं सङ्क्रमणकालीन अवस्थाबाट निकासका लागि आन्दोलनमा अबोध युवा विद्यार्थीहरूको निर्मम नरसंहार एवं हत्या गर्ने आदेशको नेतृत्वकर्ता तत्कालीन प्रधानमन्त्री सहित यस बरवर्तापूर्ण अपराधमा संलग्न अन्य सरकारी अधिकारीहरुलाई समेत कानुन बमोजिम कारबाही गर्ने र राज्य सञ्चालनको उच्चतहमा रहेर काम गरेका सम्पूर्ण शासक एवं प्रशासकहरूको सम्पत्तिको स्रोत छानबिन गरी दोषी ठहर हुनेलाई दण्डित गर्ने प्रतिबद्धता सहित तत्काल जनआक्रोशको केन्द्रको रूपमा रहेको संसदलाई विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण सरोकारवालाहरूमा एकमुष्ट हार्दिक अनुरोध÷अपिल गर्दछौं,’ प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पश्चगामीको डरले यथास्थितिमा रमाउने खेल कुनै पनि हिसाबले सही नभएको आजपाको चेतावनी छ । ‘अहिलेको विषम परिस्थितिमा देशलाई अग्रगामी निकास दिनका लागि राष्ट्रपतिजस्तो सम्मानित संस्थाले यस आन्दोलनका नेतृत्व एवं सहयोगी शक्तिहरू तथा परिवर्तन पक्षधर धारसँग वार्ता र संवाद गरी समस्या समाधान गर्नुको सट्टा उल्टै उही अस्वीकृत यथास्थितिवादी एवं प्रतिक्रियावादी धारका पार्टी, प्रवृत्ति र व्यक्तिसँग छलफल गर्ने कार्य हामीलाई किमार्थ स्वीकार्य छैन । यो अशोभनीय एवं आपत्तिजनक कदम सडकबाट मुखारित जनादेश, जनआन्दोलनको भावना तथा नागरिक स्वतन्त्रता समेतको बर्खिलाप हो,’ विज्ञप्तीमा भनिएको छ ।

नेपालको वर्तमान राज्य व्यवस्था नै भ्रष्टाचारको मूल जड भएको निष्कर्ष आजपाको छ । अनुहार परिवर्तन गरेर मात्र भ्रष्टाचारको अन्त्य सम्भव नभएको जनाउदै आजपाले भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तह लगायत सम्पूर्ण सरकारी निकाय एवं संयन्त्रमा व्यापक रहेको जनाएको छ । भ्रष्टाचारको जननी यो लुटकारी व्यवस्था एवं प्रणालीमा सुधार बिना सुशासन र बदलाव सम्भव नभएको आजपाले जनाएको छ ।

‘अनुहार परिवर्तन गरेर मात्र भ्रष्टाचारको अन्त्य सम्भव छैन । किनकि भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तह लगायत सम्पूर्ण सरकारी निकाय एवं संयन्त्रमा व्याप्त छन् । अझ यसो भनौँ नेपालको वर्तमान राज्य व्यवस्था नै भ्रष्टाचारको मूल जड हो । यो यर्थातलाई सबैले स्वीकार्न जरूरी छ । जस्तो कारखाना हुन्छ, उत्पादन त्यस्तै हुन्छ । त्यसैले, भ्रष्टाचारको जननी यो लुटकारी व्यवस्था एवं प्रणालीमा सुधार बिना सुशासन र बदलाव सम्भव छैन । सार्वभौम जनताले सडकमार्फत संसद, सरकार एवं यसको विधि विधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा संविधानवादको रटान गर्नु हास्यास्पद हो । त्यसैले, भ्रष्ट, दलाल, लुटेरा एवं भगौडा वर्गको पक्षपोषण गर्ने वर्तमान अस्वीकृत संविधानको निर्माता एवं तक्माधारीहरूले माफी मागेर बाटो छोड़नुको सट्टा उल्टै आफूलाई केन्द्रमा राखेर संविधान रक्षाको नाटक प्रहसन गर्नु भनेको लुटकारी व्यवस्था र अवस्थाबाट असन्तुष्ट एवं आक्रोशित जनतालाई थप सशक्त विद्रोहको लागि उक्साउनु र नयाँ समस्या खडा गर्नु हो,’ आजपाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आजपाले जनविद्रोहको मर्मलाई तुरन्त सम्बोधन गर्नुको सट्टा विभिन्न आवरणमा अल्झाउनु, बल्झाउनु र खेलाउनु दुःखद् रहेको टिप्पणी गरेको छ ।

काठमाडौँ, भदौ २७ गते – काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा भ्रष्टाचार, कुशासन र सामाजिक संजालमाथिको नियन्त्रणको विरोधमा भएको जेनजी  आन्दोलनमाथि सरकारद्वारा गरिएको दमनको विरोधमा प्रमुख विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

 

प्रेस विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई “महान शहीद”को संज्ञा दिँदै श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

 

समाजवादी विद्यार्थी युनियन नेपाल, लोकतान्त्रिक विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी मंच, र जनमत विद्यार्थी संघका शीर्ष नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि “तानाशाही के.पी. ओली नेतृत्वको सरकारले आन्दोलनकारीमाथि दमनकारी नीति अपनाउँदै वर्वरतापूर्वक हत्या गरेको” भन्दै यसको कडा निन्दा गरिएको छ ।

 

विद्यार्थी संगठनहरुले जेनजी आन्दोलनलाई “ऐतिहासिक” भन्दै समर्थन जनाएका छन् । उनीहरूको भनाइमा, यो आन्दोलनले देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता, र सामाजिक-आर्थिक अन्याय विरुद्ध युवाहरूको आक्रोशलाई प्रतिनिधित्व गर्छ ।

 

विज्ञप्तिमा संविधान निर्माणको बेला मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायलाई किनारा लगाइएको भन्दै त्यसले असन्तुष्टि चुल्याएको उल्लेख गरिएको छ । वर्तमान संविधानमा भएका त्रुटिहरू संशोधन गर्दै सबै समुदायलाई समेट्ने गरी पुनः लेखनको माग पनि गरिएको छ ।

 

विद्यार्थी नेताहरूले आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने अराजक तत्वहरूको छानबिन गरी कारबाहीको माग गर्दै उनीहरूलाई शान्तिपूर्ण आन्दोलनमा बदनाम गराउने प्रयास अस्वीकार्य रहेको जनाएका छन् ।

 

विज्ञप्तिमा भनिएको छ, “शान्ति र स्थायित्व कायम गर्न जेनजीको मागहरूलाई सम्मानपूर्वक सम्बोधन गर्नु आजको आवश्यकता हो।” साथै, विगतका भ्रष्टाचार र अवैध सम्पत्तिको छानबिन गरी दोषीहरूमाथि कारबाही गर्दै ती सम्पत्तिहरू राष्ट्रियकरण गर्न माग गरिएको छ ।

 

अन्त्यमा, हिमाल, पहाड, तराई–मधेशका सबै समुदायलाई समान अधिकार र सम्मानको आधारमा साझा नेपाल निर्माणमा एकजुट हुन आह्वान गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २७ गते । 

रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित बकैया खोलामा नुहाउने क्रममा एक किशोर डुबी बेपत्ता भएका छन् ।

 

बिहिवार दिउँसो ३:१५ बजेको समयमा स्थानीय फौदी साहका १५ वर्षीय छोरा बिगन साह पाँच जना साथीसँग खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

 

घटना सम्बन्धी खबर अपराह्न ४:१५ बजे प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्जराहाबाट प्रहरी निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा दुई जना र स.प्र.नि.को कमाण्डमा चार जना गरी जम्मा ६ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

 

अन्य चार जना बालक भने सकुशल रहेका छन् । बेपत्ता भएका बालकको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

घटना स्थल ईलाका प्रहरी कार्यालय बन्जराहाबाट पूर्वतर्फ करिब २ किलोमिटरको दूरीमा रहेको बताइएको छ ।

 

प्रहरी र स्थानीयबासीको सहयोगमा खोज तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

काठमाडौं ।

सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।

काठमाडौंको रिपोर्ट्स क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाव सुरु भएको हो । लफडा भएपछि कार्यक्रम नै स्थगित गरिएको छ ।
केन्द्रबिन्दु

सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ-

ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण 

“नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छाैँ ।  यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत् अवगत गराउँदछाैँ ।

  1. राधेश्याम लेकाली, अध्यक्ष- साहित्यिक पत्रकार सङ्घ
  2. मोहन दुवाल, अध्यक्ष- नेपाल साहित्यिक पत्रकार सङ्घ
  3. विजयराज आचार्य, अध्यक्ष- नेपाल बालसाहित्य समाज
  4. श्रीओम श्रेष्ठ “रोदन”, अध्यक्ष- नेपाल स्रष्टा समाज
  5. जलेश्वरी श्रेष्ठ, अध्यक्ष- गुन्जन
  6. पद्मावती सिंह, कोषाध्यक्ष- शंकर लामिछाने प्रतिष्ठान
  7. प्रतीक ढकाल, अध्यक्ष- पर्वतीय साहित्य समाज नेपाल
  8. प्रद्युम्न जोशी, सदस्य-सचिव -वासु शशी स्मृति परिषद
  9. तुलसीहरि कोइराला, अध्यक्ष- लघुकथा समाज नेपाल
  10. पवन आलोक, प्रधान सम्पादक – अभिव्यक्ति साहित्यिक द्वैमासिक
  11. गार्गी शर्मा, महासचिव – नेपाल साहित्य मन्दिर
  12. किशोर पहाडी, प्रधान सम्पादक- शब्दपथ
  13. रामकाजी कोने, अध्यक्ष – नेपाल मुक्तक प्रतिष्ठान
  14. मोमिला जोशी, अध्यक्ष -नेपाली कला साहित्य डटकम
  15. विमल भौकाजी, सम्पादक – शारदा मासिक
  16. मन्जिला अनिल, अध्यक्ष – सखी प्रतिष्ठान
  17. डा. सावित्री श्रेष्ठ, संरक्षक -सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र
  18. मिथिला शर्मा, अध्यक्ष -चेतन कार्की स्मृति समाज
  19. शङ्कर भारती, अध्यक्ष -उपन्यास समाज नेपाल
  20. उमेश पाण्डे, अध्यक्ष – संसाक तथा इसंसाक.कम
  21. भवानी खतिवडा, महासचिव -नियात्रा समाज नेपाल
  22. रन्जना निरौला, अध्यक्ष -यशस्वी प्रज्ञा-प्रतिष्ठान
  23. रमेश खनाल, निर्देशक -अरुपण आर्ट ग्यालरी, नेपाल
  24. बुद्धिमान महर्जन, अध्यक्ष -लालित्य सिर्जना समाज
  25. शान्ति न्यौपाने रिसाल, अध्यक्ष – गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान
  26. हरिमन्जुश्री, अध्यक्ष -शब्दयात्रा प्रकाशन
  27. जलेश्वरी श्रेष्ठ, अध्यक्ष -जलरिका साहित्य प्रतिष्ठान
  28. गीता कार्की, अध्यक्ष -नारी साहित्य प्रतिष्ठान
  29. सुभद्रा दाहाल, अध्यक्ष -पनौती साहित्य समाज
  30. हिरण्यकुमारी पाठक, सम्पादक -नारी स्वर द्वैमासिक
  31. विजयध्वज थापा, अध्यक्ष -लीलाध्वज थापा साहित्य प्रतिष्ठान
  32. छविरमण सिलवाल, अध्यक्ष -सुनकोशी वाङ्मय प्रतिष्ठान
  33. विश्वविमोहन श्रेष्ठ, अध्यक्ष -एपेक नेपाल
  34. कृष्ण प्रसाईं, अध्यक्ष -जरा फाउन्डेसन, नेपाल
  35. विनोद नेपाल, अध्यक्ष -भूगोल साहित्य समाज
  36. डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष -पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र
  37. सिर्जना दुवाल, सचिव -जनमत वाङ्मय प्रतिष्ठान नेपाल
  38. रमेश दाहाल, कार्यकारी सम्पादक -अनेसास दर्पण
  39. धीरकुमार श्रेष्ठ, प्रधान सम्पादक -शब्दाङ्कुर मासिक
  40. जयदेव भट्टराई, सम्पादक -आरब्ध द्वैमासिक साहित्यिक पत्रिका
  41. डा. दामोदर पुडासैनी, अध्यक्ष -दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष
  42. विक्रमभक्त जोशी, संस्थापक अध्यक्ष -प्रभुभक्त – छोरी नानी वर्ष पुस्तक
  43. रामप्रसाद पन्त, अध्यक्ष -दायित्व वाङ्मय प्रतिष्ठान
  44. लक्ष्मी उप्रेती, सम्पादक/ प्रकाशक -वनिता
  45. सुनिल अधिकारी, अध्यक्ष -हातेमालो साहित्य संगम
  46. निलान्जला भारद्वाज, अध्यक्ष -मुक्तालय नेपाल
  47. डा. बमबहादुर जिताली, अध्यक्ष -मन्जुश्री साहित्यिक समाज
  48. मदन नेपाल, अध्यक्ष -हामी र हाम्रो कृति समाज
  49. ममता मृदुल, अध्यक्ष -नारी स्रष्टा समाज
  50. भानुप्रकाश जोशी, उपाध्यक्ष -ललित साहित्य समाज
  51. मीनदेवी कार्की, अध्यक्ष -सङ्गीत देवालय
  52. डा. विष्णुकुमार खत्री, महासचिव -नेपाली वाङ्मय प्रतिष्ठान
  53. अनुपमा रेग्मी, सचिव -चारुशीला वाङ्मय प्रतिष्ठान”

जेन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको शान्ति पूर्ण प्रदर्शन र त्यस पछिका विकसित घटनाक्रम प्रति सिजपको गम्भीर ध्यानाकर्षण भएको छ ।
भ्रष्टाचार, बेथितिका विरुद्ध भएको आन्दोलनमा बालबालिका र युवा गरी ५१ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका ४ जना बालबालिकाको समेत मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ, भने १००० भन्दा बढि घाइते छन् । मृतक बालबालिका तथा युवाप्रति भावपूर्ण श्रदाञ्जली र यस दुखद घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क र प्रभावकारी उपचारको लागि सरकारसँग जोडदार माग      गर्दछौँ ।
प्रहरी दमन र मानव अधिकारको चरम उल्लंघन प्रदर्शनमा मानवीय क्षति त्यसपछिको परिस्थितिमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सरकारी तथा निजी घर उद्योग, समाचार गृह, संघसंस्थाका कार्यालय, विद्यालयहरूमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि भएका छन् । हिंसा बलात्कार, ज्यानमार्ने, सहकारी ठगी, मानव बेचबिखन लगायतका कार्यमा संलग्न भई अपराधको सजाय भोेगिरहेका १३००० जना जेलबाट बाहिर निस्कनु, यसैमा विभिन्न बालसुधार गृहमा रहेकाहरू बालविज्याईँका मुद्धाका सजाय काटिरहेकाहरूको समेत गोलीबाट ५ जनाको मृत्यु तथा धेरैजना घाइते भएका घटनाहरूप्रति खेद र भत्सर्ना प्रकट गर्दछौँ । यी सबै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्च स्तरीय न्यायिक आयोग गठन गरी छानविन गर्र्न र दोशीमाथि कारवाही गर्न हामी जोडदार माग गर्दछौँ ।
जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित पूर्वक बाच्ने, संरक्षण हुन पाउनुपर्ने बालबालिका अधिकार हो । संचार माध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोशाकमा नै स्वयम्को संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनु लगायतका समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ । वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिका विद्यालय जलेका पनि छन्, बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेका छन्, मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ । पर्दशनका क्रममा दमन, त्यसपछि सार्वजनिक सम्पत्तिमाथि आगोलागी, लुटपाट, निशेध आज्ञा, क¥र्फू, विद्यालय बन्दले गर्दा बालबालिकाको सुरक्षित र संरक्षित हुनपाउने, शिक्षा पाउने, स्वतन्त्र रूपमा हिड्डुल र खेलखेल्न साथीहरूसँग घुलमिल गर्ने, बालमैत्री ढङ्गबाट रमाउन पाउने अधिकारमा समेत हनन् भएको छ ।
विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेको छ । यसै बिचमा बालबालिकाको राष्ट्रिय पर्वको रुपमा मानाइने राष्ट्रिय बाल दिवस भाद्र २९ गते पनि ओझेलमा परेको छ । सामाजिक संघसंस्था, शिक्षकका संघसंङ्गठन, संस्थाहरू, तिनैतहका सरकार, स्थानीय बाल अधिकार समिति, शिक्षा समिति, निजी क्षेत्र, सुरक्षा निकाय, अभिभावक, बालबालिका, विद्यालय व्यवस्थापन समिति, विद्यालय, शिक्षक अभिभावक संघ, युवा समूह, बाल क्लब लगायतका सम्बद्ध सरोकारवालाले यस विषम परिस्थितिमा उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षणमा ध्यान दिन, मनोविमर्श सेवा, शान्ति सम्बन्धी सन्देशमुलक कक्षाहरू चलाउदै बालबालिकाको मनोविज्ञानलाई सकारात्मकता तर्फ जोड दिनुपर्ने अवस्था सिर्जना भएको छ । पर्दशन, आन्दोलन, त्यसपछिका परिस्थितिले निम्त्याउनसक्ने जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देश बाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देशमूलक सन्देशहरू मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना गर्ने तथा बालबालिकालाई समय दिने, बालबालिकासँगै सुरक्षित रहेर सकारात्मक खेलहरू खेल्ने, बाल अधिकार उलंघनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल हेल्पलाइन सेवामा (१०९८)मा खबर गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न हार्दिक अपिल गर्दछौँ ।
विषम परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग सहित ८ वटा नै संवैधानिक आयोगहरुलाई बाल अधिकार केन्द्रित अनुगमन गर्न र आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार, अनियमितता विरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधान भित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न अपिल र अनुरोध गर्दछाँै ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।