२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

 

काठमाडौं, २९ जेठ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित पक्राउ परेका छन् ।

सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

 

सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो । यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ ।

 

काठमाडौं, २९ जेठ ।

संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।

 

यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाउँदै धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी दिइन् ।

 

यस्तै सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले बैंकको कार्यक्षमतामा प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो ।

 

काठमाडौं, २९ जेठ ।

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागुऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलाखा घर भई काठमाडौं सिफल बस्ने २६ वर्षीय विश्‍व लामा र महोत्तरी बर्दीबास घर भई काठमाडौं सिनामंगल  बस्ने ३२ वर्षीय राजन बोहोरा रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

काठमाडौंकै  तारकेश्वर नगरपालिका-८ नेपालटार डाडागाउँबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेटसहित सोही नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३२ वर्षीय सुर्य महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

दाङकाे घोराही उपमहानगरपालिका-१५ डेरा गरी बस्ने १९ वर्षीया सुनिता ठकुरीसमेत ३ जनालाई अवैध लागुऔषध गाँजा ८ सय २५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुनिताको कोठामा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकै विर्तामोड नगरपालिका-१ भगवान चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय बब्लु शिवाकोटीलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-७ बस्ने २७ वर्षीय सुजन विकलाई नियन्त्रित लागुऔषध नुफिन १ सय ७८ एम्पुल, फेनारगन १ सय ७९ एम्पुल, सेरिज्याक १ सय ८४ एम्पुल र नगद ५ पाँच लाख रूपैयाँसहित  प्रहरीले पक्राउ गरेको छ । विकको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

पर्साकाे वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित सोही महानगरपालिका-३० बस्ने २१ वर्षीय ओहाव हुसैन अन्सारीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१० सानो सुर्खेत बस्ने ५६ वर्षीय लालबहादुर थापालाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएकलो प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित बर्दिया बाँसगढि नगरपालिका-७ बस्ने ३० वर्षीय मनोज विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई  उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

कपिलवस्तुकाे बाणगंगा नगरपालिका-१ बैरिया बस्ने २९ वर्षीय अजय घिमिरेलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय १० मिलिग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । घिमिरेको व्याट्री पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पसल तलास गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-८ भर्सा बस्ने २५ वर्षीय आकाश चौधरी र ३१ वर्षीय बुद्धि थारू रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले पकडीबाट बर्गदवा हुँदै रूपन्देहीतर्फ जाँदै गरेको लु.४२ प ५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका-१० पचहेरा बस्ने २७ वर्षीय सुनिल कुमार लोनियाले दिएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडी र जिल्ला प्रहरी कार्यालय कपिवस्तुबाट खटिएको प्रहरीले सुनिल कुमार लोनियालाई उनकै घरमा फेला पारी तलासी गर्दा अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम फेला पारी उनलाईसमेत पक्राउ गरेको हो ।

 

ब.स.,चन्द्रपुर, २८ गते जेठ ।

चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा किशोर प्रसाद उपाध्यायको प्यानल नै विजयी भएको छ । जनज्योति बहुमुखी क्यापसमा सम्पन्न निर्वाचनमा ६६७ मत प्राप्त गरी उपाध्याय विजय भएका हुन । यस्तै उनका प्रतिद्वन्दी लेखनाथ कोईरालाले ३३१ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षमा भने डोल बहादुर ठाडा मगर(६४०),सचिवमा अवधेश हरी भट्टराई(६६५) , कोषाध्यक्षमा बिनिता बख्रेल( ६५५), सदस्यमा बृजेश प्रसाद साह(६४६), प्रहलाद मैनाली(६४२),दुर्गा प्रसाद हुमागाई(६४२),राम प्रसाद साह(६१३), बलराम सापकोटा (६४७) र भरत प्रसाद अधिकारी (६४६) मत प्राप्त गरी विजय भएका छन ।

यस्तै महिला सदस्यमा विजय भएका रत्न कुमारी खडका(६३१),कल्पना दाहाल(६१८) र जानुका तिमलसिना ६१२ मत प्राप्त गरेका हुन । खानेपानी उपभोक्ता २८ सय भन्दा माथी रहेको पनि फाल्गुन सम्म महसुल तिर्ने जम्मा १८६३ रहेका छन । फाल्गुन सम्म महसुल तिर्नेहरु मात्र चुनावमा भाग लिन पाएका थिए । हिजो सम्पन्न चुनावमा १८६३ मतदाता मध्य जम्मा १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए ।

सवैभन्दा बढी वडा न. ४ बाट ४ सय ३५ र सवैभन्दा कम ६ नम्बरमा २ सय ३८ मत खसेको छ वडा न.५ बाट ३५४ मत खसेको निर्वाचन समितिका संयोजक कृती सुबेदीले बताए । विहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो । सर्वदलिय बैठक बसेर सवा ७ बजे मतदान गर्ने सहमती भएपछी मतगणना सुरु भएको थियो ।

निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस , नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी दिएको थियो भने स्वतन्त्रबाट लोकनाथ कोईरालाको प्यानलको उम्मेदवारी परेको थियो । विजय भएपश्चात अध्यक्ष उपाध्यायले आम उपभोक्तालाई हार्दिक आभार प्रकट गर्दै चन्द्रनिगाहपुर खानेपानीको स्तरोन्नतिका लागि योजनाबद्ध रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

वीरगञ्ज ।

वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।

 

बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन ।

 

आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

 

उनका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्ड, सहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।

 

नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिए पछि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

 

मञ्जय राम,ब.स.कटहरिया,आजको पात्रो,जेठ २९ गते
आज विहान सुर्यादय ०५ः०८ र सुर्याअस्त ०७ः०० मा हुनेछ ।
तिथिःनवमी १३:३५ बजेसम्म, त्यसपछी दशमी,नक्षत्रःउत्तरभाद्रपदा १७:०१ बजेसम्म, त्यसपछी रेवती,योगःआयुष्मान् ११:२८ बजेसम्म, त्यसपछी सौभाग्य,करणःगर १३:३५ बजेसम्म, त्यसपछी वणिज ००:३९ बजेसम्म, त्यसपछी भद्रा
                                      

 राशिफल               राशिफल                    राशिफल (more…)

 

आरके श्रीवास्तव,रौतहट,जेठ २८ गते

रौतहटको फतुवा बिजयपुरमा स्थानिय तहमा स्वास्थ्य योजना तथा बजेट तर्जुमा सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । अभियान नेपालको आयोजना तथा वन हर्ट वल्र्ड वाइडको सहयोग र फतुवा बिजयपुर नगरपालिकाको नेतृत्वमा सो गोष्ठी भएको हो । फतुवा बिजयपुरको बिजयपुर बजारमा नगरपालिकाको स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा गोष्ठी आज आईतवार सम्पन्न भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा बिजयपुर स्थित श्री मावि बिजयपुरमा उक्त गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकीहरुको समस्या र तीनका समाधान बारे छलफल गरिएको थियो । स्वास्थ्य संस्थाहरुमा देखेका,भोगेका अनुभव तथा अवलोकन गरिएका समस्या र त्यसको प्राथमिकीकरण औषधी अभाव,कर्मचारीहरुको अभाव बारे साझा गरिएको थियो ।

गोष्ठी लाइ सम्बोधन गर्दै फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले जिल्लामा फतुवा बिजयपुर नगरपालिका स्वास्थ्य क्षेत्रमा पछाडी परेको भन्दै यस तर्फ सहभागी जनप्रतिनिधीहरुलाइ ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस्तै जनप्रतिनीधीहरुको तर्फ बाट सम्बोधन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव उर्फ पप्पुले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको समस्या समाधान तर्फ अहिले निर्वाचित यूवा वडा अध्यक्षहरुले कम्मर कसेर लाग्नु पर्नेमा जोड दिएका थिए । आगामी बजेटमा नगरपालिकाको स्वास्थ्यको अवस्थामा सुधार हुने उनको दाबी रहेको थियो ।

कार्यक्रमलाइ समापन गर्ने क्रममा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख खातुनले गोष्ठीमा उठेका समस्याहरुलाइ आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गोष्ठीमा परियोजना संयोजक अमित मिश्र र बित संयोजक जितेन्द्र कुशवाहाले फतुवा बिजयपुर नगरपालिकाको स्वास्थ्य योजना तथा बजेट तर्जुमा सम्बन्धी सहजीकरण गर्नु भएको थियो । सो गोष्ठीमा सबै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सखस्यहरु,स्वास्थ्य चौकीका इन्चार्जहरु लगायत दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

  

 

मुम्बई, २९ जेठ ।

जरा हटके जरा बचके’ ले पहिलो शोवाट नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

फिल्ममा पहिलो पटक विक्की र सारा अली खानको जोडी अनस्क्रिनमा देखिएका छन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । योसँगै फिल्मले हलमा निकै चर्चा पाइरहेको
छ । कमाईको कुरा गर्ने हो भने साताका दिनमा ‘जरा हटके जरा बचके’ को कलेक्शनमा कमी आएको थियो तर यो साताको अन्त्यमा फिल्मको कमाई फेरि उकालो लागेको छ ।

 

शनिबार फिल्मको कलेक्सन बढेर ५.७६ करोडको व्यापार गरेको थियो । योसँगै  ‘जरा हटके जरा बचके’ रिलिजको १० औं दिनको प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ ।

 

अर्ली ट्रेंडको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार, ‘जरा हटके जरा बचके’ ले रिलिजको दशौं दिन अर्थात आइतबार ६.७५ करोडको ग्रान्ड कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाई ५३.२८ करोड पुगेको छ ।

 

मुम्बई, २९ जेठ ।

सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी’ लाई लिएर चर्चामा छन् ।

 

दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै अाएकाे छ । शो अहिले पूरा हुनै लागेको छ । शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतिक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ ।

 

मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ । सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ । यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ ।

 

‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन् ।

 

ब्युनर्स आयर्स, २९ जेठ ।

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ ।

 

अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

 

निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो ।
 

उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।

 

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।