बिरगंज,माघ, ११ गते २०८१ ।
आम जनता पार्टी (आजपा)ले बिरगंजमा आज सडक पत्रकार सम्मेलन गरेको छ । बिरगंजको घण्टाघरमा आयोजित सो पत्रकार सम्मेलनमा पर्साबाट संघीय मन्त्री भएकासंग आजपाले प्रश्नै प्रश्न गरेको छ ।
पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासका लागि यि मन्त्रीले केही पनि नगरेको गम्भिर आरोप आजपाले लगाएको छ ।
आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाएका छन् । समृद्ध बिरगंज उजाड बनाइएको बताउदै उनले बिरगंजलाई देशको आर्थिक राजधानी बनाउँन माग गरे । 
‘बिरगंज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उहाँहरुले बिरगंजको बिकासका लागि के के गर्नुभयो जनता जान्न चाहन्छ ।’
बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारीसभा बिरगंजमा हालैसम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।
सडकमै पत्रकार सम्मेलन गरेको आजपाले पर्साबाट केन्द्रमा मन्त्री भएकालाई बिभिन्न प्रश्न गर्दै बिरगंजको बिकासका लागि के के गरेको भन्ने बारेमा पर्साका नागरिकलाई जानकारी गराउन माग गरेको छ । आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरुले पर्साबासीलाई ढाटने बाहेक अरु केही काम नगरेको आरोप लगाए ।
‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जिर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? बिरगंजको चिनीमिल कहिले सञ्चालन हुने ?’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसंग कहिले जोडने ? समृद्धि बिरगंज उजाड किन भयो ?’
बिरगंजमा देखिएको बिकास पञ्चायतकाल र गणतन्त्र अघि नै भएको बताउदै उनले पर्साका मन्त्रीहरुले बिरगंजको बिकासमा ध्यान नदिएको आरोप लगाए । यस्तै आजपाले भ्रष्टाचार बिरुद्ध गरिरहेको बिभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएको छ । आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले बिरगंजको बिकासका लागि मन्त्री भएकाहरुले बेइमानी गरेको टिप्पणी गरे । यस्तै सिमावती क्षेत्रमा भन्सारको नाममा भईरहेको छिनाझपटीको अन्त्य गर्न उनीहरुले माग गरे । सर्वसधारण नागरिकलाई सिमावती क्षेत्रमा प्रहरीले मनोमानी गरिरहेको भए पनि पर्साका मन्त्रीहरु के पनि नगर्नु लाजमर्दो बिषय भएको पटेलले जनाएका छन् ।
नूर आलम बादशाह, माघ 11 गते शुक्रबार
बारा जिल्लाको पचरौता नगरपालिका–७ मा शुक्रबार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीति अन्तर्गत पचरौता नगरपालिकामा हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको हो ।
जिल्ला हुलाक कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख जलंधर सिंहले कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।
कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, जिल्ला हुलाक कार्यालय प्रमुख सहित स्थानीयको सहभागिता रहेको थियो ।


आरके श्रीवास्तव,राैतहट,१० गते माघ ।
राैतहट । राैतहटकाे मध्य भाग गरूडामा प्रथम गरूडा व्यापार महाेत्सव २०८१ सुरू भएको छ । समृद्ध उधाेगकाे लागि,आर्थिक समृद्धि भन्ने नाराका साथ आजदेखि साे महाेत्सव सुरू भएको हाे ।
गरूडा नगर उधाेग वाणिज्य संघकाे आयाेजनामा सुरू भएको महोत्सवको समुदघाटन प्रतिनिधित्व सभा सदस्य विणा देवी साहले गरेकी हुन् ।

गरूडा स्थित चिनिमिलकाे प्रांगणमा महोत्सव आयोजना गरिएको गरूडा नगर उधाेग वाणिज्य संघका सदस्य महाशक्ति निरालाले बताएका हुन् ।
आर्थिक मन्दीबाट गुज्रिरहेका व्यवसायीहरूलाई सहयाेग पुग्ने र अर्थतन्त्र चलायमान बनाउने उदेश्यले व्यापार महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।
जसमा उपभोक्ताले एकै ठाउँमा व्यापार प्रदर्शनी,कृषि प्रदर्शनी अवलोकन गर्न पाउने छन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि साहले महाेत्सवले व्यापारीक हबकाे रूपमा परिचित गरूडाकाे विकासमा सहयोग पुग्ने धारणा राखेकी थिईन् । यसले व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।
क्यूरी मसाला मुख्य प्रायाेजक रहेको गरूडा महाेत्सव २०८१ माघ २३ गते सम्म चल्ने गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष सतिश साहले जानकारी गराउनु भएको हाे । महाेत्सवमा दर्जनौं स्टलहरू राखिएका छन् ।
आगामी माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा हजारौं
उपभोक्ताले मेलाको अवलोकन गरी सेवा प्राप्त गर्ने अनुमान आयोजकले गरेको छ ।

हरेक दिन मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ । महाेत्सव उदघाटन समाराेहमा गरूडा नगरपालिकाकी उपप्रमुख पुनम चाैधरी,गढिमाई नगरपालिकाका नगरप्रमुख श्याम यादव,मेयर प्रत्यासी ब्रिजकिशाेर यादव,वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही यादव लगायतका अतिथिहरू,व्यापारीहरूकाे भव्य उपस्थिति रहेको थियोे ।
आरके श्रीवास्तव,राैतहट,१० गते माघ २०८१ ।
राैतहटकाे कटहरिया नगरपालिकामा लामाे समयदेखिकाे तालाबन्दी आज खुलेको छ । दिउँसो देखिनै तालाबन्दी यथावत् राख्ने र खुलाउने पक्ष आमनेसामने हुँदा कटहरिया तनावग्रस्त बनेको थियोे । पछि नगरप्रमुख अजय प्रकाश जयसवाल र असंतुष्ट वडा अध्यक्षहरू पक्ष बिच लामाे कसरत पछि ताला खाेल्ने सहमति गरिएको थियोे ।

मिति २०८१ मंसिर २० गते कार्यपालिका बैठकमा गरिएको निर्णयमा पुनः छलफल गर्ने र असंतुष्ट पक्षकाे माग कार्यपालिका बैठकमा लैजाने सहमति गर्दै एक महिनादेखि गरिएको तालाबन्दी खुलेकाे हाे ।

बिहीबार बसेकाे सर्वपक्षीय बैठकमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको भोलिपल्ट कार्यपालिका बोर्डकाे बैठकका लागि आह्वान गरिने र मंसिर २० गतेको निर्णयमाथी पुनः छलफल गर्ने सर्तमा नगरपालिकामा लागाएको ताला खोल्न सर्वसहमतिले निर्णय गरिएकाे थियो ।

असंतुष्ट पक्षकाे मागलाई वेवास्ता गरिए पुनश्च तालाबन्दी गरिने सर्त अगाडि सारिएको हाे । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैली प्रति असंतुुष्टी जनाउँदै जनप्रतिनिधीले नै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतकाे काेठामा ताल्चा लगाइ दिएका थिए ।
उनीहरुले एकलौटी गर्ने गरेको उनीहरूले आराेप लगाउँदै आएका थिए । कटहरिया नगरपालिकामा लागेको ताला खुलेपछि नागरिकलाई सहज भएको छ ।

आज भएको छलफलकाे क्रममा उपप्रमुख रिता देवी यादव सहित कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलम,वड नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनाेज जयसवाल जनप्रतिनिधि,सुरक्षाकर्मी र पत्रकारहरू सहभागीता रहेकाे थियाे ।