२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

काठमाडौं, भदौ ०९ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आज भदौ ०९ गते देशभर विभिन्न कार्यक्रमका साथ आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै छ । लोकतान्त्रिक मूल्य, संघीयता, सामाजिक न्याय र समावेशी लोकतन्त्रका पक्षमा निरन्तर संघर्षरत यो पार्टीले विगत चार वर्षमा जनहितमा खेलेको अग्रगामी भूमिकाको समीक्षा गर्दै, आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने संकल्प व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई शुभकामना दिँदै भन्नुभयो:

“लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतन्त्रको मजबुती, संघीयताको संस्थागत विकास, सामाजिक न्याय र समानताको लागि प्रतिबद्ध छ । विगत चार वर्षमा पार्टीले राजनीतिक स्थायित्व र जनताका अधिकार सुनिश्चित गर्न खेलेको भूमिकाले नयाँ आशा र भरोसा जगाएको छ । आगामी दिनहरूमा हामी अझ एकताबद्ध, योजनाबद्ध र विचारशील ढंगले जनताको सेवामा समर्पित हुनेछौं।”

यसै गरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै भन्नुभयो:

“लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनताको अधिकार, रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षाको विस्तार र समानताको आधारमा समाज निर्माण गर्ने दिशामा उल्लेखनीय कार्य गर्दै आएको छ । पार्टीको चौथो वार्षिकोत्सव हामी सबैका लागि उत्साह, प्रतिबद्धता र प्रेरणाको स्रोत हो । हामी लोकतान्त्रिक मूल्य र जनहितका पक्षमा अझ सशक्त रूपमा अघि बढ्नेछौं।”

वार्षिकोत्सवको अवसरमा केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न स्थानमा शुभकामना आदान–प्रदान, रक्तदान, वृक्षरोपण तथा राजनीतिक गोष्ठीसमेत सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल २०७८ साल भदौ ०९ गते मा गठन भएको हो । पार्टीले मधेस, आदिवासी जनजाति, मुस्लिम, महिला, दलित लगायत सबै उत्पीडित समुदायको हक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको छ ।

बज्जिकाञ्चल संवाददाता,०८ गते भदौ । 

मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले “मधेश प्रदेशमा पारदर्शिता,जवाफदेहिता,समावेशिता,सुशासन र बिपद पहिचान,ब्यबस्थापन र न्युनिकरणको लागि सुशासन सम्मेलन” को आयोजना गरिएको जानकारी गराउनु भएको छ ।

 

प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीकाे अध्यक्षतामा बसेको सुशासन तयारी बैठकले असोज २ र ३ गते जनकपुरमा हुने तय भएको हो । अन्तर्राष्ट्रिय  गैर सरकारी संस्था,सरोकारवाला पक्ष हरुको समन्वय र सहकार्यमा हुने सम्मेलनको तयारी बैठकमा नेपाल बौद्धिक प्रतिष्ठानको अध्यक्ष बिष्णु कुवर,युनिसेफ,प्लान इन्टरनेशनल,पिपुल इन निड लगायत अन्तरास्ट्रिय गैर सरकारी संस्था का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

काठमाडौं, ८ भदौ ।
आम जनता पार्टी (आजपा) भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । मुलुकमा बढदै गइरहेको भ्रष्टाचा, कुशासन, कर आतंकत एवं सरकारको मनोमानी बिरुद्ध एकजुट हुन आवश्यक भएको उनले बताए ।

सिंहदरबार स्थित आजपाको संसदीय कार्यालयमा युवाहरुलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए ।

‘मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, कर आतंक बढेको छ । जनताको चाहना र आवश्यकक्ता विपरित सरकारको गतिविधि छ । अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक संघर्षको बिकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने ।

राप्रपा नेपालको साउदी कमिटीका अध्यक्ष एवं पार्टी निकटको युवा संगठनका उपाध्यक्ष वीरगंज निवासी महमद शेख अताउलकको नेतृत्वमा महमद शाहेब, शेख राजाबाबु, दिनेश गुप्ता, सजाद शेख लगायतका युवा नेताहरुलाई आजपा अध्यक्ष साहले खादा लगाएर पार्टीमा प्रवेश गराए । पार्टी प्रवेश गराउदै उनले उनीहरुको राजनीतिक भविष्यको शुभकामना सहित पार्टीमा उचित जिम्मेवारी दिने बताए ।

काठमाडौं,०८ गते भदौ ।

गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

 

रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकारसँग अनुदानको रकम छिटो भुक्तानी गर्ने माग गरेका छन्।

 

अध्यक्ष यादवका अनुसार, “उखु किसानहरूको मेहनत र समयको मूल्य अनदेखा गर्दै सरकारले अनुदानको रकमको भुक्तानीमा ढिलाइ गरिरहेको छ । यसका कारण किसानहरू अत्यन्तै समस्यामा परेका छन् । हामी नेपाल सरकारसँग आग्रह गर्छौं कि यो रकम तत्काल भुक्तानी गरियोस्।”

 

प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए तर अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गरेको बताएका छन् । उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रुपमा सरकार ले भुक्तानी गर्नपर्ने माग गरे ।

‘७० रुपैँया जुन अनुदान रकम भन्ने थियो त्यो प्रत्येक बर्ष पाइरहेको थियो । तर यस बर्ष सरकारले कटौती गरिदिएछ ।  त्यसका विरुद्ध सडकमा आएका हौं । हामीले जुन पाइआएको रकम छ त्यो अविलम्ब रुपमा सरकारले भुक्तानी गरोस् भन्ने माग राखेका छौँ,’उनले भने । उखु किसानले यसअघि पनि पटक पटक आन्दोलन गर्दै आइरहेका थिए । सभार आर्थिक न्यूज

 

आरएन पटेल, रौतहट, भदौ ८ गते।
रौतहटको सदरमुकाम गौरमा आइतबार सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिले विशाल विरोध र्‍यालीसहित जनप्रदर्शन गरेको छ । प्रदर्शनको प्रमुख उद्देश्य जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य मधेसी नेतामाथि लगाइएका मुद्दा खारेज गर्न माग गर्नु थियो । उनीहरूका अनुसार गौर घटना राजनीतिक विषय भएको भए पनि सरकार राजनीतिक प्रतिशोधको आधारमा निर्दोष नेताहरूलाई फसाउन खोजिरहेको छ ।

सर्वदलीय संघर्ष समितिको नेतृत्वमा भएको उक्त प्रदर्शनमा जसपा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा नेपाल, नेकपा (एस) लगायतका नेताहरू सहभागी थिए। र्‍याली रामजानकी धर्मशालाबाट सुरु भई गौर परिक्रमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “उपेन्द्र यादवलगायत नेताहरूलाई झूठा मुद्दामा फसाउन पाइँदैन”, “गौर घटनाको निष्पक्ष छानबिन गर”, “मानव अधिकार आयोग लगायतका प्रतिवेदन सार्वजनिक गर” लगायत नाराबाजी गरेका थिए ।

मधेशी क्रान्ति चोकमा आयोजित कोणसभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं सर्वदलीय/सर्वपक्षीय संयुक्त संघर्ष समितिका संयोजक रामकिशोर प्रसाद यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि गम्भीर आरोप लगाए। उनका अनुसार भूमि सम्बन्धी अध्यादेशमा सहयोग नगरेको निहुँमा उपेन्द्र यादवसहित १३० जना निर्दोष नेताहरूमाथि सुनियोजित षड्यन्त्रपूर्वक गौर घटनासँग जोडेर मुद्दा लगाइएको हो ।

जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन (राजु यादव) ले समेत सरकारको नियतप्रति प्रश्न उठाउँदै भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छानबिन समितिहरूले गौर घटनाको दोष प्रभु साहमाथि देखाए पनि उनलाई नछोइ निर्दोष नेताहरूमाथि कारबाही गर्न खोज्नु अन्याय हो।” उनले चेतावनी दिए, “यदि सरकारले बलजबर्जस्ती फसाउने प्रयास गर्‍यो भने हामी ठूलो विद्रोहमा उत्रिनेछौं।”

कोणसभामा नेकपा एमालेका नेता बबन सिंहले पनि गौर घटनाको मुख्य योजनाकार तत्कालीन माओवादी नेता प्रभु साह रहेको दाबी गरे। उनले सरकारले साहमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखे। नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले पनि प्रभु साहकै घमण्ड, दम्भ र अहंकारले उक्त घटना घटेको टिप्पणी गर्दै सरकारलाई वास्तवीक दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् ।

त्यस्तै, लोसपा तथा नेकपा (एस) का नेताहरूले समेत सरकारले मधेशी नेताहरूलाई फसाउन प्रभु साहको निर्देशनमा झूठा जाहेरी दर्ता गराएको आरोप लगाए ।

सर्वदलीय विरोध प्रदर्शन कार्यक्रम जसपा नेपालका केन्द्रीय सदस्य एवं सर्वदलीय/सर्वपक्षीय संयुक्त संघर्ष समितिका संयोजक रामकिशोर प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद शोभा साह,जसपा नेपालका नेता राजाबाबु साह ,लोसपा नेता बाबुलाल साह, नेकपा एमालेका नेता बबन सिंह, नेकपा (एस) का नेता रेवन्त झा, कांग्रेस नेता रामचन्द्र गिरी, लोसपा नेता अनिल सिंह लगायत हजारौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।