२०८३ बैशाख २
२०८३ बैशाख २

 

रौतहट,गते २५ बैशाख ।

सामुदायिक युवा रेडक्रस सर्कलले विश्व रेडक्रस दिवस भव्यवताका साथ हाजरी जवाब प्रतियोगिता गरी मनाएकाे छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा.वि. मुडवलवामा हाजिरीजबाफ प्रतियोगिता कार्यक्रम गरि भव्यताका मनाएकाे छ । सामुदायिक युवा रेडक्रस सर्कल मुडवलवाको आयोजना तथा स्वरुप मिडिया प्रा. लि. को समन्वयमा कार्यक्रम रेडक्रस उपशाखा मुडवलवाको सह-कोषाध्यक्ष रविशंकर प्रसाद यादवको अध्यक्षतामा विश्व रेडक्रस दिवस को अवसरमा विधालयका कक्षा ७,८,९ का विधार्थीहर लाई सहभागीतामा हाजिरीजबाफ प्रतियोगिता गरिएको छ ।

कार्यक्रम विधिपूर्वक पानसमा दिप प्रज्वलन गरी र विधार्थी भाई बहिनीहरु द्वारा स्वागत गित प्रस्तुत गरी शुभारम्भ गरिएको थियो । सहभागी भएका विधार्थीहरु लाई ५ समुहमा विभाजित गरी गरिएको थियो । सहभागि रहेका सबै लाई उचित पुरस्कार बाट पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विधालयका शिक्षक जितेन्द्र प्रसाद यादव, अतिथि स्वरुप मिडिया प्रा. लि का अध्यक्ष हनुमत यादव, समाजसेवी अमोद यादव, शिक्षक टेकनाथ खतिवडा, शिक्षक रामश्रेस्ठ यादव रहनु भएका थियाे भने कार्यक्रमको सञ्चालन सामुदायिक युवा रेडक्रस सर्कल मुडवलवाको अध्यक्ष एवं जिल्ला जुनियर/युवा समितिको सदस्य अरुण जयसवाल ले गर्नुभएको थियो । कार्यक्रममा विधार्थीहरू, शिक्षक, शिक्षिका लगायतका उपस्थित रहेको थियो ।

 

रूपेश यादव, फतुवा बिजयपुर, बैशाख २५ ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा किशोर किशोरी प्रजनन स्वास्थ बारे १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको माध्यमिक बिधालय बिजयपुरमा नेपाल फन्जिङ केयर नेपालको सहयोगमा संचालन भएका किशोर किशोरी प्रजननबारे नगर अभिभावक तथा १० देखि १९ बर्षभित्रका किशोर किशोरीहरूलाई स्वास्थ्य समस्या सम्बन्धी अन्तरक्रिया भएको हो ।

सो कार्यक्रममा कार्यकारी निर्देशक सत्रुधन सिंहले किशोर किशोरीहरू यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरुको बारेमा जानकारी गराएका हुन।यस्तै कार्यक्रमको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी हुनु जरुरी रहेको उनले बताएका छन् ।

उनले भनिन्, ‘दशकौंदेखि किशोर–किशोरीहरूका लागि स्वास्थ्य सेवाको कमजोर गुणस्तर र पहुँचलाई सम्बोधन गर्ने प्राथमिक समाधान किशोर–कशोरीहरूको स्वास्थ्य सेवा हो । किशोर किशोरीमैत्री स्वास्थ्य सेवाहरूले गुणस्तरीय मापदण्डहरू पूरा गर्दछ जसले तिनीहरूका लागि पहुँचयोग्य, स्वीकार्य, समान, उपयुक्त र प्रभावकारी बनाउँछ उनको भनाइ रहेको छ ।

कार्यक्रममा विधालयका शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी प्रमोद गुप्ता, सूचना अधिकृत हंसराज यादव, स्वास्थ्य संयोजक रघुनाथ साह, नगर शिक्षक संघका अध्यक्ष राधेश्याम यादव, महेश यादव, स्वास्थ्य सह संयोजक दिनेश ठाकुर, वडा अध्यक्षहरू तथा विधार्थीहरुको उपस्थितिथ रहेको थियो ।

 

काठमाडौं, २५ वैशाख

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार गृह मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले चीन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनहरूको श्रेष्ठले धन्यवाद दिँदै छिटै हस्तान्तरण गर्ने व्यवस्था मिलाइने बताए ।

पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उनले उल्लेख गरे । दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका वासिन्दाहरूको दैनिक जिवन सहज बनाएको भन्दै मन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गरे ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले थप नाकाहरू पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गरे। बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि उनको आग्रह छ । जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्‍वास दिलाए। सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने मन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उनको भनाइ छ ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ । नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गरे । चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गरे ।

रौतहट, बैसाख २५ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुन्खुन्वा चोकमा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन् । चपुर गौर सडक खण्डमा सोमबार दिउँसो ३ बजेको समयमा गौरबाट चपुर तर्फ जादै गरेको प्रदेश २-०३-०१२ प ५५७७ नम्बरको अपाची मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनका अनुसार चालक माधवनारायण नगरपालिका वडा नम्बर ६ को २२ वर्षीय अभय ठाकुर साधारण घाइते तथा सोही मोटरसाईकलमा सवार २५ बर्षिय जग्गा ठाकुरको अवस्था गम्भीर रहेको जनाएको छ ।घाइतेहरुलाई बमनह चेक प्वाइन्टका प्रहरी टोलीले घटना स्थलमा पुगी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ, भन्ने मोटरसाईकल सवार जग्गा ठाकुरलाई समान्य उपचार पछि थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगंजकामा रेफर गरिएको अस्पताल श्रोतले जनाएको हो ।

रन्धिर साह, रौतहट, बैशाख २५ ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको श्री आधारभुत बिधालय (क) कर्कच गुठीमा नयाँ वर्ष २०८० सुरु भएसंगै नयाँ बिद्यार्थी भर्ना प्रक्रिया पनि सुरु भएका छन् । सो बिधालयमा गत वर्षको तुलनामा यो वर्ष विद्यार्थीको नयाँ वर्ष तथा संख्यामा कमि आएको बिधालयका प्रधानाध्यापक कृष्णकुमार झाले बताएका छन् ।

उनका अनुसार बिधालयमा विद्यार्थीको संख्या धेरै तथा शिक्षकको संख्यामा कमि भएका तथा केही अभिभावकहरुले नाम लेखाउने काम सरकारीमा गर्छन् , भने पठन पाठनको लागि बोडिंमा लैजाने गरेको देखिन्छ । सेवा सुबिधा सरकारीको खानको लागि अभिभावकले यस्तो क्रियाकलाप गरेका कारण हामिले यो वर्ष बिद्यार्थीको संख्यामा कमि ल्याइ बिधालयमा प्रत्येक दिन उपस्थित हुने बिद्यार्थीको नाम लेख्ने निर्णय गरेका छौँ ।

सो बिधालयमा बाल बिकासदेखी कक्षा ८ सम्म पठन पाठन हुँदै आएको छ । नेपालको अधिकान्श सरकारी बिधालयहरुमा बाल बिकासदेखि कक्षा ८ सम्मनै अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुँदै आएको छ । तर, हाम्रो बिधालयमा शिक्षकको कमिले गर्दा नेपाली माध्यमबाट नै अध्ययन गराउदै आएको छौँ ।

सो सन्दर्भमा पटक पटक शिक्षक दरबन्दिकालागी नगरपालिकामा भन्दा पनि नगरपालिकाद्वारा कुनै सहयोग हुन सकेक छैन । सो समस्यालाई हेरेर सोही वडाका वडा अध्यक्ष विष्मुप्रसाद दासले ६ वटा शिक्षक( शिक्षिका वडा सिफारिसमा पठाएका हुँन । बिधालयमा बाल बिकासमा ४७ जना, कक्षा १ मा ९१, कक्षा २ मा ८८, कक्षा ३ मा ८४, कक्षा ४ मा ११७, कक्षा ५ मा ६१, कक्षा ६ मा ६८, कक्षा ७ मा ७२ जना र कक्षा ८ मा ५३ जना छात्र छात्रा गरि ६ सय ८१ जना बालबालिकाहरु अध्ययन रत रहेका छन् । भने गत वर्ष ९ सय ३३ जना विद्यार्थीहरु रहेको प्र अ झाले बताए ।

रौतहट , बैशाख २५ ।

सरकारले प्रयोगमा ल्याइएको विद्युतीय राहदानी (ई पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा लिनुपर्ने बनाएपछि उक्त परिचयपत्र लिने मानिसको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ ।

सार्वजनिक सेवामा क्रमशः नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी डिजिटल अर्थात् विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको थियो । यस्तै रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँमा २६ गते मंगलबारसम्म मात्र राष्ट्रिय परिचय पत्र बन्ने भएको छ ।

पालिकामा राष्ट्रिय पत्रका लागि भिड भाड हुने भएकाले पालो पलो पत्र बनाउने निर्णय गरेको हो । सोही योजना अनुसार वडा नम्बर ६ को पालो २६ गतेसम्मको लागि मात्र रहेको छ । कर्कचमा १४ गतेदेखी सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउने पालो अब समाप्त हुँने भएको राष्ट्रिय पत्र विवरणका कर्मचारी प्रवीन रजकले बताएका छन् । उनका अनुसार राष्ट्रिय पयिरचय पत्र अब वडा नम्बर ७ मा २७ गतेदेखि सुरु हुने भएको छ ।

हालसम्म वडा नम्बर १ देखि वडा नम्बर ६ सम्म ४ हजार भन्दा बदीले राष्ट्रिय परिचय पत्र बनाइ सकेका छन् । अब केही दिनमै हामिले नगरपालिका भरी परिचय पत्रका काम सुध्याउने छौँ, उनको भनाइ रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।