बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते चैत । रौतहटको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले नगर क्षेत्रका बिद्यालय, स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षणलाई तिब्रता दिएका छन ।
बिद्यालयमा शिक्षकको उपस्थिति रहेको / नरहेको , विद्यार्थीलाई दिवा खाजा खुवाउने गरे / नगरेको लगायतका कार्यको प्रभावकारी रुपमा अनुगमन गर्ने कार्यलाइ निरन्तरता दिनु भएको छ ।
बिद्यालय सङै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी समयमा आउने गरे / नगरेको , निशुल्क औषधि उपलब्ध रहे / नरहेको लगायतको सुक्ष्म रुपमा अनुगमन गरि रहेको प्रमुख प्रशासकिय अधिकृत गुप्ताले बताएका छन ।
अनुगमनका क्रममा कहि कतै कमजोरि देखिएमा कारबाही समेत गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत गुप्ताको दावी छ । राैतहट अनलाइन
बज्जिकाञ्चल संवाददाता,जनकपुर,०८ गते चैत ।
जनकपुर । मधेस प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आज जनकपुरधामस्थित प्रदेश भवन अगाडि प्रदर्शन गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको मागसहित ब्यानर तथा प्लेकार्डमार्फत प्रदर्शन गरेका हुन् ।
सिनियर अहेव र सिनियर अनमी (पाँचौँ तह)का कर्मचारी संघर्ष समिति मधेस प्रदेशको आयोजनामा प्रदर्शन गरिएको हो ।
प्रदेशका आठ जिल्लामा करिब एक हजार आठ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको बढुवामा मधेस सरकारले रोका गरेकाले नियमित बढुवाको माग गर्दै प्रदर्शन गरिएको संघर्ष समितिका कोषाध्यक्ष रुपेश साहले बताए ।
पटक पटक नियमित बढुवाको माग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुरलीचोकमा प्रदर्शन गरी प्रदेश सभा भवन अघि पुगेर कोणसभा गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई माग सुनुवाइ गर्नेसम्बन्धी तीन बुँदे ज्ञापन पत्रसमेत बुझाइएको छ ।
उक्त ज्ञापन पत्रमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राखिएका छन् । यसैबीच, आज प्रदेशसभा बैठक भएकाले प्रदेशसभा भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रशासन
आरके श्रीवास्तव,रौतहट,०८ गते चैत ।
रौतहट । काठ दाउरा समयमा आपूर्ति गर्ने शर्तमा डिभिजन वन कार्यालयमा लगाइएको तालाबन्दी खोलीएको छ । सेवाग्राहीलाइ कठिनाइ असहजता र काठ दाउरा समयमा पूर्ति गर्न नसकेको भन्दै आज दिउँसो जिल्ला वन पैदावार आपूर्ती समिति र सेवाग्राही द्धारा तालाबन्दी गरिएको थियो ।
समितिको तर्फबाट विकास कुमार यादवको नेतृत्वमा गएको समूहले वन कार्यालयमा तालाबन्दी गरेका थिए । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालयले हालसम्म उपभोक्ता काठ दाउरा उपलब्ध गराउन आपूर्ती खोलेकै थिएन् । जसकारण उपभोक्ताहरु काठ पाउन बाट बञ्चित छन् ।
डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले आपूर्ती नखुलाएर दिनहुँ काठ गायब गर्न थालेको आरोपहरु लाग्दै आएको छ । कमिसन पाउने लोभमा निलामी प्रक्रियाबाट काठहरु विक्री गर्ने गरेको चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका अभियन्ता नन्दकिशोर राम आरोप लगाएका छन् ।
शुक्रवार तालाबन्दी गर्ने पक्षले निलामी लगायतका कार्यहरुमा आपूर्ती समितिलाइ वेवास्ता गरेको,कटान,मुछान काठ दाउरा निलामी लागयतको कार्यहरुमा आपूर्ती समिति सँग समन्वय नगरी काठ दाउरा विक्री वितरण गरेको,सेवाग्राहीलाइ काठ दाउरा समयमा उपलब्ध नगराएको आरोप लगाएका थिए ।
त्यस्तै आपूर्ती समितिले पाउनुपर्ने नियमानुसारको काठ दाउरा समयमा उपलब्ध नगराएको,राम्राराम्रा काठदाउराहरु सबै निलामी गरेको र आपूर्ती द्धारा सेवाग्राहीलाइ दिनुपर्ने काठहरु कमसल र नराम्रा काठहरु छोडेको, आपूर्तीको वार्षिक कार्ययोजना अनुसार गर्नुपर्ने योजनाहरुको कार्यान्वयनमा वेवास्ता गरेको उनीहरुको आरोप थियो ।
त्यसैगरी वन कार्यालय अन्तर्गतका योजनाहरु कार्यान्वयनको प्रक्रियामा डिभिजनल अधिकृत साहले ढिलाइ गरेको भन्दै समितिका मान्छेहरु र उपभोक्ताहरु आक्रोशित बनेका थिए । समितिका नेतृत्वकर्ता यादवले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालयले आफूहरुको माग सम्बोधन गर्ने भएपछि तालाबन्दी खोलिएको बताएका छन् ।