२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो ।

रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई विश्व फुटबलकै चर्चित भिडन्तमध्ये एक मानिन्छ । दुवै टोलीका समर्थकले निकै चासोका साथ हेर्ने यस खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ ।

खेलको ४१औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाका राफिन्हाले ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ८७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिडले २–१ को जित पक्का गरेको थियो ।

यस जितसँगै रियल म्याड्रिडले जारी सिजनको लिगमा बार्सिलोनालाई पहिलो हार चखाएको छ । बार्सिलोना १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा कायम छ भने एट्लेटिको मड्रिड २६ अंकसहित दोस्रो र रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा रहेका छन् । रियलले यस जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी तीनमा झारेको छ    एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

 

 

आजको राशिफल बिस २०८३ कार्तिक ९ गते सोमबार ईस २०२६ अक्टोबर २६ नेपाल सम्बत ११४६ कौलाथ्व पुर्णिमा, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पक्ष पुर्णिमा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वज्र योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज काममा नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने वा महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आफ्नो क्षमता देखाउने अवसर मिले पनि अरूको सुझावलाई बेवास्ता नगर्नुहोला। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क बढ्न सक्छ, तर तत्काल लाभको आशामा जोखिम नलिनु उचित हुनेछ। आर्थिक कारोबारमा खर्चको सीमा निर्धारण गर्नुहोला। परिवारमा विचार नमिले पनि शान्त संवादबाट समाधान खोज्न सकिनेछ। प्रेम सम्बन्धमा समय दिन नसक्दा असन्तुष्टि बढ्न सक्ने भएकाले आत्मीय कुराकानीका लागि समय छुट्याउनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज व्यावहारिक सोच र धैर्यले कामलाई सही दिशामा अघि बढाउन मद्दत गर्नेछ। कार्यक्षेत्रमा अधुरा जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा पुराना ग्राहकसँगको सम्बन्धले फाइदा पुर्‍याउन सक्छ। आम्दानी र खर्चको हिसाब मिलाउँदा बचत बढाउने उपाय पहिचान हुनेछ। परिवारमा घरायसी योजना वा आवश्यकताबारे छलफल हुन सक्छ। दाम्पत्य जीवनमा एकअर्काको विचारलाई सम्मान गर्दा निकटता बढ्नेछ। थकान महसुस भए कामको गति मिलाएर पर्याप्त आराम लिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज संवाद, अध्ययन र नयाँ जानकारी प्राप्त गर्ने विषयमा रुचि बढ्नेछ। लेखन, सञ्चार तथा व्यापारिक छलफलमा संलग्न व्यक्तिका लागि उपयोगी अवसर आउन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्दा स्पष्ट तथ्य राख्नुहोला। आर्थिक कारोबारमा मौखिक सहमतिभन्दा लिखित विवरणलाई प्राथमिकता दिनु राम्रो हुनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरित गर्न सक्छ। प्रेम सम्बन्धमा मनमा रहेका कुरा लुकाउनुभन्दा स्पष्ट रूपमा राख्दा अन्योल कम हुनेछ। समय व्यवस्थापनमा ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज पारिवारिक वातावरण र व्यक्तिगत भावनाले निर्णयमा प्रभाव पार्न सक्छ। काममा चुनौती आए पनि शान्त भएर अघि बढ्दा समाधान भेटिनेछ। व्यापारमा आम्दानीको अवस्था बुझेर खर्चको योजना बनाउनुहोला। घरायसी आवश्यकता वा परिवारका सदस्यसँग सम्बन्धित काममा समय र रकम खर्च हुन सक्छ। नजिकका व्यक्तिसँग मनका कुरा साझा गर्दा भावनात्मक सहजता मिल्नेछ। प्रेम सम्बन्धमा साना कुरालाई लिएर निष्कर्ष निकाल्नुभन्दा अर्को पक्षको अवस्था बुझ्नु उचित हुनेछ। आफ्नो मानसिक शान्तिका लागि केही समय छुट्याउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आत्मविश्वास र नेतृत्व क्षमताको सदुपयोग गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउने वा जिम्मेवारी विस्तार हुने सम्भावना छ। सहकर्मीसँग सहकार्य गर्दा कामको परिणाम अझ राम्रो बन्न सक्छ। व्यापारमा प्रतिस्पर्धा भए पनि आफ्नो सेवा र व्यवहारमा ध्यान दिनुहोला। आर्थिक लाभको अपेक्षामा अनावश्यक खर्च नगर्नु उचित हुनेछ। परिवारमा आफ्नो निर्णय सुनाउँदा सबैको आवश्यकतालाई पनि विचार गर्नुहोला। प्रेम जीवनमा सम्मान र प्रशंसाले सम्बन्धमा न्यानोपन ल्याउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज विवरणमा ध्यान दिने र काम व्यवस्थित बनाउने क्षमताले फाइदा पुर्‍याउनेछ। कागजी प्रक्रिया, हिसाबकिताब वा पुराना योजनाको समीक्षा गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी थपिए पनि समयतालिका मिलाएर अघि बढ्दा सहज हुनेछ। व्यापारमा अनावश्यक खर्च घटाउने उपाय भेटिन सक्छ। आर्थिक कारोबारमा स्पष्ट अभिलेख राख्नुहोला। परिवारमा व्यावहारिक विषयमा तपाईंको सुझाव उपयोगी बन्न सक्छ। प्रेम सम्बन्धमा आलोचनाभन्दा सकारात्मक संवादलाई प्राथमिकता दिनुहोला। काम र विश्रामबीच सन्तुलन कायम राख्नु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सहकार्य र सामाजिक सम्बन्धबाट उपयोगी अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा साझेदार वा सहकर्मीसँग मिलेर अघि बढ्दा काममा सहजता आउनेछ। व्यापार विस्तारको योजना बनाइरहनुभएको छ भने लागत र बजारको अवस्था बुझ्नुहोला। आर्थिक निर्णयमा अरूको दबाबभन्दा आफ्नो आवश्यकता र क्षमतालाई प्राथमिकता दिनु उचित हुनेछ। परिवारमा फरक विचार आए पनि समझदारीबाट सहमति जुटाउन सकिनेछ। प्रेम सम्बन्धमा एकअर्काको समय र स्वतन्त्रताको सम्मान गर्दा विश्वास बलियो बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज एकाग्रता र दृढ इच्छाशक्तिले जटिल जिम्मेवारी पूरा गर्न मद्दत गर्नेछ। कार्यक्षेत्रमा अरूको व्यवहारबाट प्रभावित नभई आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोला। कुनै निर्णय लिनुअघि आवश्यक जानकारी जुटाउनु उचित हुनेछ। आर्थिक कारोबार वा लगानीमा जोखिमको पक्ष बेवास्ता नगर्नुहोला। परिवारमा पुरानो असमझदारी सुल्झाउने अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा शंका वा मौनता बढाउनुभन्दा खुलेर कुरा गर्नु राम्रो हुनेछ। बाहिरी काम गर्दा समय व्यवस्थापन र सुरक्षामा ध्यान दिनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज नयाँ अनुभव र ज्ञान हासिल गर्ने अवसर मिल्न सक्छ। अध्ययन, तालिम वा पेसागत सीप विकासका लागि योजना बनाउन सकिनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी स्वीकार गर्दा त्यसका लागि आवश्यक समय र स्रोतको मूल्याङ्कन गर्नुहोला। व्यापारमा विस्तारको सम्भावना देखिए पनि तयारीबिना ठूलो खर्च नगर्नु उचित हुनेछ। आर्थिक पक्षमा भविष्यका दायित्वलाई ध्यानमा राखेर बचत योजना बनाउनुहोला। परिवारसँग भविष्यका लक्ष्यबारे छलफल गर्दा उपयोगी सुझाव प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा साझा रुचिले आत्मीयता बढाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज जिम्मेवारी पूरा गर्न अनुशासन र निरन्तर प्रयास आवश्यक हुनेछ। कार्यक्षेत्रमा परिणाम आउन केही समय लागे पनि योजनाबद्ध ढङ्गले अघि बढ्दा प्रगति सम्भव छ। पुरानो हिसाबकिताब मिलाउने वा बाँकी दायित्व पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ खर्च थप्नुअघि उपलब्ध स्रोतको समीक्षा गर्नुहोला। परिवारको सहयोगले व्यस्तता व्यवस्थापन गर्न सहज हुनेछ। प्रेम सम्बन्धमा कामको चापले आत्मीयता कम हुन नदिन समय छुट्याउनुहोला। नियमित दिनचर्या र आराममा ध्यान दिनु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज फरक ढङ्गले सोच्ने र नयाँ उपाय खोज्ने क्षमता प्रभावकारी बन्न सक्छ। सिर्जनात्मक काम, सामूहिक योजना वा नयाँ सीपसँग सम्बन्धित विषयमा प्रगति हुने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्दा कार्यान्वयनको स्पष्ट योजना पनि बनाउनुहोला। आर्थिक लाभको प्रस्ताव आए त्यसको विश्वसनीयता जाँच्नु आवश्यक छ। परिवारमा व्यक्तिगत स्वतन्त्रता र साझा जिम्मेवारीबीच सन्तुलन राख्नुहोला। प्रेम सम्बन्धमा एकअर्काको विचार सुन्ने र बुझ्ने प्रयासले सम्बन्ध बलियो बनाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज संवेदनशीलता र कल्पनाशीलताले सम्बन्ध तथा सिर्जनात्मक काममा सहयोग पुर्‍याउन सक्छ। कार्यक्षेत्रमा नयाँ उपाय सोच्न सकिए पनि त्यसलाई व्यवहारमा उतार्न आवश्यक तयारी गर्नुहोला। आर्थिक विषयमा भावनामा आएर खर्च नगर्नु उचित हुनेछ। परिवारका सदस्यको आवश्यकतामा ध्यान दिँदा आत्मीयता बढ्नेछ। अरूलाई सहयोग गर्दा आफ्ना जिम्मेवारी पनि पूरा गर्नुपर्ने कुरा नबिर्सनुहोला। प्रेम सम्बन्धमा मनका कुरा स्पष्ट रूपमा व्यक्त गर्दा असमझदारी कम हुन सक्छ। मानसिक शान्तिका लागि आफूलाई मन पर्ने गतिविधिमा समय दिनुहोला ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा मनाइँदैछ । यो दिनसँगै नेपालीको महान् पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ ।

टिकाको दिनदेखि आज पुर्णिमासम्म आफन्त र मान्यजनसँग टीका लगाएर दशैं मनाउने गरिन्छ । धेरै जसोले भने दशमीको दिन मात्र टीका लगाउने गर्दछन् ।

कोजाग्रतको अर्थ जागा रहने भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात देवी लक्ष्मीले पृथ्वीमा भ्रमण गरी जागा रहेका भक्तजनलाई धन, सुख र समृद्धिको आशीर्वाद दिन्छिन् ।

दसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा, विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण तथा आशीर्वाद लिने परम्परा रहिआएको छ। कोजाग्रत पूर्णिमासँगै दसैँको टीका लगाउने क्रम पनि समाप्त हुने मान्यता छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र हाल देशका हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग तथा उपत्यका र खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लागेको जनाएको छ ।

त्यस्तै आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने तयारी गरिएको छ । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ ।

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । बडादशैंअन्तर्गत टीकाको चौथो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।

आश्विन शुक्लपक्ष चतुर्दशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ ।

त्यस्तै, दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बढिरहेको छ । घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन् ।  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दशैँको टीका लगाउन जादै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो ।

लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।