काठमाडौं, ९ बैशाख । एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ ।
ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

एजेन्सी, ९ बैशाख । फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) सहज रूपमा बिजयी भएकाे छ ।
पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ । पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए ।
शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पिएसजीलाई २–० को अग्रता दिलाउन सफल भए ।
उता, खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । अन्ततः खेल २–१ को अवस्थामा सकियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सिमित रहेर पुछारमा छ ।
काठमाडौं, ९ बैशाख । विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। यो दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो। वातावरण संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामीजस्तै सुखी र फुलिरहोस् ।
रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ। यात्राको क्रममा केही सामान्य कुराहरूलाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सक्नुहुन्छ।
सार्वजनिक यातायात द्वारा यात्रा
जति धेरै सवारी साधनको प्रयोग हुन्छ, त्यति नै बढी वायु प्रदुषण हुन्छ र इन्धन बढी खर्च हुन्छ । यस्तो अवस्थामा यात्रा गर्दा बढीभन्दा बढी सार्वजनिक सवारी साधनको प्रयोग गरेमा पृथ्वीलाई फाइदा हुनेछ छ र वातावरण संरक्षण पनि हुने छ ।
प्लास्टिकलाई निषेध गर्नुहोस
यात्राको क्रममा, प्लास्टिकका चीजहरू कम मात्रामा प्रयोग गर्ने प्रयास गर्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने, तपाईं कागज प्लेट, काठको चम्चा र कागज झोला आदि लिएर घर छोड्न सक्नुहुन्छ। थोरै सामान तपाईको लागि भारी हुन सक्छ तर यसले तपाईलाई प्लास्टिकको प्रयोगबाट बचाउनेछ।
कलाकृतिहरू बुद्धिमानीपूर्वक किन्नुहोस्
हामी मध्ये कोही कतै यात्रामा गयो भने सम्झनाको रूपमा त्यहाँबाट केही न केही ल्याउँछौं । यस्तो अवस्थामा, वन्यजन्तु कलाकृतिहरूबाट केहि पनि किन्न प्रयास नगर्नुहोस्। जन्तुको कुनै अंगबाट बनेको, यातना दिएर बनेको वा लोप हुँदै गएको कुनै पनि जनावर छ भने उसको शरीरका अंगबाट बनेको वस्तु किन्नु हुँदैन ।
आफु बस्ने ठाउँ सेयर गर्नुहोस्
सबैलाई आफ्नो व्यक्तिगत ठाउँ मनपर्छ तर यदि हामी यात्रामा जान्छौं र पहाड वा खोलाको छेउमा कुनै होटलमा बस्छौं भने, हाम्रो प्रयास त्यहाँको वातावरण बचाउने प्रयास गर्ने हुनुपर्छ । यसका लागि तपाईले बस्ने ठाउँ बाँडफाँड गरेर बस्दा पैसाको बचत हुनुका साथै वातावरणमा हुने क्षतिलाई कम गर्न, कोठामा कम इन्धन प्रयोग गर्न, बिजुली बचत गर्न र गडबडी कम गर्न सकिन्छ।
काठमाडौं, ९ बैशाख । ४० वर्षको उमेरमा पनि जवान देखिन चाहनुहुन्छ ? यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिनु पर्दैन। थोरै परिवर्तनले तपाईंलाई यो इच्छा पूरा गर्न मद्दत गर्न सक्छ।
सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ । थोरै परिवर्तनले पन ितपाईंलाई जवान नै देखिने इच्छा पूरा गर्न मद्दत मिल्छ । आज हामी तपाईलाई एउटा यस्तो सानो कुराहरु बताउन गइरहेका छौँ, जसले तपाईको जवान नै देखिरहने मनोकामना पूरा गर्न मद्दत गर्छ । यसका लागि जम्मा तपाईले खानपीन र जीवनशैलीमा सामान्य परिवर्तन गरे पुग्छ ।
बुढ्यौली घटाउन यी टिप्स अपनाउनुहोस्
– राति सुत्नुअघि पाँचवटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। बिहान सबभन्दा पहिले यी चिजहरू खानुहोस् । तपाईंको स्वास्थ्यको साथसाथै, यो तपाईंको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ।
– यसका अलावा राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईंको निद्रामा बाधा पुर्याउन सक्छ। त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।
– यसबाहेक, तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ। यसो गर्नाले तपाईको शरीर तन्दुरुस्त रहन्छ र तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ।
– आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्नुहोस्।
इन्दीप कोइराला, बारा
बारा, ९ बैशाख । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले मौन अवधिमा निर्वाचन आचारसंहिता वितपरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाढेको पाइएपछि नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा उजुरी दिएको छ ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा बाढेको पाइए पछि उम्मेदवार कुशवाहा माथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन । एमालेले कुशवाहाका कार्यकर्ताहरुले वितरण गरेको नक्कली नमुना मतपत्रसहित उल्लेख गरेर उजुरी गरेका हुन ।
कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाढेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेलले कारबाहीको माग गरिएको बताए । उनका अनुसार चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले हिजो विभिन्न पालिकामा सूर्य चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाडेका थिए ।
त्यसमाथी, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना पतपत्र बाढेकाे खुल्न अाएकाे एमालेले जनाएकाे छ । कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गराएका थिए ।
निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचतलाई प्रभावित पार्न भ्रमको खेति थालेको र यसबाट बिचलित नभइ सूर्य चिन्हमा मतदान गर्न मतदातसंग एमालेले मतदातासंग आग्रह गरेको उम्मेदवार पाैडेलले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्तांबाट भएको आचारसंहिता विपरितको कार्य बारे परेको उजुरीमाथि छानविन गरी कारबाही गरिने बताए ।
पोखरा, ९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन ।
विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिईसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छन्।
गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए।
काठमाडौं, ९ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
शनिबार, वैशाख ९
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । १ सय ३३ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमै हासिल गर्यो ।
६ म्याच खेलिसकेको चेन्नईको चार जितसँगै आठ अंक भएको छ । अंक तालिकामा चेन्नई तेस्रो स्थानमा छ ।
चेन्नईका लागि ओपनिङ गर्दै आएका ऋतुराज गायकवाड र डेभन कनवेले शानदार सुरुवात गरे । दुवै ओपनर ब्याटरले ११ ओभरमा ८७ रन जोडेर टिमलाई लक्ष्यतर्फ अग्रसर गराए ।
चेन्नई सुपरकिंग्सविरुद्ध सनराइजर्स हैदराबादको टिमले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।
काठमाडौं, ९ चैत । आज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।
पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो।
यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए।
तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।
संयुक्त राष्ट्र संघको सन्देश:
प्रकृतिले दु:ख पाइरहेको छ । महासागरहरू प्लास्टिकले भरिएका छन, त्यसमाथीी अम्लीय पदार्थले भरिएकाके छ । अत्यधिक गर्मी, जङ्गलमा लागेको डढेलो र बाढीले लाखौं मानिस प्रभावित भएका छन्। यी दिनहरूमा पनि, हामी अझै हाम्रो इकोसिस्टमको स्वास्थ्यसँग जोडिएको विश्वव्यापी स्वास्थ्य महामारी कोभिड १९ बाट ट्र्याकमा फर्कने प्रयास गरिरहेका छौं।
जलवायु परिवर्तन, मानव निर्मित प्रकृतिमा परिवर्तनका साथै जैवविविधतामा बाधा पुर्याउने अपराधहरू, जस्तै वन विनाश, भू–उपयोग परिवर्तन, तीव्र कृषि र पशुधन उत्पादन वा बढ्दो अवैध वन्यजन्तु व्यापारले पृथ्वीको विनाशको गतिलाई तीब्र बनाउन सक्छ।
इकोसिस्टम पुनर्स्थापना सम्बन्धी संयुक्त राष्ट्र दशक भित्र मनाइने यो दोस्रो मातृ पृथ्वी दिवस हो। इकोसिस्टमहरूले पृथ्वीमा सबै जीवनलाई समर्थन गर्दछ। हाम्रो इकोसिस्टम जति स्वस्थ हुन्छ, त्यति नै स्वस्थ ग्रह र यसका मानिसहरू रहन्छन् ।
हाम्रो क्षतिग्रस्त इकोसिस्टमको पुनर्स्थापनाले गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनसँग लड्न र सामूहिक विलुप्त हुनबाट जोगाउन मद्दत गर्नेछ। तर सबैले भूमिका खेले भने मात्र हामी सफल हुनेछौं।
यस अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवसको लागि, हामी आफैलाई सम्झना गरौं ( पहिले भन्दा बढी कि हामीलाई मानिसहरू र ग्रह दुवैको लागि काम गर्ने थप दिगो अर्थतन्त्रमा परिवर्तन आवश्यक छ। प्रकृति र पृथ्वीको सद्भावलाई प्रवर्द्धन गरौं। हाम्रो संसारलाई पुनर्स्थापित गर्न विश्वव्यापी आन्दोलनमा सामेल हुनुहोस् ।
काठमाडौं, ८ वैशाख
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।