दैलेख ।
दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ ।
दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगलागी हुदाँ करिब १५ लाख बराबरको धनमाल क्षती हुन पुगेको छ । शनिबार राति सो आगलागी भएको थियो ।
स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुदाँ सो स्टोरमा रहेका सबै औषधी र उपचारजन्य सामग्रीहरु जलेर नष्ट हुन पुगेको छ । उनका अनुसार सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महंगो औषधि र उपकरण राखिएको थियो ।
उनका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मुल्य बराबरको धनमाल क्षती भएकाे हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन् । उनका अनुसार पहिला पनि सो स्वास्थ्य केन्द्रमा तोडफोड भएकाले नियतबस आगो लगाईएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
काठमाडौं, ३१ वैशाख ।
प्रधानमन्त्रीको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबिच छलफल भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।
‘निकै सकारात्मक छलफल भएको छ। संसदको बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले भने, ‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपण सम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’
उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए ।
मुम्बई, ३१ बैशाख ।
बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्।
सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए । जुनबेला सुपरस्टार खानलाइ एक झलक हेर्न ठूलो संख्यामा फ्यान सडकमा भेला भएका थिए ।
दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफनो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाईएको छ । धर्मान्तरणको बिषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदायबिच बैमनश्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन ।
ममता बनर्जीले भेटमा उनीहरुले चलचित्र जगतदेखि लिएर कला, समाज र जनताको विकासका विभिन्न विषयमा छलफल भएको बताइन् ।
ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौं । व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस् । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’
सुरक्षा अधिकारीहरुका अनुसार सलमानले मुख्यमन्त्रीको निवासमा करिब ३० मिनेट बिताएका थिए । अभिनेता खान इस्ट बङ्गाल फुटबल क्लबको शतवार्षिकी समारोहमा सहभागी हुन बेलुका साँझ आएका हुन । उनै सुरक्षा अधिकारीहरुका अनुसार सलमान बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ढाका, ३१ बैशाख ।
अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले बिवंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वसवाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको ट । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ ।
प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरु निमार्ण गरिएको हो । सो आँधी आइतवार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमबिद्धहरुले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिबिरमा बसोबास गरिरहेका छन ।
हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।
बंगलादेशले दुई दशक पछि आईरहेको सबै भन्दा शक्तिशाली आँधीको रुपमा मोखालाई लिएको छ ।
वीरगञ्ज, ३१ वैशाख ।
वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ ।
विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले बताए ।
नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए ।
काठमाडौं, ३१ बैशाख ।
सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ ।
अमेरिक समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रुपमा उल्लेख गरिएको छ।
नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारत बीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ ।
तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।
पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।
मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौंबाट १२ घन्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ।
सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरुलाई उल्लेख गरेको छ ।
काठमाडौं, ३१ बैशाख ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन् ।
उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् । ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’
उनले फेसबुकमा लेखेका छन,
‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।
काठमाडौं, ३१ बैशाख ।
शहिद स्मारक लिग फुटबल खेल आज दुई खेल हुदैँछन ।
एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमुने सामुने हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।
नयाँ दिल्ली, ३१ बैशाख ।
भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ ।
कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।
शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा बिजयी हासिल गरेको छ भने सरकार बनाउन आवाश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा बिजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ ।
यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । जसले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफनो पराजय स्वीकार गरेको छ ।
उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मासिट परेको छ ।
कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ । अर्थात, कर्नाटकमा मतदाताले सरकार दोहोर्याउन दिएका छैनन ।
कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले गभर्नरलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।
नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ: राजदूत आचार्यलन्डन, ३१ बैशाख ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा शुक्रबार लन्डनमा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै राजदूत आचार्यले नेपालमा लगानीको वातावरण दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा आकर्षक रहेको बताए। उनले कोभिड भन्दा पहिले प्रति वर्ष ६०,००० ब्रिटिश पर्यटकहरुले नेपालको भ्रमण गरेकोमा अहिले त्यो संख्या ५०,००० पुगेको बताए। उनले दुवै देश बीच पर्यटन तथा व्यापार अभिवृद्धि गर्न नेपाली तथा ब्रिटिश व्यवसायीहरुलाई आग्रह गरे।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका साम्सद तथा पूर्व मंत्री डिन रसेलले नेपाल बेलायतको भरपर्दो मित्र रहेको बताउंदै अन्तरराष्ट्रिय व्यापार वृद्धि हुँदा दुवै मुलुकलाई फाइदा पुग्ने बताए। उनले बेलायतमा रहेका नेपाली समुदायले एक अर्कालाई सफल हुन सहयोग गरि रहेको बताउंदै त्यसको प्रशंसा गरे। उनले दुइ देशबीचको व्यापार बढाउन आवश्यक रहेको बताए।
बीएनसीसीका प्रमुख कार्यकारी रिचार्ड पेलीले नेपालमा लगानी वृद्धि गर्न प्रशासनिक व्यावधान हटाउन र दुवै देशबीच दोहोरो कर हटाउने सम्झौता गर्न आग्रह गरे। बीएनसीसीका उपाध्यक्ष बिराज भट्टले कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष डा कपिल रिजालले सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा गायक सपन राईले गीतहरु गाएर मनोरञ्जन गरेका थिए।
उक्त वार्षिक रात्री भोजमा लन्डनस्थित नेपाली, भारतीय तथा ब्रिटिश व्यवसायीहरु, सामाजिक अभियन्ताहरु तथा पत्रकारहरुको उपस्थिति थियो।