२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

 

काठमाडौं, २९ चैत ।

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलमा सिटीले म्युनिखलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।

यो जितसँगै सिटीले च्याम्पियन्स लिगका सेमिफाइनलमा पुग्ने सम्भावना बनाएको छ । म्युनिखलाई सेमिफाइनलमा पुग्न दोस्रो लिगमा कम्तीमा ४–० को जित आवश्यक छ ।

 

काठमाडौ, २९ चैत 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ३० रुपैया, लोकल परवर ११० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २८० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

काठमाडौं, २९ चैत

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डीडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो। भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।

 

काठमाडौं, २९ चैत ।

नेपाल राष्ट्र बैंकले चालु वर्षका फागुन मसान्तसम्मको तथ्यांकअनुसार मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको जनाएको छ ।

फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंकका अनुुसार अघिल्लो वर्षको सोही महिनामा विन्दुगत मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।

 

काठमाडौं, २९ चैत ।

प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

बैठकमा मन्त्रालयगत एजेण्डा पेस गरिने छ भने सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनेछन् ।

 

काठमाडौं, २९ चैत ।

मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे जबज संवाद’ को दोस्रो शृंखला बुधबार आयोजना गर्दै छ ।

‘जबज संवाद’ शृंखला संचालन गर्दै आइरहेको फाउन्डेसनले बुधबार दोस्रो शृंखला गर्न लागेको हो । दोस्रो संवाद शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसा साढे २ बजे  मदन भण्डारी मेमोरिअल कलेजमा संवाद शृंखला आयोजना हुनेछ ।

 

काठमाडौं, २९ चैत

संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औं बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुखले ‘प्रतिनिधिसभाको यो बैठक नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०१५ सालको आमनिर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं. २६ बाट निर्वाचित सदस्य, प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्री तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा मिति २०७९ साल चैत २४ गते शुक्रबार असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

काठमाडौं, २९ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग  जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।

 

काठमाडौं, २९ चैत

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २८ चैत ।

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुदैँछ ।

 

उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वकाे लागि आज निर्वाचन हुन लागेकाे हाे । यस महास‌‌घकाे हिजाे उदघाटन भएकाे थियाे ।

 

हिजाेवाट सुरु भएकाे साधारणसभवाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजवाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासंघकाे बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

 

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

 

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।