२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, देशका बाँकि हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। देशका तराइ भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी

 

आजको राशिफल बिस २०८३ कार्तिक २२ गते आइतबार ईस २०२६ नोभेम्बर ८ नेपाल सम्बत ११४६ कौलागा चतुर्दशी-२९, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, आयुष्मान योग, शकुन  करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ जिम्मेवारी सम्हाल्ने र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुने सम्भावना छ। लामो समयदेखि रोकिएको योजनाले गति लिन सक्छ। व्यापारमा नयाँ ग्राहक वा व्यावसायिक सम्पर्कबाट लाभ मिल्ने संकेत छ। आर्थिक पक्षमा आम्दानीको तुलनामा खर्च बढ्न नदिनुहोला। परिवारमा आफ्नो निर्णयलाई समर्थन प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा स्पष्टता र विश्वास कायम राख्नु आवश्यक छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज विगतका अनुभवबाट सिकेर नयाँ निर्णय लिनुपर्ने दिन छ। कार्यक्षेत्रमा धैर्यपूर्वक अघि बढ्दा कठिन काम पनि पूरा गर्न सकिनेछ। व्यापारमा पुरानो कारोबारको समीक्षा गर्दा सुधार गर्नुपर्ने पक्ष पहिचान हुनेछ। आर्थिक विषयमा ठूलो जोखिम लिनुभन्दा सुरक्षित योजनालाई प्राथमिकता दिनुहोला। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्न सक्छ। परिवारका ज्येष्ठ सदस्यसँगको छलफल उपयोगी बन्नेछ। व्यक्तिगत सम्बन्धमा समय र ध्यान दिनु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज नयाँ सम्पर्क र सहकार्यका माध्यमबाट अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा समूहसँग मिलेर काम गर्दा अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ। सञ्चार, लेखन, व्यापार तथा प्रविधिसम्बन्धी काममा सक्रियता बढ्नेछ। कुनै महत्वपूर्ण सूचना प्राप्त हुन सक्छ, जसले आगामी योजना बनाउन सहयोग गर्नेछ। आर्थिक कारोबारमा अरूको आश्वासनभन्दा वास्तविक अवस्थालाई आधार बनाउनुहोला। साथीभाइसँगको भेटघाटले नयाँ विचार जन्माउन सक्छ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज व्यावसायिक प्रतिष्ठा र जिम्मेवारीसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो मेहनतको मूल्याङ्कन हुन सक्छ। वरिष्ठ व्यक्तिसँगको भेटघाट वा छलफलबाट नयाँ बाटो खुल्ने सम्भावना छ। व्यापारमा गुणस्तर र विश्वसनीयतालाई प्राथमिकता दिनुहोला। आर्थिक पक्षमा पुरानो भुक्तानी प्राप्त गर्ने प्रयास सफल हुन सक्छ। परिवारका सदस्यको अपेक्षा पूरा गर्न समय व्यवस्थापन गर्नुपर्नेछ। भावनात्मक विषयमा शान्त र स्पष्ट व्यवहार अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सूर्यको प्रभावसँग जोडिएको राशि भएकाले आज आत्मविश्वास र प्रतिष्ठासम्बन्धी विषय बलियो बन्न सक्छन्। नयाँ योजना अघि बढाउने तथा महत्वपूर्ण निर्णय लिने अवसर मिल्न सक्छ। अध्ययन, अध्यापन र कानुनी विषयमा सकारात्मक प्रगति हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार स्थापित गर्न सकिनेछ। व्यापार विस्तारका लागि नयाँ सम्भावना खोज्न सक्नुहुनेछ। आर्थिक पक्षमा दीर्घकालीन फाइदालाई ध्यान दिनुहोला। पारिवारिक तथा प्रेम सम्बन्धमा आफ्नो व्यवहार उदार राख्नु आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज आर्थिक व्यवस्थापन र महत्वपूर्ण कागजी प्रक्रियामा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा गोप्य योजना वा अधुरा जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा साझेदारी र लगानीसम्बन्धी विषयमा सावधानी अपनाउनुहोला। अनावश्यक खर्चले आर्थिक दबाब बढाउन सक्छ। रोकिएको रकम वा पुरानो कारोबारको विषयमा छलफल हुन सक्छ। परिवारमा आफ्नो विचार राख्दा अरूको भावना पनि बुझ्नुहोला। व्यक्तिगत स्वास्थ्य र मानसिक शान्तिका लागि आरामलाई महत्व दिनु राम्रो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज साझेदारी, दाम्पत्य जीवन र सामाजिक सम्बन्धमा विशेष ध्यान जानेछ। कार्यक्षेत्रमा सहकार्यबाट नयाँ उपलब्धि हासिल गर्न सकिनेछ। व्यावसायिक सम्झौता वा नयाँ जिम्मेवारीको प्रस्ताव आउन सक्छ। निर्णय गर्नुअघि आफ्नो भूमिका स्पष्ट पार्नुहोला। आर्थिक कारोबारमा पारदर्शिता आवश्यक छ। जीवनसाथी वा नजिकका व्यक्तिसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। अरूको विचारलाई सम्मान गर्दा सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज कामको व्यस्तता बढ्न सक्छ। जिम्मेवारीबाट पछि नहटी योजनाबद्ध रूपमा अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण देखिए पनि आफ्नो दक्षतामा विश्वास राख्नुहोला। व्यापारमा व्यवस्थापन र कर्मचारीसँगको समन्वय सुधार गर्नुपर्ने हुन सक्छ। आर्थिक पक्षमा दैनिक खर्चको विवरण राख्नु उपयुक्त हुनेछ। परिवारमा सानो विषयलाई लिएर मतभेद हुन सक्छ, त्यसैले बोलीमा संयमता अपनाउनुहोला। खानपान र आराममा ध्यान दिनु आवश्यक छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज सिर्जनात्मकता, अध्ययन र व्यक्तिगत रुचिका क्षेत्रमा सक्रियता बढ्नेछ। विद्यार्थीका लागि नयाँ विषय बुझ्ने र आफ्नो क्षमता विकास गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा फरक सोचले समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ। व्यापारमा नयाँ योजना परीक्षण गर्न सकिनेछ। आर्थिक पक्षमा मनोरञ्जन र व्यक्तिगत रुचिका क्षेत्रमा खर्च बढ्न सक्छ। सन्तान वा परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा छलफल हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज घरपरिवार र व्यक्तिगत सुरक्षासँग सम्बन्धित विषय प्राथमिकतामा पर्न सक्छन्। घरको व्यवस्थापन, सम्पत्ति वा सवारीसाधनसम्बन्धी योजना अघि बढ्न सक्छ। कार्यक्षेत्रमा केही नयाँ चुनौती आए पनि अनुभवले समाधान खोज्न सहयोग गर्नेछ। व्यापारमा पुरानो कार्यशैली सुधार गर्ने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा घरायसी खर्चको योजना बनाउनुपर्नेछ। परिवारका सदस्यसँग समय बिताउँदा मनमा उत्साह बढ्नेछ। व्यक्तिगत निर्णयमा हतार नगर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज सञ्चार, सम्पर्क र छोटो यात्रासँग सम्बन्धित काममा व्यस्तता बढ्न सक्छ। आफ्नो विचार स्पष्ट रूपमा राख्न सके कार्यक्षेत्रमा समर्थन प्राप्त हुनेछ। नयाँ सीप सिक्ने वा व्यावसायिक तालिममा सहभागी हुने अवसर मिल्न सक्छ। व्यापारमा प्रचारप्रसार र नयाँ ग्राहकसँगको सम्बन्धले फाइदा पुर्‍याउन सक्छ। आर्थिक कारोबारमा कागजी प्रक्रिया पूरा गर्नुहोला। दाजुभाइ तथा साथीभाइसँगको सहकार्य उपयोगी बन्नेछ। पारिवारिक सम्बन्धमा संवादलाई प्राथमिकता दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज आर्थिक स्थायित्व र पारिवारिक आवश्यकताका विषयमा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा आफ्नो सीप र अनुभवको उपयोग गरेर नयाँ अवसर खोज्न सकिनेछ। व्यापारमा आम्दानी बढाउने योजना बनाउन अनुकूल समय छ। पारिवारिक आवश्यकताका कारण खर्च हुन सक्छ, त्यसैले बजेटको सीमा कायम राख्नुहोला। बोल्दा स्पष्टता र व्यवहारमा नम्रता अपनाउँदा सम्बन्ध राम्रो बन्नेछ। नयाँ कामका लागि आवश्यक स्रोत जुटाउने प्रयास सफल हुन सक्छ। आफ्नो क्षमतामाथि विश्वास राखेर अघि बढ्नुहोला ।

(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २६६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा २६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने कोशीमा ४२  जना, काठमाडौँ उपत्यकामा २७ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ७६  जना, कर्णालीमा २१ जना र गण्डकीमा १५ जना घाइते भएका छन् ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।

शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले सर्वोच्च अदालतको रिभ्युमार्फत आफुहरुले नै आधिकारिकता पाउने बताएका हुन् ।

नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताउदै कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे ।

नेता महतले गगन थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए । थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको आरोप लगाउदै उनले नेता कार्यकर्तालाई अझ सक्रिय हुन आग्रह गरे ।

उनले अब सामाजिक सञ्जालमा समेत सक्रिय हुनुपर्ने बताउदै अहिले पार्टीमा र देशमा नै सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लागाए । एभरेष्ट न्यूज एजेन्सी,

पार्टीको आधिकारिकता हामीले नै पाउछौं- डा. प्रकाशशरण महत

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ४-४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जनाको तथा मधेश, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने कोशीमा २५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा २५ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २६ जना, कर्णालीमा २ जना र गण्डकीमा ५ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ कार्तिक १९ गते विहिबार ईस २०२६ नोभेम्बर ५ नेपाल सम्बत ११४६ कौलागा एकादशी -२६, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह राशिमा, उत्तरफाल्गुनी नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आफ्नो क्षमता विस्तार गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ। अध्ययन, तालिम वा व्यावसायिक सीप विकासमा रुचि बढ्नेछ। व्यापारमा नयाँ क्षेत्रसँग जोडिने सम्भावना छ। आर्थिक पक्षमा भविष्यका लागि योजना बनाउन सकिनेछ। परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा विचार आदानप्रदान हुन सक्छ। अरूको सुझाव सुनेर निर्णय गर्दा राम्रो परिणाम प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आर्थिक तथा व्यावहारिक विषयमा सजग रहनुपर्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि आफ्नो दक्षताले काम सम्पन्न गर्न सकिनेछ। पुरानो लगानी वा आर्थिक योजनाको समीक्षा गर्ने समय छ। व्यापारमा सामानको खरिदबिक्री र भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउनुहोला। परिवारमा सम्पत्ति वा भविष्यको सुरक्षासम्बन्धी छलफल हुन सक्छ। नजिकका व्यक्तिसँगको सम्बन्धमा विश्वास कायम राख्न स्पष्ट व्यवहार आवश्यक हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज साझेदारी र सहकार्यबाट फाइदा लिन सकिनेछ। व्यावसायिक छलफलमा आफ्नो विचार प्रभावकारी रूपमा राख्न सक्नुहुनेछ। नयाँ सम्झौता वा जिम्मेवारीको प्रस्ताव आउन सक्छ। अरूको अनुभवबाट सिक्ने अवसरलाई उपयोग गर्नुहोला। आर्थिक कारोबारमा पारदर्शिता अपनाउँदा भविष्यमा समस्या आउन पाउने छैन। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। सामाजिक सम्बन्ध विस्तार गर्न पनि दिन अनुकूल देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज दैनिक काम र स्वास्थ्यसम्बन्धी बानी सुधार्न ध्यान जानेछ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न केही अतिरिक्त मेहनत गर्नुपर्ने हुन सक्छ। सहकर्मीसँगको सहकार्यले काम सहज बन्नेछ। व्यापारमा सेवा र व्यवस्थापन पक्ष सुधार गर्दा ग्राहकको विश्वास बढ्नेछ। आर्थिक रूपमा नियमित आम्दानीलाई सही ठाउँमा उपयोग गर्ने अवसर छ। परिवारमा कसैको आवश्यकताका लागि समय र सहयोग दिनुपर्ने हुन सक्छ। अनावश्यक चिन्ता नगरी योजनाबद्ध रूपमा अघि बढ्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज प्रतिभा र सिर्जनात्मक क्षमतालाई प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। अध्ययन, कला, लेखन तथा मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ विचारले अरूको ध्यान आकर्षित गर्न सक्छ। व्यवसायमा नयाँ योजना सुरु गर्नुअघि त्यसको सम्भाव्यता बुझ्नुहोला। आर्थिक पक्षमा आम्दानीसँगै खर्चको व्यवस्थापन पनि आवश्यक छ। सन्तानको शिक्षा वा भविष्यका विषयमा छलफल हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज घरपरिवार र व्यक्तिगत जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा एकैपटक धेरै काम सम्हाल्नुभन्दा क्रमशः पूरा गर्नु राम्रो हुनेछ। घरजग्गा, सवारीसाधन वा घरायसी व्यवस्थापनसँग सम्बन्धित योजना बन्न सक्छ। व्यापारमा नयाँ निर्णय गर्नुअघि परिवार वा अनुभवी व्यक्तिसँग परामर्श लिन सकिनेछ। आर्थिक पक्षमा बचतलाई महत्व दिनुहोला। परिवारका सदस्यसँगको व्यवहारमा नरमपन कायम राख्दा वातावरण सहज बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफ्नो कुरा स्पष्ट रूपमा राख्न सक्ने क्षमता बढ्नेछ। सञ्चार, लेखन, अध्ययन र व्यावसायिक सम्पर्कका काममा प्रगति हुन सक्छ। छोटो दूरीको यात्रा वा भेटघाटको योजना बन्न सक्छ। व्यापारमा प्रचारप्रसार र नयाँ ग्राहकसँगको सम्पर्कले फाइदा पुर्‍याउन सक्छ। आर्थिक विषयमा नयाँ अवसर देखिए पनि निर्णय गर्नुअघि सबै पक्ष बुझ्नुहोला। दाजुभाइ तथा साथीभाइसँगको सम्बन्धमा सहयोग र सद्भाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आर्थिक स्थायित्व र पारिवारिक सुरक्षाका विषयमा ध्यान केन्द्रित हुनेछ। आम्दानी बढाउने उपाय खोज्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव उपयोग गरेर कठिन काम पूरा गर्न सक्नुहुनेछ। व्यापारमा मूल्य निर्धारण र आर्थिक हिसाबकिताबमा विशेष ध्यान दिनुहोला। पारिवारिक आवश्यकताका कारण खर्च बढ्न सक्छ। बोलीमा संयमता अपनाउँदा सम्बन्धमा अनावश्यक तनाव आउने छैन। आफ्नो क्षमतामा विश्वास राखेर अघि बढ्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बृहस्पतिसँग सम्बन्धित राशि भएकाले आज ज्ञान, आत्मविश्वास र दीर्घकालीन योजनामा रुचि बढ्न सक्छ। नयाँ कामको सुरुवात गर्ने वा महत्वपूर्ण निर्णय लिने अवसर आउन सक्छ। अध्ययन तथा अनुसन्धानमा संलग्न व्यक्तिका लागि दिन उपयोगी रहनेछ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ। व्यापारमा आफ्नो अनुभव र पहिचानको उपयोग गर्न सकिनेछ। आर्थिक विषयमा दीर्घकालीन फाइदालाई ध्यान दिनुहोला। व्यक्तिगत सम्बन्धमा सकारात्मकता कायम रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज केही विषयमा अरूभन्दा अलग रहेर सोच्नुपर्ने अवस्था आउन सक्छ। कार्यक्षेत्रमा पर्दापछाडि भइरहेका कामलाई व्यवस्थित गर्ने अवसर मिल्नेछ। अनावश्यक विवाद र प्रतिस्पर्धाबाट टाढा रहनु राम्रो हुनेछ। व्यापारमा नयाँ लगानी गर्नुभन्दा पुरानो कारोबारको अवस्था बुझ्नुहोला। आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। परिवारमा आफ्नो व्यस्तताका कारण समय दिन नसकिएको अवस्था सुधार्ने प्रयास गर्नुहोला। मानसिक शान्तिका लागि केही समय एकान्तमा बिताउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज मित्रता, समूहगत काम र सामाजिक सम्पर्कबाट लाभ मिल्न सक्छ। लामो समयदेखि सोचिरहेको योजनालाई अघि बढाउन सहयोगी व्यक्ति भेटिन सक्छन्। कार्यक्षेत्रमा सामूहिक प्रयासले राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। व्यापारमा नयाँ साझेदार वा ग्राहकसँग सम्बन्ध स्थापित हुने सम्भावना छ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना खोज्न सकिनेछ। साथीभाइसँगको भेटघाटले नयाँ ऊर्जा दिनेछ। पारिवारिक तथा प्रेम सम्बन्धमा समय दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज काम र व्यक्तिगत प्रतिष्ठासँग सम्बन्धित विषयमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। वरिष्ठ व्यक्ति वा संस्थागत जिम्मेवारीसँग जोडिएका विषयमा सकारात्मक पहल गर्न सकिनेछ। व्यवसायमा दीर्घकालीन लक्ष्य बनाएर अघि बढ्नुहोला। आर्थिक पक्षमा आम्दानी बढाउने योजना सफल बनाउन थप मेहनत आवश्यक पर्नेछ। परिवारले तपाईंको निर्णयमा साथ दिन सक्छ। सामाजिक क्षेत्रमा सम्मान र विश्वास कायम राख्ने अवसर मिल्नेछ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहा‍डी भू-भागमा आंशिक बादल लाग्ने र  देशका बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त महानिरीक्षक केसीले आजै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गर्ने भएका छन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यस्तै निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको टिप्पणी गरेका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति शर्माले कुनै कारण स्पष्ट नगरी प्रहरी महानिरीक्षक हटाएकोप्रति टिप्पणी गर्दै सिंहदरबारमा रमिता चलिरहेको बताएका हुन् ।

उनले भने- ‘सरकारको प्रवक्ता के भन्नुहुन्छ, पार्टीको निर्देशनमा हटाइयो । एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ, हाम्रो निर्देशन गएको छैन । लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ ।’

उनले अहिले सार्बजनिक भएको भनिएको अडियोको विषय छानबिन गर्न माग गर्दै काँग्रेस आफु र आफ्नो नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको बताए ।

काँग्रेसले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दै आफुहरुले सरकारका गलतकामको प्रश्न गर्न नछोड्ने स्पष्ट गरेका छन् ।

उनले उपसभापति पुष्पा भुसालको समन्वयमा विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् । शर्माले सञ्चारमाध्यमहरुलाई प्रश्न गर्दै आफ्नै कार्यालय अगाडी राखेको गाडीको विषयमा प्रश्न गर्न छोडेको उल्लेख गर्दै प्रश्न गर्न नछोड्न आग्रह गरे ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन्  ।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए  । उनले भने- ‘आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला’

त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए  ।  एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।