काठमाडौँ । नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३,१३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३,८८७ जना सैन्यहरू दीक्षित भएका छन् ।
नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।
त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथीअशोकराज सिग्देलले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त हुनुभएका सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना दिए । उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए ।
देशका विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
न्युज कारखाना
२६ असार, महोत्तरी
वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग । महोत्तरीको पंचधुरा मन्दिर नजिकै २४ सय स्क्वायर फिटमा वनाईएको पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य वनेको छ ।
दैनिक हजारौ मानिसहरुको आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको वेला पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले वनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण वनेको हो ।
पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको पोखरी मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय विताउने उपयुक्त गन्तव्य समेत वनेको छ ।
‘धार्मिक तीर्थयात्री र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।’ स्थानीय सोम वहादुरले भने । ‘भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक वन्न सक्छन ।’
छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई वनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य बिष्णु थापाले वताए ।
मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग वहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ ।
जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको वेला सेतो वाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही वनेको स्थानीयहरु वताउछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू वताउछन ।
धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक वनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले वताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व वोकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ ।
अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न वालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने वताउदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू वताउछन ।न्युज कारखाना
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।
बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।
समितिले आज सहकारीक संचालक र पिडितहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पिडितले आफुहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।
सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ ।
बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने माओवादीको निष्कर्ष रहेको समेत बताए । न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।
उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।
पाण्डेले भने- ‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’न्युज कारखाना
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ बर्षिय राम बहादुर अधिकारी, ३९ बर्षिया सृजना अधिकारी, ६ बर्षिय आयुष अधिकारी र ४ बर्षिया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ बर्षिय भिम बहादुर थापा वेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै छन् । उनले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाएका हुन् ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो ।
पार्टीले जिम्मेवारीबाट हटाएपछि उनले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । साथै उनले आफु रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताएका थिए ।
आज सञ्चारकर्मीसँग उनले आफ्ना भनाई राख्ने बुझिएको छ । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाएपनि उनले त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।न्युज कारखाना
सोल । दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो ।
राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।
युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ।’ यस युनियनले दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ ।
युनियनले हडतालले उत्पादन अवरुद्ध भएको जनाएको छ, यद्यपि सामसुङले यो दाबीलाई अस्वीकार गरेको छ । ‘हाम्रो विचारमा, उत्पादनमा कुनै अवरोध हुनेछैन,’ फिबोनाची सम्पत्ति व्यवस्थापन ग्लोबलका जुंग इन युनले भनेका छन् ।
गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो । सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।
यो दक्षिण कोरियाली समूह सामसुङ समूहको प्रमुख इकाई हो । यो हड्तालपछि कोरिया स्टक एक्सचेन्जमा सामसुङको सेयरमा गिरावट आएको छ ।
सामसुङ समूह कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनहरूसँग वार्ता नगर्ने कारणले परिचित छ, तर २०२० मा, यसको अध्यक्षलाई बजार हेरफेर र घुसखोरीको आरोपमा मुद्दा चलाइएको थियो, त्यसपछि कम्पनीको अडान परिवर्तन भएको थियो ।न्युज कारखाना
रौतहट- रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।
इशनाथ-९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
इशनाथ २ औरेयास्थित गेटअगाडि आँपको बगैंचामा युवक घाइते अवस्थामा देखेर गए राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिलबहादुर महराको कमाण्डमा सात जनाको संयुक्त घटनास्थलमा पुगेको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।
जघन्य किसिमले युवकको हत्या गरिएको उनले बताए। राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो।
प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।
हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन् र उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ।
हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतीय सीमासँग जोडिएको रौतहटका गाउँहरूमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ।
गरीब तथा विपन्न परिवारका आमाबाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेटदेखि गाँजासमेत ल्याएर प्रयोग गर्नेगरेको स्थानीयहरूले बताएका छन। लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा बृद्धि भएको जानकारहरूले बताएका छन्।न्युज कारखाना
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २३ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ८ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ । न्युज कारखाना