राैतहट, २ फागुन।
रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ।
मेयर शम्भु साहकाे हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुले पछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।
बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बाेर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गाैरका मेयर साहको हत्या गर्न चंचल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए।
रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको अनुसन्धान पछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालिएपछी अपराधी भारतको तामिलनाडुमा लुकेर बसेको एक अनुसन्धान पछि जानकारी आएको थियो।
रुपेश सरार्फ हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख ने.रु.मा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थिए।
रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेर पक्राउ गरेको थियो। संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ।
गौर नगरपालिकाकाे मेयर शम्भु साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेकाे छैन ।
प्रहरीले मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहमा को-को छन भने केही दिनमै भन्डाफोर हुने बताईएकाे छ।
यसबारे गाैरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए। न्युज कारखाना
फल्गुण।३।वृन्दावन,रौतहट ।
माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा बुधबार वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो पालिका भित्रका सम्पूर्ण विधालयहरुमा सरस्वती माताको पुजा स्थलमा पुगी सरस्वती पुजा गरेर वसन्त पञ्चमी मनाउनु भएको छ।

बुधबार नगर प्रमुख कुर्मीले आफ्नो पालिका अन्तरगतको विभिन्न विधालय तथा शैक्षिक संस्थामाहरुमा अनुगमन तथा दर्शन गर्दै उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए। र विद्यार्थीहरूले सरस्वती वन्दना गर्दै भगवतीसँग विद्या, बुद्धि र विवेक प्राप्तिको इच्छा राखेका थिए ।

शिक्षाकी अधिष्ठात्री देवी मानिने सरस्वतीलाई विशेषतः विद्यार्थी, कलाकार तथा सृजनाका क्षेत्रमा लागेका मानिसहरूले पुज्ने प्रचलन रहँदै आएकोछ भने सरस्वती पूजालाई श्रीपञ्चमी तथा वसन्त पञ्चमीको नामले पनि चिन्ने गरिन्छ ।

नगर प्रमुख कुर्मीले बिधार्थीहरुको हौषसलाका निम्ति नगर भित्रका हरेक बिधालयहरुमा आयोजित सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको लागि मा.वि.तहका बिधालयलाई,२५ हजार, नि.मा.वि. लाई १५ हजार र प्रा.वि.तहका बिधालयलाई १० हजार गरि सरस्वती पुजामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको छ।

बुधबार निरक्षण तथा अनुगमन गर्ने क्रममा नगर प्रमुख कुर्मी लागायत सो पालिकाका प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल,शिक्षा संयोजक उपेन्द्र महतो र नगरपालिकाका ईन्जिनियर दिलीप यादवको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

राैतहट,फाल्गुन ३।
वृन्दावन नगरपालिका वडा नम्बर -५ नगरकटियामा रहेको श्री राम जानकी आधारभुत विद्यालयमा चार कोठे विद्यालय भवनको निर्माण को लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
बुधबार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सरस्वती पुजा तथा वसन्तपन्चमीको अवसर पारी एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन्।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार र नगर स्तरीय योजनाको २२ लाख ५० हजार गरि जम्मा ४५ लाखको लागतमा बन्ने सो भवनमा ब्रान्डा सहित ४ ओटा कोठाको निर्माण हुने भएको छ।
शिलान्यास पश्चात् नगरप्रमुख कुर्मीले,मानव जीवन जिउन र नगर र देश लाई समृद्ध बनाउनको लागि शिक्षा अपरिहार्य रहेकोले आफू शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढीरहेको बताए।
सोही कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मी, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार रकमले दुईवटा कोठा मात्रै पुगिरहेको तर सो विधालयमा चार ओटा कोठाको खाँचो रहेको कारणले गर्दा वडा अध्यक्ष फेकु दास लगायत समस्त बिधालय परिवार र स्थानीय जनताको आग्रहले आफुले आफ्नो नगर स्तरीय योजना बाट २२ लाख ५० हजार दिएर सो कार्य सम्पन्न गर्ने उदेश्यले सो शिलान्यास सम्पन्न गरेको बताउनुभयो ।
नगर प्रमुखको सो सराहनीय कार्यले त्यहाँका स्थानीय अत्यन्तै अर्षित भएका छन् भने सो बिधालयमा अध्यनरत बिधार्थीहरु अब नयाँ भवनमा अध्यन गर्न पाउने भएकोले खुशी व्यक्त गरेका छन्।
उक्त भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मी लागायत सो वडाका वडा अध्यक्ष फेकु दास र प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगर पालिकाका ईन्जिनियर दिलीप यादव,कमलेश कुश्वाहाको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवी र स्थानीयहरुको सहभागीता समेत रहेको थियोे।
रौतहट १ फागुन।
रौतहटको मौलापुर नगरपालिकामा “फ्री बिजुली र फ्री पानी” कार्यक्रम जनता माझ लोकप्रिय बनेको छ। सोही कार्यक्रम अन्तर्गत नगरपालिका द्वारा मंगलबार विद्युत् महसुलबापत लाखौं बराबरको चेक हस्तन्तरण गरिएको छ।
सम्पूर्ण नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको महशुल बापतको ३१ लाख रुपैयाँको चेक मेयर रिना कुमारी साहले नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखालाई हस्तान्तण गरेकी हुन्। यस आर्थिक बर्षमा खर्च भएको बिद्युतको हालसम्मको महशुल मध्ये बक्यौता रकम ३१ लाख रुपैयाँको चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रसासकिय अधिकृत रामबाबू साहले बताएका छन्।
मौलापुर नगरपालिकाको मेयर पदमा दोस्रो पटक निर्वाचित रिना कुमारी साहको सक्रियतामा सञ्चालित उक्त कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको स्थानीयहरूले बताएका छन।मेयर साहकै सक्रियतामा नगरक्षेत्रमा निःशुल्क बिजुली पानीसँगै मालपोत शुल्क पनि नलाग्ने फ्री गरिएको छ।
त्यसैगरी समय समयमा किसानलाई बिभिन्न बालीको उन्नत बीउ समेत नगरपालिकाले निःशुल्क वितरण गर्दै आएको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी धर्मपत्नी रिना कुमारी साह मौलापुरमा दोस्रो पटक मेयर बनेकी हुन। पहिलो पटक २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र दोस्रो पटक गत निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयर पदमा विजयी भएकी थिइन्। न्युज कारखाना
बारा, १ फागुन-
उखुबारीमा जलेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरी रहेका छन्।
आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युज कारखाना
सिरहा, १ फागुन।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु सशकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आज पत्रकार सम्मेलन गरी माग गरेको हो।

मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउन माग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ।’

शंकाकै बिच पनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई शंकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफैँ पनि घाइते हुनु भएको छ। दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौं।’

मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०/४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन्।

गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ। उनले वडा कार्यालयका सबै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए।

पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमु, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे।न्युज कारखाना

वीरगंज, १ फागुन ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहविरुद्ध अर्को जाहेरी दर्खास्त दर्ता भएको छ।
किर्तेगरि बनाइएको नागरिकता छानविन भइरहेकै बेला मेयर सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजातसमेत किर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो।
वीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलिले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुविना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेस गरेको कागजातसमेत फर्जी रहेको प्रमाणसहित जाहेरी दर्ता गरेका हुन्।
रिता भट्टराईकी छोरी रुविनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताएका छन्।
१२, ८२७ दर्ता नम्बर रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता तथा आश्वासन व्यक्त गरेको छ।न्युज कारखाना
बारा, १ फागुन ।
बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित निजगढका दुई जनालाई सोमबार कलैयाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन्।

वीरगञ्जबाट निजगढतर्फ आउँदै गरेको अवस्थामा उनीहरू सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो।
सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा लागूऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ परेका बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले बताए।
उनीहरूको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता (६५० पिस) बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ। न्युज कारखाना
रौतहट २९ माघ।
बारा स्थित जंगली हातिको आक्रमण बाट एकजना अधबैँसे पुरुषको मृत्यु भएको छ।
जंगली हातिको आक्रमण बाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ बर्षको पारस खा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
आईतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बिचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।
मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको ईलाका प्रहरी कार्यलय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारीले बताएका छन।
पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जंगली हातिले बस्तीमा पटकपटक उत्पात मच्याउँदै आएको छ।
रौतटह, २९ माघ ।
गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् ।
सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडा अध्यक्ष थारू, फिल्डमा खटिएका सरकारी कर्मचारी र भूमाफियाको सहभागिता देखिएको हो ।
फिल्डबुकमा दर्ता भइसकेको र पटक पटक सर्वाेच्च अदालतले गरेको निर्णयविपरीत वडा अध्यक्ष थारूले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुनः दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए ।
विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वाेच्च अदालतको निर्णय र प्रचलित कानुनविपरीत दर्ताका लागि वडा अध्यक्ष थारूले सिफारिस दिन थालेको योन्जनले बताए । गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडा अध्यक्ष थारूले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् ।
२०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र २०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वाेच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णयविपरीत वडा अध्यक्ष थारूले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ ।
राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वाेच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भूमाफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’
उक्त जग्गाका विषयमा जानकार रहेका वडा अध्यक्ष थारूले कानुनविपरीत सिफारिस दिनु नै सर्वाेच्च अदालतलाई समेत नटरेको देखिन्छ ।
वडा अध्यक्ष थारूको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए । जग्गाको अवस्थाबारे जानकारी भए पनि वडा अध्यक्ष थारूसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ ।