काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ।
घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। नेपाल लाइभ
आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख ।
रौतहटको देवाहीगोनाहीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको मेयर क्रिकेट प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।

श्री जय किसान माध्यमिक विधालयको मैदानमा आयोजित प्रतियोगिताको देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख प्रमुख (मेयर) प्रेमलाल साहले उद्घाटन गरेका हुन् । आज एक उदघाटन समारोहको आयोजन गरि प्रतियोगिताको सुभारम्भ गरिएको हो ।

उदघाटन समारोहलाइ सम्बोधन गर्दै नगरप्रमुख साहले मेयर कप खेलबाट राष्ट्रिय स्तरको नयाँ खेलाडीको उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । खेलमा कुनै किसिमको पक्षपात नहुने भरोशा दिलाएका छन् । निष्पक्ष ढंगले खेल हुने बताए । खेलमा राम्रो प्रर्दशन गर्ने खेलाडीलाइ नगरपालिकाले सम्मान गर्ने बताए ।

त्यस्तै उपप्रमुख परनिया देवी पटेलले नगरपालिकाको खेलाडीहरुलाइ हौसला बढाउने उदेश्यले प्रतियोगिता आयोजन गरिएको बताएकी हुन् । यसमा राम्रो तवरले खेल खेल्न आग्रह गरेकी हुन् । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर उपप्रमुख पटेलले जानकारी दिएका हुन् ।



त्यसैगरी स्वागत मन्तव्य राख्दै जय किसान मावी धरहरीका प्रधानाध्यापक संजय प्रसादले खोलाडीहरुलाइ अफनो प्रतिभा देखाउने राम्रो अवसर रहेको बताए । यस प्रतियोगिताले आउने दिनमा खेलाडीहरुमा उत्साह थपी उर्जा प्रदान गर्ने बताएका हुन् । नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने उनले बताएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार रहेको आयोजकले जानकारी गराएको हो ।

आज भएको उदघाटन खेलमा वडा नम्बर ७ को टिम विजयी सुरुवात गरेको छ । आयोजक देवाहीगोनाही नगरपालिका र वडा नम्बर ७ प्रेमपुर गोनाही बिच खेल हँुदा आयोजक टिम पराजित भएको हो । २० ओभरको खेलमा आयोजक टिमले मात्र १३ ओभर खेली १० विकेटको क्षतिमा ५९ रन बनाएको थियो ।
जवाफि बैटिङमा उतरेको वडा नम्बर सातको टिमले ७ ओभरमा पाँच विकेटको क्षतिमा ६५ रन बनाएको थियोे । उदघाटन खेलमा बिजेता टिमबाट १६ बलमा तिनवटा छक्का र चारवटा चौक्का प्रहार गरि बिनोध राम बेष्ट ब्याटसमैन घोषित भएका थिए । त्यस्तै तीन ओभरमा २० रन दिएर दुई बिकेट र दुईजनालाई रन आउट गर्ने संतोष यादव बेष्ट बौलर घोषित भएका थिए ।
टि २० मेयर कप नकआउट टुर्नामेन्टमा बुधबार दुईवटा खेल हुने छ । पहिलो खेल वडा नम्बर ९ र वडा नम्बर ४ बिच हुनेछ भने दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर ६ बिच हुने आयोजक टिमका संचालक विवेकानन्द साहले जानकारी गराएका हुन् ।
उदघाटन समाराेहमा देवाहीगाेनाही नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू, जनप्रतिनिधि एवम् खेलप्रेमीहरूकाे भव्य उपस्थिति रहेको थियोे ।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
राैतहट प्रिमियर लिगमा कटहरिया बाेल्टसका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । लगातार दुई खेलमा हार बेहाेरेकाे कटहरिया बाेल्टसले आज राजदेवी सुपर किंगस विरूद्व १० विकेटले धमाकेदार जित हात पारेको छ ।

कटहरिया बोल्टसले राजदेवी सुपर किंग्स विरूद्व आफनो पहिलो जित हात पारेको हाे । टस जितेर पहिला बैटिंग गरेको राजदेवी सुपर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियोे । १ सय २७ रनको विजयी लक्ष्य पाएको कटहरिया बोल्टसले १२ ओभर २ बलमा विना कुनै विकेट गुमाइ विजयी लक्ष्य पुरा गरेको थियो ।

अन्ततः कटहरिया बोल्टसले १० विकेटकाे सनसनीपूर्ण जित हात पारेको छ । खेलमा र प्रतियोगिता भरिमा नै बढी रन सर्वाधिक ९३ रन बनाउने इमरान शेषलाई प्लेयर अफ द मैच घोषणा गरिएको थियोे ।

याे खेलमा कटहरिया बाेल्टसले आफ्नो रनरेटमा राम्रो सुधार गरेको छ । कटहरिया बाेल्टसका मालिक महाशक्ति निरालाले जित र हार भनेको एक रथका दुई पाङ्ग्रा हुन् भन्दै यसअघि हार बेहोरेकाे आफनाे टिमलाई हाैसला बढाएका थिए ।

उनले भनेका थिए- कहिलेकाहीँ मान्छेले जित्छन् र कहिले हार्छन् । जित र हार निरन्तर चलिरहन्छ । हामी यसबाट डराउनु हुँदैन र आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ । अर्को खेलको लागि शुभकामना दिन चाहन्छु ।
मालिककाे नै यस्तो प्रतिक्रिया आएपछि खेलाडीहरू एकदम हाैसिएका थिए । फलस्वरूप आज प्रतियोगितामा रेकर्ड बिट प्रदर्शन गरेका छन् । मंगलबारकाे खेलमा राम्रो प्रदर्शन गरेकाे भन्दै कटहरिया बाेल्टसका अर्का मालिक चन्दन कुशवाहाले प्रत्येक खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । र यसैगरी राम्रो प्रदर्शन गर्न हाैसला बढाएका छन् ।
राेहीत साेनलले कप्तानी गरिरहेकाे कटहरिया बाेल्टसमा निकै अनुभवी खेलाडीहरू सामिल छन् । टिममा काेच भूमिका संजिव अधिकारीले निर्वाह गरिरहेका छन् भने टिम मैनेजरकाे रूपमा राकेश गिरीले भूमिका निर्वाह गरिरहेका छन् । जबकि स्पाेन्सरकाे भूमिका प्रदिप यादव लगायतले गरिरहेका छन् ।
क्रिकेट खेलमा कटहरियाकाे एउटा बेग्लै नाम पहिचान भएकोले कटहरिया बाेल्टसकाे लगातार हारले निराश भएका यस नगरपालिकाका क्रिकेट प्रेमीहरू याे जित सँगै खुशी भएका छन् ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०२ गते बैशाख ।
नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो ।
कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो ।
‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने विषयमा वहस, छलफलहरु हुने बताइएको छ ।
‘नेक अल्मुनाई मिट’ आयोजनाका लागि कलेजले आर्किटेक्चर पोषण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा इ. अङ्गलाल रोकाया, आ. विश्व शाक्य, इ. उमेश के.सी., इ. प्रेम के.सी., इ. नारायण प्रसाद आचार्य, विष्णु प्रसाद भण्डारी रहेका छन् ।
नेक सभाहलमा हुने कार्यक्रममा सयौंको संख्यामा पूर्वविद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । कलेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेकोले ‘नेक अल्मुनाई मिट’मा उल्लेखनीय विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।
सन् १९९४ मा स्थापना भएको कलेजमा इन्जियिरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर मापन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०२ गते बैशाख ।
माया पनि किसिम किसिमका हुन्छन्, मन देखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मन देखि गरेको मायामा छल, कपट र भ्रम हुदैन । मनदेखि गरेको माया निःस्वार्थ, साँचो र गहिरो हुन्छ जहाँ स्वार्थ, लालच, वा बनावटीपन रहदैन । यस्तो माया निःस्वार्थ हुन्छ एकअर्का प्रति केही आशा अनि अपेक्षा रहदैन । मन देखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ मनदेखि गरेको माया साँचो मायाको अर्को नाम हो जुन कुनै शर्तमा आधारित हुँदैन, मन देखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ जुन माया कहिल्यै मर्दैन, कहिल्यै कमि हुदैन अनि कहिल्यै डग्मउदैन, मन देखि लाएको माया अजम्मरी हुन्छ ।
यसरी गहिरो भाव र सच्चा मनबाट गरेको माया तर त्यो मायाको कदर वा मूल्यांकन भएन अर्थात्, जसलाई माया गरियो, उसले त्यो मायालाई सम्मान दिएन या बुझेन, वा त्यसको उचित प्रतिक्रिया गरेन, जब यस्तो अनुभव भयो, तब उसको मनमा अव फेरि कसैलाई माया गर्ने चाहना नै हरायो । उसले आफूले गरेको मनै देखिको मायामा विफलता वा अपमानित अनुभूति पछि माया गर्ने रहर नै मरेको छ ।
यस शेरमा दुःख, निराशा, र गहिरो चोटको अनुभूति छ — एक पटक साँचो माया गर्दा त्यसले चोट दियो भने, मन फेरि त्यस्तो भावना दोहोर्याउन डराउँछ वा इन्कार भन्ने भाव यस शेरको रहेको छ ।
आफै तर्किन खोज्यौ रहेन गुनासो
धोखेवाज भन्छौ भन्ने डर भएन
आँफूले मनै देखि लाएको मायालाई कदर नगरेर, लत्याएर, घुर्क्याएर आफै तर्किन खोज्नेलाई किन पो गुनासो गर्नु र ? आफै तर्किए पछि एउटा पाटो सजिलो पनि बन्यो, आँफूलाई धोखेवाजको आरोप आउला भन्ने डर पनि भएन । मन देखि गरेको मायाको कदर नभएर माया गर्ने रहर मरेको बेला उनी तर्किन खोज्नुलाई कुचोले बढार्नु पर्ने धुलो हावाले उडायो भने झैं उसले सहज महशुष गरेको छ ।
दोष कस्लाई दिनु भाग्य नै उस्तै हो
त्यसैले कहि सफल सफर भएन ।
आँफूले मन देखि लाएको मायाको कदर नहुनुमा उसले उनलाई दोष लगाएको पनि छैन । भाग्यमा विश्वास गर्ने ऊ उनी तर्किनु, आफ्नो मन देखिको मायाको सम्मान नहुनु र उनी संग विछोडिनुको कारण आफ्नै भाग्यलाई सम्झन्छन् । लेखेको मात्र पाइन्छ देखेको पाइन्न भने झैं आफ्नो भाग्य नै खोटो भए पछि भाग्यमा नै नलेखिए पछि मनले चाहदैमा प्राप्ति हुदैन भन्ने उसको ठहर छ साथै आफ्ना हरेक सफर सफल नभएको उ स्वीकार गर्दछ । सबै दोष ऊ आफ्नै भाग्यलाई दिन्छ, छोडेर गए पनि उनी संग उ गुनासो गरिरहदैन, आफ्नै भाग्य दोषी ठान्दछ ।
सरोज ‘संगम’ रावलका गजलका शेरहरुले यस्तै भाव बोलेका छन् । उनका गजलका यी शेरहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गजलको भिडियोमा बबिना आफै फिचर्ड छिन् । गजलको ऐरेन्ज किरण कँडेलले गरेका छन्, गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका छन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको उक्त गजलको रेकर्ड, मिक्सिङ र मास्टरिङ शम्भु कुमार तण्डुकारको रहेको छ । गजलको भिडियो ऐ.जे. अजुको निर्देशन र छायाकंनमा निर्माण भएको छ । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् । गायिका तथा संगीतका बबिना भट्टराई बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । बबिना आफै फिचर्ड भएकी भिडियोमा यमुना पाण्डेले श्रृङ्गार सहित उपेन्द्र लिम्वु कि बोर्ड,दिपक सापकोटा तवला तथा जय वि.के गितार मा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्नै भजन च्यानल ‘श्री भजन्स्’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
चन्दन यादव, रौतहट २ बैशाख ।
रौतहटमा भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ परेको प्रहरीले जानकारी गराएका हुन् । प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौर स्थित बसपार्कमा भन्सार छलीको अबैध सामान बोकेको टेम्पो संगै चालक लाई पक्राउ गरेको प्रहरीले बताए ।
सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली गरी ल्याएको ४ लाख २९ हजार ९२० रुपैया बराबरको कपडा, किराना, भाँडा बर्तन बोकेको ना २ ह ४६६० नम्बरको टेम्पो सहित चालक परोहा नगरपालिका ४ का ३० बर्षीय उमेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बरामद भन्सार छलीको सामान सहित टेम्पो र चालक यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान अन्तर्गत करोडौँको भन्सार छलीको सामान, दर्जनौ सवारी साधन र तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ । प्रहरीको सक्रियताले बिगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करी न्यून प्रायः भएको जानकारहरुले बताएका छन्।