२०८३ बैशाख १
२०८३ बैशाख १

 

आरके श्रीवास्तव,गरुडा,जेठ ०१ गते ।
रौतहट जिल्लाको दक्षिणी भेग परोहा नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ ।

आरम्भ परियोजना द्वारा परोहा नगरपालिकाको श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवा, रौतहटमा परोहा नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था जिल्ला समन्वय समिति र आसामान नेपालको प्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको छ ।

आरम्भ परियोजनाले बिगत ४ बर्ष देखि रौतहट जिल्लामा काम गर्दै आईरहेको खण्डमा परोहा नगरपालिकामा पनि बिगत १ बर्षदेखि काम गर्ने शिलशिलामा १९ वटा सामुदायिक सिकाई केन्द्रद्धारा परोहा पालिकाको विद्यालय बाहिर रहेको ४२६ जना विवाहित र अविवाहित किशोरीहरुलाई शिक्षाको मुल प्रवाहकरणमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ ।


आरम्भ परियोजनाले परोहा नगरपालिकाको ४२६ जना विवाहित तथा अविाहित किशोरीहरु सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गर्नको साथै विद्यालयमा भर्ना हुनको लागि सहजिकरण गरिएको छ ।

यसै क्रममा परोहा ना.पा.को विभिन्न ६ वटा सामुदायिक विद्यालमा ३१६ जना किशोरीहरुलाई भर्ना हुनको लागि आसामान नेपालले आरम्भ परियोजना अन्र्तगत सहजिकरण गरिएको छ भने सो मध्ये परोहा नगरपालिकाको श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवा, रौतहटमा बिभिन्न कक्षागत रुपमा जम्मा ५८ जना किशोरीहरुलाई भर्ना गर्नमा सहजिकरण गरिएको छ ।

आसमान नेपालको सहजिकरणमा आजको संचालित संयुक्त अनुगमन भ्रमणमा परोहा नगरपालिका प्रमुख प्रशासकिय मो. महफुज अहमद, योजना शाखा प्रमुख अब्दुल रब अंसारी, शिक्षा शाखाको प्रमुख कृष्णा प्रसाद कलवार र जलेन्द्र प्रसाद पटेल, सामाजिक विकास शाखा प्रमुख श्री संदीप कुमार साह,

महिला तथा बाल बालिका विकास शाखा प्रमुख श्री आयसा हसन, परोहा ना.पा. को २ नं. को वडा अध्यक्ष सेराजुदीन तथा वडा जन प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय ईकाईको प्रमुख रामविनय सिहं, श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवाको व्यवस्थापन समितिको अध्यक्ष तथा प्र.अ. इन्द्रदेव पंडित र शिक्षक शिक्षिकाहरु,

पिपुल इन निड नेपालको कार्यक्रम संयोजक सुरमिला चौधरी लगायत आसामान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको कर्मचारीहरुको संयुक्त उपस्थितीमा यो अनुगमन भ्रमण संचालन भएको छ ।


साथ साथै आरम्भ परियोजनाले परोहा ना.पा.को विद्यालय बिचैमा छोडेका एवंम कहिले पनि विद्यालय नगएका विवाहित तथा अविवाहित किशोरीहरु, किशोरीका अभिभावकहरु,

समाजका अगुवा व्यक्तिहरु तथा विभिन्न धर्मका धार्मिक गुरुहरुसंग काम गरेको कुराहरु साह्रायिन रहेको अनुगमन समुहका भनाई रहेको थियो भने सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गरी विद्यालयमा भर्ना भएको किशोरीहरुमा साक्षरता र गणितीय सीप तथा जीवन उपयोगी सीप राम्रो रहको कुरा परोहा नगरपालिका प्रमुख प्रसाकिय मो. महफुज अहमद र विद्यायको प्र.अ. इन्द्रदेव पंडितले व्यक्त गरेको छ ।

यसैगरी सामुदायिक सिकाई केन्द्रबाट आएको किशोरीहरु भविष्यमा पढाईलाई निरन्रता लाने कुराको ढ्ढता व्यक्त गरेको थियो भने विभिन्न सरोकारवालाहरु ना.पा., बि.व्य.स.,

विद्यालय, आसामान नेपाल, एस.ओ.डि.सि.सि. र पिपुल इन निड नेपालको जनप्रतिनिधिहरुले भविष्यमा विद्यालयमा सामावेशि सिकाई वातावरण निमार्ण गर्नको प्रतिवद्धता समेत जाहेर गरिएको आसमान नेपालका शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी दिनु भएको थियो ।

 

सिडनी, १ जेठ ।

फिल्महरूमा यस्ता दृश्यहरू देख्नु भएको होला, जसमा शार्कले सर्फिङ गरिरहेका मानिसहरूलाई आक्रमण गर्छ।

 

पानीकी राजाले आफ्नो क्षेत्रमा आउने कसैलाई पनि छोड्दैनन् तर फिल्मी दुनियाँ बाहेक यथार्थमा पनि यस्तो घटनाको चर्चा भइरहेको छ । अष्ट्रेलियाको एलिस्टन टापुमा सर्फिङ गर्ने एक युवालाई खतरनाक शार्कले आक्रमण गर्दा ज्यान गएको छ ।

सर्फरमाथि शार्कले आक्रमण गरेको यो घटनापछि अस्ट्रेलियाको यस समुद्री तटमा मानिसमा डरको वातावरण बनेको बताइएको छ । यो घटना साउथ अस्ट्रेलिया आयर पेनिन्सुला नजिक भएको बताइएको छ । एलिस्टन भन्ने ठाउँमा यहाँ धेरै जनसङ्ख्या छैन । तर, सो घटना पछि मानिसहरू समुद्र किनारमा जान डराउँछन्।

 

यी युवा विगत केही दिनदेखि बेपत्ता थिए । प्रहरीले खोजीमा सहयोग गरेकोमा स्थानीय जनता र आपतकालीन सेवालाई धन्यवाद दिएको बीबीसीले जनाएको छ ।

एलिस्टन क्षेत्रमा धेरै जनसंख्या छैन, यहाँ करिब एक हजार मानिसको बसोबास भए पनि पर्यटकको संख्या भने बढी नै हुने गरेको छ । यसको भव्य समुद्री किनाराको कारण पनि यो क्षेत्र एक प्रसिद्ध सर्फिङ स्थान को लागी परिचित छ।

 

एलिस्टनमा शार्क आक्रमणको यो पहिलो घटना होइन।

यसै वर्षको फेब्रुअरीमा पनि सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो । त्यसयता यस क्षेत्रमा बाहिरबाट आउने मानिसमा शार्कको आक्रमण हुने डर छ । समुद्री तटमा शार्कको आक्रमण बढ्दै गएको छ, गत महिना होनोलुलुको समुद्र तटमा एक शार्कले एक सर्फरलाई आक्रमण गरेको थियो, जसमा युवक बाँचे तर शार्कले उनको खुट्टा भने खाएको थियो।

 

काठमाडौं, १ जेठ ।

संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ ।

 

संघिय संसद  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक बिषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ ।

 

जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ ।

 

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेकाे छ ।  बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएकाे थियाे ।

यसअघि सार्वजनिक भएकाे कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख  थियाे ।

जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

 

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए ।

 

बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो ।

 

काठमाडौं, १ जेठ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणाले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताएकी छिन् ।

 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नि राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन् ।

 

‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस्,’ राणालाई प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन, ‘र, मेरो नाममा बनाईएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओंस ।’

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर ल्याइएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न समेत अनुरोध गरेकी छिन । ‘मैले फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो,’ उनले भनिन, ‘तर, आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्याे अडियाेका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक हाेस भन्ने चाहान्छु ।’

 

उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न पनि राणाले माग गरेकी छिन् ।

 

 

काठमाडौं, १ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ जिल्ला अदालत काठमाडौं लगिएको छ ।

 

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट साेमवार जिल्ला अदालत लगिएको हो । उनी माथी थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएकाे छ ।

 

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका हुन ।

 

ललितपुर, १ जेठ ।

साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ ।

 

पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ ।

 

उनका अनुसार  सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् ।

 

मुम्बई, १ जेठ ।

रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ ।

 

साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो ।

 

सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब–इन्स्पेक्टर अञ्जली भाटीको भूमिकामा छिन् ।

 

‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी–पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद अनुभव थियो,’ उनले भनेकी छन् ।

 

सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । उनले स्क्रिप्टका लागि सहमत हुन आफूलाई एक घण्टा भन्दा कम समय लागेको खुलाइन् ।

 

इन्दीप कोइराला,बारा, १ जेठ ।

बाराको आदर्श कोतवाल गाउँपालिका-१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् ।

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए ।

 

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको छ ।

 

काठमाडौं, १ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ जिल्ला अदालत काठमाडौं लगिएको छ ।

 

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट साेमवार जिल्ला अदालत लगिएको हो । उनी माथी थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएकाे छ ।

 

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका हुन ।

 

काठमाडाैं, १ जेठ  ।  

प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बिच भेटवार्ता भएकाे छ।

 

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको  हाे ।

 

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका बिषयमा दुवै बिचमा छलफल भएको हाे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।