२०८३ बैशाख २
२०८३ बैशाख २

 

जनकपुरधाम, ९ जेठ ।

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

 

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

 

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

 

मुम्बई, ९ जेठ ।

कुनै समय थियो, भारतीय फिल्मको नाम लिँदा बलिउडलाई नै सबै कुरा सम्झने गरिन्थ्यो । तर, अब क्षेत्रीय फिल्म, खासगरी साउथ फिल्म उद्योगको विस्तार विश्वभर बढिरहेको छ ।

 

साउथ फिल्मको पेन इण्डिया रिलिजका बीच यो उद्योगका स्टारले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् । साउथमा महंगा अभिनेताको नाम लिँदा अभिनेता थलपति विजयको नाम अग्रस्थानमा आउँछन् । हालै विजयले भने आफ्नो पारिश्रमिक बढाएका छन् ।

 

समाचारअनुसार थलपति विजयले फिल्म ‘वारिसु’को सफलता पछि नयाँ प्रोजेक्टका लागि २०० करोड पारिश्रमिक लिँदैछन् । यद्यपि कतिपयले उनको पारिश्रमिक बढेको कुरा केवल अफवाह मात्र बताए पनि उनले पारिश्रमिक बढाएको कुरामा भने फिल्मकर्मी सहमत छन् ।

 

थलपतिको पारिश्रमिक अर्का साउथ सुपरस्टार रजनीकान्तको भन्दा बढी छ । विजयले आफ्नो बढ्दो बजार अपिल र बक्स अफिस सफलतापछि पारिश्रमिक बढाएका हुन् । साउथमा विजय स्टोरी लाइन बिना नै सफलताको ग्यारेन्टी बनिसकेका छन् । त्यसकारण पनि निर्माताहरु जोखिम मोल्न तयार भइरहेका छन् ।

योभन्दा अघि वेन्कट प्रभुका साथ आगामी प्रोजेक्टका लागि विजयले १ सय ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो ।

 

जनकपुरधाम, ९ जेठ ।

मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मंगलबार नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह र एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गरेका छन् । जसअनुसार जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुसवाहालाई विना विभागीय मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

काठमाडौं, ९ जेठ

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।

  

 

काठमाडौं, ९ जेठ

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।

सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

 

काठमाडौं, ९ जेठ

सीके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सरकार, गठबन्धन, संगठन निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको पार्टीकी सचिव अनिता साहले बताइन् ।

 

सिमरा, ९ जेठ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ ।

बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।

 

आरके श्रीवास्तव,रौतहट,०९ जेठ ।

रौतहटको गरुडा नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । मंगलवार देखि सो नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको छ ।

आज पहिलो दिन नगरपालिका अन्तर्गत वडा नम्बर १ जयनगर बाट सो वडाका वडा अध्यक्ष शेख वहाबको अध्यक्षतामा औषधी छर्ने कामको थालनी गरिएको हो । गरुडा नगरपालिका भित्रका गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ ।

उक्त जोखिमलाई उन्मुलन गर्न रेफेल नाम गरेको औषधी छरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले बताए । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताउनुभयो ।

उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी कार्यपालिका बोर्ड बैठक बसी निर्णय गरेबमोजिम नै औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो ।

त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको छ । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।

 

 

विशाल बस्नेत,महोत्तरी, ९ जेठ । 

मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ । मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन् ।

 

`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ,´ बर्दिबास-९ का किसान राम नरेशले भने, ` वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो ।´ अहिले पनि पानी परिरहेकाे छ ।

 

वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्‍याएको थियो ।

 

महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन् ।

 

लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन । `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,´ बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।

 

डडेल्धुरा, ९ जेठ

डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ । डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।

गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।