काठमाडौं ।
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराउनु भयो । कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गर्नुभयो । ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं । अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ ।’ उहाँले भन्नुभयो ।
काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताउनु भयो । साथै उहाँले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताउनु भयो । कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उहाँको प्रतिबद्धता छ । ‘यो संस्थाको गरिमा बढाउन, यसको शैक्षिक, प्राज्ञिक र स्वास्थ्य क्षेत्रको विकास, स्तरोन्नतीका लागि हामी सबैको ऐक्यबद्धता हुनुपर्दछ । म प्रिन्सिपलको भूमिकामा रहँदै गर्दा यहाँहरु सबैसँग सहकार्य गरेर अगाडी बढ्नेछु ।’ पदस्थापन कार्यक्रममा उपस्थित भएका कलेजका भाइसप्रिन्सिपल, प्रबन्ध निर्देशक, निर्देशक लगायत विभागीय प्रमुख, फ्याकल्टीहरुलाई संवोधन गर्दै डा. मरहठ्ठाले भन्नुभयो ।
कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा. मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले प्रिन्सिपल भनेको कलेजको गरिमालाई उच्च बनाउने पद भएकोले डा. मरहठ्ठाको कार्यकाल सफल रहने विस्वास गर्नुभयो । साथै, सो अवसरमा उहाँले प्रिन्सिपललाई सफल बनाउन विभागीय प्रमुख, फ्याकल्टी, म्यानेजमेन्ट सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । ‘उहाँ यसअघि ३ वर्ष नेपालगञ्ज मेडिकल कलेजको प्रिन्सिपल भइसक्नु भएको छ । यसै कलेजमा ३ वर्षदेखि अस्पताल निर्देशकको भूमिका समेत निर्वाह गरिसक्नु भएकोले हामीलाई विस्वास छ प्रिन्सिपलको भूमिका पनि उहाँले न्यायोचित रुपमा निर्वाह गर्नुहुनेछ ।’ डा. साविहा यासमिनले भन्नुभयो ।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसक्नु भएका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।
कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रा.डा. प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा हुनुहुन्थ्यो । पारिवारिक कारणले उहाँले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।
बज्जिकाञ्चल संवाददाता, चितवन,२३ गते कार्तिक । ।
राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको पत्रकार सन्तोष बस्ताकोटीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । सौराहामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिव रामु आचार्य, सहसचिव निराजन घिमिरे, कोषाध्यक्षमा हिरालाल गुरुङ र सदस्यहरुमा पुजन लामिछाने, अस्मिता पराजुली, आयुष न्यौपाने, सागर गिरी, बन्दना देवकोटा, अर्जुन चापागाईँ चयन भएका छन् । युवा पत्रकार बस्ताकोटी डेढ दशक अघिदेखि चितवनको पत्रकारितामा सक्रिय रुपमा काम गर्दै आएका छन् । आरुषी मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.का सञ्चालक समेत रहेका बस्ताकोटी कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।
नेपाल स्काउटको सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेका उनी पूर्वी चितवन पत्रकार मञ्चका प्रबक्ता तथा प्रेस सेन्टर रत्ननगरका अध्यक्ष हुन् । जिल्ला अधिवेशनले संस्थापक अध्यक्ष राजेन्द्र आचार्य, जिल्ला अध्यक्ष सन्तोष बस्ताकोटी, उपाध्यक्ष रामेश्वर रिजाल, सचिव रामु आचार्यलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरिएको छ ।
अधिबेशनको बन्दसत्रले संस्थापक अध्यक्ष राजेन्द्र आचार्यलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष बस्ताकोटीले जानकारी दिए । सो अबसरमा अध्यक्ष बस्ताकोटीले आफ्नो कार्यकालमा फोटो पत्रकारिता तालिम, फोटो प्रर्दशनी र फोटोको माध्यवबाट चितवनको सफारी तथा धार्मिक पर्यटनलाई विश्वमा परिचित गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए । जिल्ला शाखामा २५ जना फोटो पत्रकारितामा क्रियाशिल पत्रकारहरु आबद्ध रहेका छन् ।
रौतहट – २३ कार्तिक २०८१।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं.८ आँकडपाथरमा सांस्कृतिक कार्यक्रम ’ सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नं.८ र ९ को युवाहरुले संयुक्त रुपले सो कार्यक्रमको आयोजना गरेका थिए। रिबन काटेर सो सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले आफू युवाहरुको भविष्य उजागर गर्नका निम्ति कुनै पनि कसर न छोड्ने बताउनु भयो । नगर प्रमुख कुर्मीले आफु स्थानीय सरकारको प्रमुख भए पश्चात् चौतर्फी रुपले विकास निर्माण को कार्य गर्दै आएको र बाँकी कार्यकालमा पनि गर्दै जाने बताउनु भयो ।
कार्यक्रमको प्रमुख अथितिको रुपमा बोल्दै नगर प्रमुख कुर्मीले वडा नं.८ र ९ मा विगतका जनप्रतिनिधिले विगत पाँच वर्षमा गर्न न सकेको हरेक कार्यलाई आफुले २.५ वर्षकै कार्यकालमा पुरा गरेर देखाएको ध्यानाकर्षण समेत गराउनु भयो ।
नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा,स्थानीय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, संचार माध्यम,नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै अगाडि बढिरहेको बताउनु भयो। उनले फिल्म खेलिरहेका कलाकारहरु पनि विगत तथा बाल्यकालमा यस्तै नाटक र सांस्कृतिक कार्यक्रममा भाग लिएर सिक्दा सिक्दै अहिले ठुलो कलाकार बन्न पुगेको दर्साउदै आफ्ना पालिका भित्रका सांस्कृतिक क्षेत्रमा रुचि राख्ने युवाहरुलाई पनि यस्तै सांस्कृतिक कार्यक्रमको आयोजना गरि आफुभित्र लुकेको प्रतिभाई उजागर गर्न संदेश दिदै आफुले सो कार्यमा आफु सकेसम्मको सहयोग गर्दै जाने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य त्यहाँका स्थानीय शिक्षक अच्छेलाल पटेलले गरेका थिए भने सो कार्यक्रमको अध्यक्षता सो सांस्कृतिक कार्यक्रम समितिको अध्यक्ष अरबिन्द पटेलले गरेका थिए। त्यसैगरी कार्यक्रमको प्रमुख अथितिको रुपमा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी,विशिष्ट अथितिमा मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी,वडा नं.८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह र वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम रहेका थिएभने अथितिमा वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी),युवा समाजसेवी नेता धिरेन्द्र पटेल,दशरथ राम र राजिन्द्र पटेल रहेका थिए भने कार्यक्रम सञ्चालन श्याम पटेलले गरेका थिए।