रमेश कुमार यादब,बैशाख ०७
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा नगर प्रमुख बिनोद राउत कुर्मिले भ्रष्टाचार गरेको बिरोधमा बसेको रिले अनसनको ३० औँ दिन भएको छ ।नगर प्रमुख कुर्मिको बिरोधमा उत्रिएका पाँच दलिय राजनितिक दलका नेताहरु बुधबार पुगेको ३० औँ दिनलाई कालो दिनको रुपमा मनाएका थिए ।वृन्दावन नगरपालिकामा मेयर कुर्मीले प्रतिबद्धता जनाए अनुसारको काम कारवाही नगरेपछि पाँच राजनीतिक दलहरुले नगरपालिकाको कार्यालय विश्रामपुरमा गत चैत ६ गते देखि रिले अनसन सुरु गरेका थिए ।नगरप्रमुख कुर्मीले छलफलको लागी गौरमा प्रहरी उपरिक्षक ९एसपि० ,बिभिन्न राजनेतिकदलका नेता ,प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिबद्धता जनाए अनुसार नगरपालिकाको काम कारवाही एवं विकास निर्माणको कार्य पूर्ण पार्दर्शी गर्ने र हिसावकिताव सार्वजनिक गर्ने भनिएको महिनौ दिन वितिसक्दा पनि प्रतिबद्धता अनुसार काम नगरेपछि पाँच दलिय राजनीतिक पार्टीहरु नेपाली काँग्रस, नेकपा एमाले, नेकपा माओवादी, आम जनता पार्टी र जनता समाजवादी पार्टीले गत चैतको पहिलो दिन देखि नगर कार्यपालिकाको कार्यालय विश्रामपुरमा रिले अनसन सुरु गरेका थिए । पाँच दलियद्धारा १४ बुन्देँ मागहरु राखि गत चैत महिनाको मंगलबारदेखि रिलेअनसन सुरु गरेको थिाये । बुधबार ३० औँ दिनको रिले अनसनलाई सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको वार्ड नं।४ को वडाअध्यक्ष श्यामनन्दन यादबले भने यो नगर प्रमुख कुर्मि निर्वाचित भएदेखि नै चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाउनु भयो ।वडाअध्यक्ष यादबले भने आज हामिले रिले अनसन बसेको ३० दिन हुँदा पनि यो नगर प्रमुख कुर्मिले आज सम्म रिलेअनसन कर्ताहरुसंग आएर भेट गर्नु त परकै कुरो हो वहाँले यस रिले अनसनको सम्बन्धमा कुनै प्रतिक्रिया समेत दिएको छैन ।नगर प्रमुख कुर्मिको यो गैर जिम्मेवारी पनाको हामि पाँच राजनितिक दलहरुले घोरभत्सना गर्दछौ ।वडाअध्यक्ष यादबले भने नगरपालिका प्रमुख कुर्मिले अनियमितता गरेको र विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै हामिहरु अनशनमा बसेको वडाअध्यक्ष यादबले बताए ।सूचनाको हक प्रयोग गरेर पनि कतिपय सूचना दिन नमानेको र नगरपालिकामा कुन काम भएको छ र के–के काम भइरहेको छ भन्ने नगरबासीले थाहा पाउनुपर्नेमा सूचना लुकाएर अनियमितता गरेको हुनाले हामिहरुले बाध्य भई अनशन बस्नु परेको यादवको दाबी थियो ।‘मैले सूचना मागेर कुनै गलत गरेको छैन ।नगरपालिकाभित्र धेरै अनियमितता भएको छ,’ उनले भने,‘राम्रो काम गरेका छ भने सूचना माग्दा किन नगर प्रशासन दिन मान्दैन ।नगरप्रमुख किन भागेर हिँड्छन् । जबसम्म सूचनाको मागको सम्बोधन हुँदैन तबसम्म अनशन जारी रहन्छ ।’वहाँले भने यो अनसन आज ३० दिन भयो हाम्रो १४ बुन्देँ माग सम्बोधन नभएसम्म ६ महिना बस्नु पर्यो भने हामि आतिदैनौ,यो रिले अनसन जारी नै रहने साथै आवश्यकता अनुसार थप आन्दोलन गर्दै जाने र उक्त आन्दोलनबाट हुने सम्पुर्ण क्षति नगर प्रमुखले लिने वडाअध्यक्ष यादबले भने ।बृन्दावन नगरपालिकाको नगर प्रमुख कुर्मि र प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेल मिली नगरपालिकालाई खोख्ला बनाएका आरोप समेत लगाएका थिए ।वडाअध्यक्ष यादबले भने कि नगर प्रमुख कुर्मिले हामि जस्तो राजनेतिककर्ताको कुनै वास्ता गरिरहेको छै्रन भने सर्वसाधारणको के हाल हुने त्यस कारण आमसर्वसाधारणहरुलाई बुझने कुरा भएको बताउनु भयो ।
त्यसतै बृन्दावन नगरपालिकाको वार्ड नं।२ को वडाअध्यक्ष सिकेन्द्र राउत कुर्मिले नगर प्रमुख कुर्मिको गैरजिम्मेवारी पनाको पनि हद पार गरिसकेको भन्दै ३० औं दिनको रिले अनसनलाई कालो दिनको रुपमा मनाईएको बताउनु भयो । १४ बुन्दें माग लगायतको पालिकामा काम गर्ने कर्मचारीहरुको बिवरण सहितको जानकारी दिन अनुरोध गर्दै हामि रिले अनसनमा बसेका वडाअध्यक्ष कुर्मिले बताउनु भयो ।साथै यस पालिकामा काम गर्ने कर्मचारी हर्षाहामा नगई बृन्दावनमा आएर काम गर्दा त्यस कर्मचारीलाई स्पष्टिकरण माग्ने तलब रोक्का गर्ने जस्ता निन्दनिय कार्यलाई घोरभत्सना गर्दछु ।साथै नयाँ हाकिम आउने भनि सुन्दैँ छु उक्त हाकिमसंग हाम्रो अनुरोध छ कि बिश्रामपुर स्थित रहेको बृन्दावन नगरपालिकामा आएर हाजिर हुन र मागलाई सम्बोधन गर्ने आशा राखेको वडाअध्यक्ष कुर्मिले भने ।
त्यसतै चरम भ्रष्टारमा लिप्त रहेको नगर प्रमुख कुर्मि बिरुद्ध हामिले चारै तिर उजुरी दिईसकेको बृन्दावन नगरपालिकाको वार्ड नं।३ को वडाअध्यक्ष हरिनरायण साहले बताउनु भयो ।वहाँले भने नगर प्रमुख कुर्मिले दादागिरी पराले नियम कानुनको धज्जिया उडाउदैँ नगरपालिकामा नाङ्गो उदण्डता देखाएको प्रष्ट देखिन्छ ।हाम्रो रिले अनसनको ३० दिन हुँदा जिल्लाको प्रमुख सिडियो झा एकदिन आए त्यसपिछ एक पल्ट पनि हामिलाई केहि सम्झेन त्यस कारण हामिलाई लाग्छ कि यस कार्यमा सिडियो र एसपिको समेत संलग्नता रहेको देखिन्छ ।वडाअध्यक्ष साहले भने कि हामि अहिले सम्म कानुन हिसाबले चल्दै आईरहेको छु ।हामिले अहिले यस भ्रष्टाचारको बिरोधमा राष्ट्रिय सुचना आयोग र उच्च अदालतमा पनि निदेबन दियौ तर त्यहाँबाट चिठि आउँदा नगर प्रमुख कुर्मिले उक्त चिठि नबुझि कानुनलाई पनि बेवास्ता गरेको देखिन्छ । त्यस कारण अव हामिले रिले अनसनको रुप बदल्ने र त्यसबाट हुने क्षतिपुर्ति स्वयम नगरपालिकाले लिने चेतावनी समेत दिनु भयो ।साथसाथै हामिले मागेको मागहरु आव २०७९÷०८० मा भएको नगर सभा देखी हालसम्म भएको नगर सभा देखी हाल २०७९ चैत ०५ गते सम्मको निर्णय प्रतिलिपिहरु शिक्षा क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,स्वास्थय क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि साथै तलब कर्मचारी पेश्किको विवरण तथा डोर हाजरीमा राखिएको कर्मचारीको विवरण ,अमानतमा बागमति खोलामा उठाईएको कर दाखिल विवरण र बैकं भौचर विवरण ,पद पुर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि ,२०७९ जेष्ठ महिना देखी हाल सम्म गाडीहरु राखेको डिजल पेट्रोलको लगबुक सहित विवरण सहित विभिन्न माग राख्दै अनसनमा बसिरहेका छन् ।
काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ शुक्रबार घटेको छ । बिहीबार ३० पैसाले वृद्धि भएको अमेरिकी डलर शुक्रबार १३ पैसाले घटेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८७ पैसा कायमम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो ४३ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।
शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।
शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४४ पैसा तोकिएको छ।
काठमाडौ, ८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २८ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी र गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौला २८ रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ८० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका १५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा १८० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं, ८ बैशाख । लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ ।
नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो ।
जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।
भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।
सुचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।
सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ बर्ष राखिएको छ ।
फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाले जनाएको छ ।

बारा, ८ बैशाख । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।
वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरु पक्राउ परेका हुन ।
गोप्य उजुरीको आधारमा उनीहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।
काठमाडौ, ८ बैशाख । भिटामिन बि १२ शरीरको लागि सबैभन्दा आवश्यक भिटामिन मध्ये एक हो। जुन शरीरमा धेरै कार्यहरू गर्न जिम्मेवार हुन्छ।
शरीरमा भिटामिन बि १२ ले शरीरमा रातो रक्त कोशिका बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोशिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। यो भिटामिनको कमी को लक्षण धेरै खतरनाक हुन सक्छ।
यदि तपाईलाई भिटामिन बी १२ को कमीका लक्षणहरू पनि थाहा छैन भने आउनुहोस जान्नुहोस, यहाँ शरीरका विभिन्न भागहरूमा देखा पर्ने केही लक्षणका वर्णन गरिएको छ।
भिटामिन बि १२ को कमीले छालाको समस्या, कमजोर आँखाको स्वास्थ्य र न्यूरोलोजिकल जस्ता धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
– छालामा पहेंलोपन बढाउँछ
– जिब्रोमा दुखाइ हुन्छ र रातोपन बढाउँछ ग्लोसाइटिस
– हिँड्ने र हिंड्ने तरिकामा परिवर्तन
– आँखा धमिलो हुने
– चिडचिडापन
यी अंगहरूमा भिटामिन बी १२ को कमीका लक्षणहरू देखा पर्छन्
हात र खुट्टामा झमझमाउने
काँटेदार महसुस हुनुको मतलब यो होइन कि तपाईमा भिटामिन बी १२ को कमी छ। यो स्नायुमा दबाब, पिन्च नर्भ, स्नायु रोग, हाइपरभेन्टिलेशन, मधुमेह, मल्टिपल स्क्लेरोसिस, हाइपर थाइराइडिज्म र अन्य धेरै कारणले हुन सक्छ।
जिब्रो
भिटामिन बि १२ को कमीले मुखको समस्या पनि निम्त्याउन सक्छ, जसले मुखमा अल्सर, घाउ, सुन्निने र जिब्रो रातो हुन सक्छ। घाँटी दुख्नु पनि भिटामिन बि १२को कमीको संकेत हो।
मस्तिष्क
अध्ययनले देखाएको छ कि भिटामिन बी १२ को कमीले स्मरणशक्ति गुमाउन सक्छ। यसको साथसाथै झनझन र सुन्निने महसुस हुन सक्छ।
काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न राेक लगाएकाे छ ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ ।
‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ ।’

विज्ञप्ति :
यही वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ ।
उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइन्छ । साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोग हार्दिक आग्रह गर्दछ ।
सूर्यप्रसाद अर्याल
उपसचिव एवं सहायक प्रवक्ता
बारा, ८ चैत । वैशाख १० हुन गईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सिमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो
यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
काठमाडौं, ७ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमान बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
काठमाडौं, ८ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।