चन्दन यादव, रौतहट, १४ गते चैत ।
एस.ई.ई. अपडेट : दुई दिनमा रौतहटबाट जम्मा ६५१ मोबाईल र एक जना मानिस नियन्त्रणमा रहेको प्रहरीले बताएका हुन् । अहिले एस.ई.ई. को बेर रौतहटमा एउटा बेग्लै रवैया चलिरहेको देखन सकिन्छ । आज २०८१ चैत १४ गते ८ बजे देखी संचालन भएको एस.ई.ई. परिक्षामा रौतहटको विभिन्न परिक्षा केन्द्रहरुमा टन्नै मोबाईलहरु बरामद भएको प्रहरीले जनाएको हो ।
चिट चोर्ने प्रयोजनको लागि प्रशिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको चेकजाँचको क्रममा मोबाईल ३ सय ४१ थान, स्मार्ट वाच ७ थान नियन्त्रमा लिइएको प्रहरीले जनाए । यत्रो संख्यामा रौतहटको परिक्षा केन्द्रहरुबाट मोबाईल नियन्त्रमा आउनु कहि न कहि यसमा सम्बन्धित शिक्षकहरु तथा कार्यालय सहयोगीहरु पनि संलग्न रहेको बुझ्न सकिन्छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थितमा रहेको श्री शुभलाल मा.वि. सन्तपुर परिक्षा केन्द्रको बाहिरबाट हवास्टएपको प्रयोग गरी अनलाईन मार्फत चिट चोर्न मद्दत गर्ने कार्यमा संलग्न रहेका १ जना मानिसलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेकाे प्रहरी द्वारा प्रकाशित सुचनामा उल्लेख रहेको छ ।
त्यस्तै हिजो अर्थात् १३ गते जिल्लाको विभिन्न केन्द्रहरुमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको पाइएकोमा चेकजाँचको क्रममा मोबाईल ३ सय १० थान, स्मार्ट वाच २ थान र परिक्षा निरीक्षकको रुपमा खटी परिक्षा हलभित्र मोबाईल पास गराई परिक्षाको मर्यादा भंग गर्ने १ जना परिक्षा निरीक्षक लाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले जनाएका हुन् ।
काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको यस फिल्मको फस्टलुक पोस्टरले दर्शकको ध्यान तानेको छ। पोस्टरमा उनलाई काँधमा बोका बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ।
रिम विश्वकर्मा को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिलिप रायमाझीसहित बरिष्ठ कलाकारहरु सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा’, अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ।
प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ, तर निर्माण टिमले यस बिषयमा विस्तृत जानकारी खुलाएको छैन। रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पी.बी. थापा हुन्। यस फिल्मलाई यम आलेले खिचेका हुन् । फिल्ममा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी. गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यले गरेका छन् । त्यस्तै पार्श्व संगीत शाश्वत श्रेष्ठको रहेको छ । निर्देशक रिम विश्वकर्माले फिल्म कमेडी जनरामा निर्माण भए पनि केही भावनात्मक पक्षसमेत समेटिएको बताएका छन्। उनका अनुसार फिल्मको सम्पादनको सम्पुर्ण काम सकिएको र केही हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
आरके श्रीवास्तव,रौतहट,१४ गते चैत २०८१ ।
रौतहट । गायक सोनु सिंह कुशवाहाको स्वरमा रहेको भोजपुरी गीत ‘बर्बाद जिन्दगी’ सार्वजनिक हुँदैछ । गीतमा जयदेशी माही र चन्दु नेपालीको शब्द रहेको छ भने माहीको संगीत रहेको छ । सदाम हुुसेनको निर्देशनमा रहेको गीतको भिडियोलाई जयदेश माहीले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई रिना फिल्मसले बजारमा ल्याउँदैछ ।

गीतको भिडियोमा गायक सोनु कुशवाहा र अमृता मिजारको अभिनय रहेको छ । रौतहटको कटहरिया बजारमा रहेको खुश्बु रेर्कडिङ्ग स्टुडियो भिडियो रेकर्ड गरेको छ । गायक कुशवाहा भोजपुरी,बज्जिका, नेपाली,हिन्दी भाषामा गाइएको दर्जनौं गीतहरु बजारमा उपलब्ध रहेको छ ।

रिना फिल्मसको युटुब चैनल मार्फत आज साँझ ४ बजे यो गित सार्वजनिक गर्न थालिएको गायक कुशवाहाले बज्जिकाञ्चललाइ जानकारी गराएका हुन् । यो गितलाइ नेपालको चर्चित पर्यटकीय नगरी पोखरामा छयांकन गरिएको उनले बताएका हुन् ।

पछिल्लो समय खुश्बु रेर्कडिङ्ग स्टुडियोले स्थानिय गायक कलाकारहरुलाइ गित गाउने राम्रो प्लेट फार्म तयार गरिदिएको छ । जसबाट दर्जनौं ग्रामीण क्षेत्रका गायक कलाकारहरु लाभान्वीत छन् ।


आफनो नयाँ आउन थालेको गितलाइ दर्शकहरुले मन पराइ दिनु हुन्छ भने आफु आशावादी रहेको गायक कुशवाहाले विश्वास व्यक्त समेत गरेका छन् । बढीभन्दा बढी भ्यूज पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
बज्जिकाञ्चल संवाददाता,१४ गते चैत ।
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि शिक्षकको माग गरेको छ।
आयोगले बिहिवार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो।
नेपाली शिक्षक १०९ जना, अंग्रेजी शिक्षक १७१ जना माग गरेको छ। यसैगरी गणित शिक्षक ११२, विज्ञानमा १०१ गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत २ र संस्कृत भाषामा एक शिक्षक माग गरेको आयोगले जनाएको छ । प्रशासन
काठमाडौँ, चैत १३ गते। हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ।हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ। गाेरखापत्र
बज्जिकाञ्चल संवाददाता,१३ गते चैत ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताले राजस्थानविरुद्ध जित निकालेको हो ।
जितमा ओपनर क्विन्टन डि कक नायक भए । गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन् । ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके ।
यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ । राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो ।
टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो । सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो ।
कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो । कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए । उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए । यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो ।
बज्जिकाञ्चल संवाददाता,१३ गते चैत ।
काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ घोषणा गरेको छ । यसअन्तर्गत रु. २० मै सिमकार्ड पाइने छ भने उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ ।
एसईई अफर तथा बोनस अन रिचार्ज आगामी चैत १५ देखि २०८२ असार ३० सम्म सञ्चालन हुनेछ ।
टेलिकमका देशभरका कार्यालयमा उपलब्ध हुने यस्तो सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलेदेखि एनटीसी मोबाइल नम्बर प्रयोग गर्ने विद्यार्थीले पनि आफ्नो सिमकार्डमा यी अफरको लाभ लिनसक्ने छन् ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस कल, १० ओटा अन-नेट एसएमएस र ५०० एमबी डेटासमेत पाउनेछन् ।
यी सबै सुविधा प्रत्येक दिन प्राप्त हुने रिसोर्सको रूपमा मात्र सोही दिनका लागि कायम रहने कम्पनीले उल्लेख गरेको छ । नयाँ सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईईको प्रवेश पत्र (एडमिट कार्ड) वा कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
साथै, सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ । यसपछि अफर प्राप्त ग *१६००# डायल गरी निर्देशनहरू पालन गर्नुपर्नेछ ।
*१६००# डायल गर्दा प्राप्त निर्देशन अनुसार एसईई सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने
जन्ममति टाइप गरी सेन्ड गर्ने । (DOB टाइप गर्दा YYYYMMDD (BS) फर्म्याटमा टाइप गर्नुपर्नेछ । eg: 20610101)
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० ओटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गर्नुपर्ने छ । सभार टेकपाना
चन्दन यादव,रौतहट, १३ गते चैत ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज सुचना अधिकारी चयन गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सह-सचिवको समेत रहनु भएका दिनेश यादवलाइ सुचना अधिकारीको रुपमा नियुक्त गरिएको हो ।
सह-सचिवमा कार्यरत यादवको कार्यलाइ उच्च मुल्यांकन गर्दै उहाँलाइ सुचना अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय समिति द्वारा सूचना अधिकारी नियुक्त गर्न परिपत्र भएअनुसार रौतहट शाखामा पनि सुचना अधिकारी नियुक्त गरिएको छ ।
महासंघ रौतहट शाखाको चैत १३ गते बुधबारका दिन बसेको बैठकबाट यादवलाइ नियुक्त गरिएको सचिव गौतम श्रेष्ठ द्वारा हस्ताक्षारित सुचनामा उल्लेख रहेको छ ।
श्रेष्ठ द्वारा निकालेको सुचनामा “सुचना अधिकारीका रुपमा तपाइले विधि विधान बमोजिम नेपाल पत्रकार महासंघ रौतहट शाखाको कामकाज सहर्ष जानकारी गराउँदछु । तपाइको सफल कार्यकालको कामना गर्दछु ।” समेत उल्लेख रहेको छ ।
यता यादव सूचना अधिकारीमा नियुक्त भएसँगै जिल्लाभरी सञ्चारकर्मीहरूमा खुशीकाे संचार भएको छ । उनलाई सामाजिक संजालमा बधाईकाे ओइरो लागेको छ । उनकाे कार्यकालमा नयाँ सञ्चारकर्मीले माैका पाउने विश्वास समेत गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते चैत ।
रौतहट । समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । महासङ्ह रौतहटका सचिव गौतम श्रेष्ठले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै, केही समय देखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाइ सामुहिक रूपमामा बदनाम गर्ने गरि केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गरि तथानाम लेख्ने गरेको प्रती हाम्रो ध्यानाकर्षण भएको जनाएको छ । जारी विज्ञप्तिमा, कुनै व्यक्ति वा पात्र संगको वैचारिक मतभेद वा रिसिविलाई लिएर सिङ्गो सन्चरकर्मिहरुलाई बदनाम गर्ने काम हुनुहुदैन । कोहि कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायामा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय रहेको भन्दै यस्तो गर्नेलाई कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।
समाजिक संजालमा बिना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरि गालिगलौज गर्ने कार्य भएमा सोको विरुद्ध हामी कानुनी कार्यवाहीमा जाने बाध्य हुने भन्दै त्यस्ता किसिमको घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको छ । साथै जारी विज्ञपति मार्फत सञ्चारकर्मिहरुलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासङ्हले तोकेको पत्रकार अचार संहिता भित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको हो ।
त्यस्तै नेपाल पत्रकार महासङ्ह रौतहट शाखाको आजै बसेको बैठकले सह सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा नियुक्त गरिएको अध्यक्ष सन्जय कुमार कार्किले जानकारी गराउनु भयो ।