काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेको थियो ।
मुलुकगत आधारमा भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट हुने आयात २१.५ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.१ प्रतिशत रहेको थियो ।
११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, ३० प्रतिशत र ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६७.३ प्रतिशत, ३१.७ प्रतिशत र १ प्रतिशत रहेको थियो ।
त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ३८.८ प्रतिशत, ५१.८ प्रतिशत र ९.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९ प्रतिशत रहेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकांक २१ प्रतिशतले बढेको छ ।
त्यस्तै, २०८३ जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले घटेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ असार ३० गते मंगलबार ईस २०२६ जुलाई १४ नेपाल सम्बत ११४६ तछलागा आमै, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण औंसी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, व्याघात योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन उत्साह, आत्मबल र नयाँ सोचका साथ अगाडि बढ्ने अवसर मिल्नेछ। बिहानदेखि नै अधुरा काम पूरा गर्ने इच्छा जाग्नेछ र त्यसका लागि आवश्यक सहयोग पनि प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता, निर्णय क्षमता र नेतृत्वदायी भूमिकाको प्रशंसा हुनेछ। नयाँ योजना सुरु गर्ने वा पुरानो योजनालाई विस्तार गर्ने अनुकूल समय रहनेछ। आर्थिक रूपमा आम्दानीका नयाँ सम्भावना देखिनेछन्, तर अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा सुख, शान्ति र सहयोगको वातावरण रहनेछ। प्रियजनसँगको आत्मीय संवादले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर अत्यधिक कामका कारण थकान हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुपर्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य र व्यवहारिक सोचले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। कार्यक्षेत्रमा पुराना प्रयासको सकारात्मक परिणाम प्राप्त हुन सक्छ। सहकर्मी र वरिष्ठ व्यक्तिसँगको सम्बन्ध अझ सुदृढ बन्नेछ। व्यापार–व्यवसायमा सामान्यभन्दा राम्रो लाभ मिल्ने सम्भावना छ। आर्थिक अवस्था सन्तुलित रहनेछ र भविष्यका लागि बचत गर्ने सोच बलियो बन्नेछ। परिवारका सदस्यहरूसँग समय बिताउने अवसर मिल्नेछ, जसले सम्बन्ध अझ आत्मीय बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सन्तुलन कायम रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाईंको सिर्जनशील क्षमता, बोल्ने शैली र चतुर निर्णयले नयाँ अवसर दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुने सम्भावना छ। साथीभाइ र सहकर्मीको सहयोगले कठिन काम पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्दै जानेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज घरपरिवारसँग सम्बन्धित विषयले विशेष खुसी प्रदान गर्न सक्छ। परिवारका सदस्यहरूको सहयोग र विश्वासले मनोबल बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारीबोध, इमानदारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू क्रमशः पूरा हुने सम्भावना छ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ। भविष्यका योजना बनाउन वा महत्त्वपूर्ण निर्णय लिन अनुकूल समय रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति महसुस हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आफ्नो नेतृत्व क्षमता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा अवसरले भविष्यमा राम्रो प्रगतिको आधार तयार गर्नेछ। आर्थिक रूपमा लाभका सम्भावना देखिए पनि सोचविचार गरेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ। परिवारको साथ र प्रोत्साहनले आत्मविश्वास थप मजबुत बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र ऊर्जा भरिपूर्ण महसुस हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा राम्रो सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले उत्कृष्ट परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्चमा सावधानी अपनाउनु उचित हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ अनुभवले भविष्यमा राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले थप स्फूर्ति दिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुने वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन् र घरमा सुखद वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभदायक अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि उल्लेखनीय रूपमा बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच, ऊर्जा र आत्मविश्वासले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। दीर्घकालीन योजना बनाउन र भविष्यका लक्ष्य तय गर्न दिन अत्यन्त उपयुक्त रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सहज रूपमा सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम लिनु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ लैजान सक्छ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यमा उपयोगी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा अपेक्षाभन्दा ढिलाइ भए पनि अन्तिम परिणाम सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ, जसले मनमा नयाँ उत्साह र भविष्यप्रतिको आशा बढाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर वृद्धि हुँदै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी
अन्नपूर्ण पोष्ट दैनिकका रौतहट संवाददाता प्रिमेश शिवाकोटीको निधन भएको छ । नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष समेत रहेका चन्द्रपुर नगरपालिका-७ निवासी ३६ वर्षीय सञ्चारकर्मी शिवाकोटीको उपचारको क्रममा सोमबार बिहान निधन भएको हो।
विगत केही समयदेखि मृगौलाको समस्याबाट ग्रसित शिवाकोटीको चितवन नेशनल मेडिकल कलेजमा भइरहेको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको हो। उनको परिवारमा श्रीमति र एक छोरी छन् । अन्नपूर्ण
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ ।
हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ असार २९ गते सोमबार ईस २०२६ जुलाई १३ नेपाल सम्बत ११४६ तछलागा चतुर्दशी. रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण चतुर्दशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, ध्रुब योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज आदिकवि भानुभक्तको जन्मजयन्ती परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन आत्मविश्वास र दृढ इच्छाशक्तिका साथ अघि बढ्ने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका काममा सकारात्मक प्रगति हुने संकेत देखिएको छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, नेतृत्व क्षमता र निर्णय गर्ने शैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा प्रगतिको नयाँ ढोका खोल्नेछ। व्यापार–व्यवसायमा लाभको सम्भावना रहनेछ। आर्थिक पक्षमा आम्दानी बढ्ने संकेत देखिए पनि अनावश्यक खर्च नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। परिवारमा खुसी, मेलमिलाप र आत्मीयता कायम रहनेछ। प्रियजनसँगको साथले मन प्रसन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त आराम र नियमित खानपानमा ध्यान दिनु आवश्यक हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्षेत्रमा विगतको मेहनतको सकारात्मक परिणाम देखिन थाल्नेछ। सहकर्मी र वरिष्ठ व्यक्तिसँगको सम्बन्ध सुदृढ बन्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत गर्ने योजना सफल बन्नेछ। व्यापारमा साना लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुन सक्छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। आफन्तसँगको भेटघाट वा शुभ समाचारले मनमा नयाँ उत्साह थप्नेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सन्तुलन कायम रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशील सोच, प्रभावकारी संवाद शैली र आत्मविश्वासका कारण नयाँ अवसर प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ योजना सफल बन्न सक्छ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले चुनौतीपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा क्रमिक सुधार आउनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज परिवारसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ। घरमा खुसी, सहयोग र समझदारीको वातावरण कायम रहनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक रूपमा सामान्य सुधार आउनेछ। भविष्यका योजना बनाउन वा नयाँ निर्णय लिन दिन अनुकूल रहनेछ। कुनै शुभ समाचारले मनलाई थप उत्साहित बनाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्ट महसुस हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आफ्नो नेतृत्व क्षमता र प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा अवसरले भविष्यमा राम्रो प्रगतिको आधार तयार गर्नेछ। आर्थिक रूपमा लाभका अवसर प्राप्त भए पनि सोचविचार गरेर लगानी गर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने काममा उल्लेखनीय सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुशासन र निरन्तर प्रयासले राम्रो प्रतिफल दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ अनुभवले भविष्यमा राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित दिनचर्याले स्फूर्ति कायम राख्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुने, व्यापारमा लाभ बढ्ने वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। व्यवसाय विस्तार गर्ने योजना सफल बन्न सक्छ। परिवारसँग खुसीका क्षण बित्नेछन् र घरमा सुखद वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभदायक अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा सबै पक्षको राम्रोसँग मूल्याङ्कन गर्नु उचित हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप मजबुत बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक ऊर्जा पनि उच्च रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले धेरै अवसरहरू तपाईंको पक्षमा ल्याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्याङ्कन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। दीर्घकालीन योजना बनाउन र नयाँ लक्ष्य तय गर्न दिन निकै उपयुक्त रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले विश्रामका लागि पर्याप्त समय छुट्याउनु उचित हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले मनमा सन्तुष्टि र आत्मविश्वास बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई सफलताको नयाँ उचाइतर्फ लैजान सक्छ। कार्यक्षेत्रमा रोकिएका कामले गति लिनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि उपयोगी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर कुनै शुभ समाचार प्राप्त हुन सक्छ, जसले मनमा नयाँ आशा र उत्साह थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर मजबुत बन्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । मनोद्दीपक औषधि ट्रामाडोल ७२ हजार ९०० क्याप्सुलसहित लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ महानगरपालिका–६ कुमारीगालबाट दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी तथा विशेष अभियान सञ्चालन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरू औषधिजन्य मनोद्दीपक पदार्थको अवैध कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–६ घर भएका २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल ७२ हजार ९०० क्याप्सुल, बा.५७ प २४२४ नम्बरको एउटा स्कुटर र एक थान मोबाइल बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । अभियन्ता एएवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याएको छ ।
झापाबाट आइतबार काठमाडौँ आएका प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको हो ।
निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि नियन्त्रणमा लिएर भक्तपुरस्थित घर पुर्याएको प्रहरीले जानकारी इद्येको छ ।
प्रसाईले गणेश नेपालीको मृत्यु प्रकरण लगाएका विषयमा आफ्ना समर्थकहरु र मिडियालाई विमानस्थलमै सम्बोधन गर्ने तयारी गरेका थिए । त्यसका लागि विमानस्थलमा ठुलो संख्यामा उनका समर्थक र मिडियाकर्मी विमानस्थलमा उपस्थित थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा परिवार र पिडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
सरकारको तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा परिवारका तर्फबाट मृतक नेपालीकी पत्नीसहितबीच सहमति भएको हो ।
सहमतिका बुँदाहरू:
१- यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ।
२- स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ ।
३- घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानविन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने ।
४- काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।
५- काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ ।
६- मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइनेछ ।
७- पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ ।
८- मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौंमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।
९- पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य विमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मलाइनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् ।
उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म नागरिकता नबनेको र विवाह दर्ता पनि नभएको पाइएपछि विशेष अवस्था भएको भन्दै काठमाडौँबाट एकमायालाई नागरिकता दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् । साथै उनको विवाह दर्ता पनि गरिएको पौडेलले बताएका छन् । अब उनको राष्ट्रिय परिचय पत्र पनि बनाइदिने उनले बताए ।
राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।
परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्न सहमत भएको छ ।एभरेष्ट न्यूज एजेन्सी