२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुद  मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाएको हो ।

यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगले जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट घुस रकम ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल समेत बरामद गरेको जनाएको छ ।

उनीहरूलाई साउन ८ गते नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बुद्ध एयरले नेपालकै पहिलो एटीआर ७२-६०० विमान थपेको छ । कम्पनीले यो विमानलाई आधुनिक प्रविधि, उच्च सुरक्षा, इन्धनको किफायती प्रयोग तथा यात्रुका लागि थप आरामदायी यात्राको अनुभव दिने नयाँ पुस्ताको विमानका रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ९एन-एओएस दर्ता नम्बर रहेको यो विमान अत्याधुनिक उडान प्रणालीसँग सुसज्जित छ । यसमा रहेको आधुनिक उडान उपकरण र आरएनपी-एआर प्रविधिले उडान सञ्चालनलाई अझ भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

बुद्ध एयरले यो विमानको आगमनसँगै नेपालभर सुरक्षित, भरपर्दो र आधुनिक हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।

कम्पनीले नयाँ विमान थपिनु नेपाली हवाई सेवाको विकासमा अर्को महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यात्रुहरूको विश्वास र साथप्रति आभार व्यक्त गरेको छ ।

यो विमान फ्रान्सको एयरबस र इटालीको लियोनार्दो कम्पनीको संयुक्त साझेदारीमा रहेको एटीआर कम्पनीले निर्माण गरेको हो । यो विमानमा एकपटकमा ७० देखि ७८ जना यात्रुसम्म यात्रा गर्न सक्ने क्षमता रहेको छ । विमानमा दुईवटा प्राट एन्ड ह्विट्नी पीडब्लु १२७ एम टर्बोप्रप इन्जिन जडान गरिएका छन्, जसमा छ पात भएको प्रोपेलर प्रयोग गरिएको छ। यसले इन्धनको खपत कम गर्दै प्रभावकारी उडान सञ्चालनमा सहयोग पुर्‍याउँछ ।

एटीआर ७२–६०० ले करिब १ हजार ५२८ किलोमिटरसम्म उडान भर्न सक्छ । यसको औसत उडान गति करिब २७५ नटिकल नट (झण्डै ५१० किलोमिटर प्रतिघण्टा) रहेको छ ।

यो विमानको अर्को विशेषता यसको माथिल्लो भागमा रहेको पखेटाको बनावट हो, जसले दुर्गम तथा क्षेत्रीय विमानस्थलमा सञ्चालनलाई सहज बनाउँछ । साथै, धेरैजसो एटीआर ७२–६०० विमानमा यात्रु चढ्न र ओर्लिनका लागि विमानमै जोडिएको भर्‍याङ हुने भएकाले छुट्टै भर्‍याङको आवश्यकता पर्दैन र यात्रु चढाउने तथा ओर्लाउने प्रक्रिया छिटो सम्पन्न हुन्छ ।

आधुनिक प्रविधि, इन्धनको किफायती प्रयोग, उच्च सुरक्षा मापदण्ड र क्षेत्रीय विमानस्थलमा सहज सञ्चालनका कारण एटीआर ७२–६०० अहिले विश्वका लोकप्रिय क्षेत्रीय यात्रुवाहक विमानमध्ये एक मानिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए ।

मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ ।

यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।

४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ नयाँदिल्लीको जन्तर-मन्तरमा आन्दोलनरत विद्यार्थी र प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । उनीहरूले ‘विद्यार्थी एकता जिन्दावाद’ का नारा लगाउँदै राष्ट्रिय गान गाएका थिए । साथै, नीट प्रश्नपत्र चुहावट प्रकरणपछि ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो ।

यसैबीच, भारत सरकार र आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टीबीच वार्ता सुरु भएको छ । वार्तामा केन्द्र सरकारका तर्फबाट मन्त्री जेपी नड्डा, जितेन्द्र सिंह, सौरभ दास र आशुतोष रांका सहभागी भएका छन् ।

ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले मन्त्रीको राजीनामा आन्दोलनको पहिलो सफलता भएको बताए । उनले अब पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति, प्रदर्शनका क्रममा बल प्रयोग गर्ने प्रहरीमाथि कारबाही तथा आन्दोलनकारी विद्यार्थीमाथिका सबै मुद्दा फिर्ता लिनुपर्ने माग राखे यथावत रहेको बताएका छन् ।

दीपकेले लोकतान्त्रिक आन्दोलनबाट सरकारलाई झुकाउन सफल भएको दाबी गर्दै आन्दोलनले थप सुधार र न्यायको सुनिश्चितता नभएसम्म संघर्ष जारी रहने बताए ।

धर्मेन्द्र प्रधान सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार गठन भएयता जनदबाबका कारण राजीनामा दिन बाध्य हुने पहिलो केन्द्रीय मन्त्री बनेका छन् । यसअघि सन् २०१८ मा विदेश राज्यमन्त्री एम.जे. अकबरले यौन दुर्व्यवहारसम्बन्धी आरोपपछि पद छाडेका थिए ।

यसैबीच, भारतीय सञ्चारमाध्यमका अनुसार २९ वर्षअघि ओडिशामा भएको प्रश्नपत्र चुहावट प्रकरणविरुद्ध धर्मेन्द्र प्रधान स्वयं पनि आन्दोलनमा सहभागी भएका थिए । सन् १९९७ मा भएको उक्त प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा उनी गम्भीर घाइते भएका थिए र शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै हड्डीसमेत भाँचिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

 आरके श्रीवास्तव,  रौतहट, साउन ८ गते —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कटहरिया नगर कार्यसमितिले रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी फ्यालिएको घटनाको घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा नगर उपसभापति सिला कुमारी साहले उक्त घटना अलोकतान्त्रिक, अमानवीय तथा आपराधिक भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनमाथिको गम्भीर प्रहार भएको बताएकी छन्।

विज्ञप्तिमा जनताको मतबाट निर्वाचित भई संसदमा जनताका समस्या तथा सुशासनका पक्षमा आवाज उठाइरहेका सांसदमाथि गरिएको यस्तो दुर्व्यवहार कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। असहमति वा फरक विचार व्यक्त गर्न लोकतान्त्रिक र कानुनी माध्यम उपलब्ध हुँदाहुँदै यस्ता अराजक गतिविधि गर्नु विकृत मानसिकताको उपज भएको रास्वपाको ठहर छ।

रास्वपा कटहरिया नगर कार्यसमितिले घटनामा संलग्न व्यक्ति वा समूहको तत्काल पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन, नेपाल प्रहरी तथा गृह प्रशासनसँग माग गरेको छ। साथै, जनप्रतिनिधिहरूले शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

नगर उपसभापति सिला कुमारी साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कृतिको संरक्षण, कानुनी शासनको सम्मान तथा राजनीतिक असहमतिलाई सभ्य र शान्तिपूर्ण ढंगबाट अभिव्यक्त गर्न सबै पक्षलाई आग्रह गरिएको छ।
[9:05 am, 25/07/2026] आरके श्रीवास्तव अध्यक्ष-लाेकतान्त्रिक पत्रकार संघ राैतहट: डिभिजनल वन अधिकृत मनोज ठाकुरको अग्रसरतामा वन अतिक्रमण हटाइयो, २ बिघा क्षेत्रमा पुनः वृक्षारोपण
आरके श्रीवास्तव,राैतहट,०८ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–३, बलुवा स्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी करिब एक महिनाअघि खनजोत गरेर धान रोपिएको क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्व र अग्रसरतामा संयुक्त टोलीले अतिक्रमण हटाई पुनः वृक्षारोपण गरेको छ ।

वन क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै डिभिजनल वन अधिकृत ठाकुरको पहलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखसँग आवश्यक समन्वय गरी मिति २०८३ साउन ८ गते वन कर्मचारी, जङ्गलसहिया तथा सशस्त्र प्रहरीका विभिन्न बेसहरूको संयुक्त टोली परिचालन गरिएको थियो ।

संयुक्त टोलीले अनुमानित २ बिघा वन क्षेत्र अतिक्रमण गरी रोपिएको धान हटाई उक्त क्षेत्रमा टिक (सागवान) जातका बिरुवा रोपण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजनल वन अधिकृत मनोज ठाकुरले वन अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै वन क्षेत्रको संरक्षणका लागि कानुनअनुसार कडा रूपमा अघि बढिने बताए । उनले सामुदायिक वनको संरक्षण सरकार, सुरक्षा निकाय र स्थानीय समुदायको साझा दायित्व भएकाले वन अतिक्रमण गर्ने कार्यविरुद्ध निरन्तर अभियान सञ्चालन गरिने उल्लेख गरे ।

डिभिजन वन कार्यालयका अनुसार यसअघि पनि उक्त अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको थियो। तर पुनः वन क्षेत्र जोतेर खेती गरिएको पाइएपछि तत्काल संयुक्त टोली परिचालन गरी अतिक्रमण हटाइएको हो ।

वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन डिभिजनल वन अधिकृत ठाकुरले सुरक्षा निकाय र स्थानीय सरोकारवालासँगको समन्वयलाई अझ सुदृढ बनाउने तथा अतिक्रमित वन क्षेत्रको पुनःस्थापना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,०८ गते साउन ।

रौतहट जिल्लाको गुजरा नगरपालिका–३, बलुवा स्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी करिब एक महिनाअघि खनजोत गरेर धान रोपिएको क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्व र अग्रसरतामा संयुक्त टोलीले अतिक्रमण हटाई पुनः वृक्षारोपण गरेको छ ।

वन क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै डिभिजनल वन अधिकृत ठाकुरको पहलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखसँग आवश्यक समन्वय गरी मिति २०८३ साउन ८ गते वन कर्मचारी, जङ्गलसहिया तथा सशस्त्र प्रहरीका विभिन्न बेसहरूको संयुक्त टोली परिचालन गरिएको थियो ।

संयुक्त टोलीले अनुमानित २ बिघा वन क्षेत्र अतिक्रमण गरी रोपिएको धान हटाई उक्त क्षेत्रमा टिक (सागवान) जातका बिरुवा रोपण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजनल वन अधिकृत मनोज ठाकुरले वन अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै वन क्षेत्रको संरक्षणका लागि कानुनअनुसार कडा रूपमा अघि बढिने बताए । उनले सामुदायिक वनको संरक्षण सरकार, सुरक्षा निकाय र स्थानीय समुदायको साझा दायित्व भएकाले वन अतिक्रमण गर्ने कार्यविरुद्ध निरन्तर अभियान सञ्चालन गरिने उल्लेख गरे ।

डिभिजन वन कार्यालयका अनुसार यसअघि पनि उक्त अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको थियो। तर पुनः वन क्षेत्र जोतेर खेती गरिएको पाइएपछि तत्काल संयुक्त टोली परिचालन गरी अतिक्रमण हटाइएको हो ।

वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन डिभिजनल वन अधिकृत ठाकुरले सुरक्षा निकाय र स्थानीय सरोकारवालासँगको समन्वयलाई अझ सुदृढ बनाउने तथा अतिक्रमित वन क्षेत्रको पुनःस्थापना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहट, साउन ०९ गते । रौतहट जिल्ला अदालत बार एसोसिएसन, गौरको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन भइरहेको छ। ६६ जना मतदाता रहेको उक्त संस्थामा ९ सदस्यीय कार्यसमितिका पदाधिकारी चयन गर्न १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचनमा अध्यक्ष पदका लागि अधिवक्ता लालबाबु राय यादव र अधिवक्ता हेमचन्द्र लाल कर्ण नेतृत्वका दुई समूहबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। दुवै पक्षले आफ्नो समूहको जित सुनिश्चित गर्न मतदातासँग अन्तिम चरणको भेटघाट र समन्वयलाई तीव्र बनाएका छन्।

कानुन व्यवसायीहरूको साझा संस्था बार एसोसिएसनको नयाँ नेतृत्वले संस्थागत विकास, पेशागत हकहितको संरक्षण तथा न्यायिक क्षेत्रको प्रभावकारी समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। निर्वाचन शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास गरिएको छ।

निर्वाचनबाट विजयी हुने सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, संस्थाको गरिमा अभिवृद्धि, कानुन व्यवसायीहरूको हकहित संरक्षण तथा न्यायिक सेवाको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउन सफल रहून् भन्ने कामना गरिएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जनाएको छ ।

हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

हाल दिउँसो देशको हिमाली र पहाडी भूभागमा  साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।  देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा  कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशको तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन ९ गते शनिबार ईस २०२६ जुलाई २५ नेपाल सम्बत ११४६ दिल्लाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा बजे हुनेछ ।

आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपेर मनाईदै छ भने आज विश्व आईभीएफ दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ सम्भावनाको ढोका खोल्ने दिनका रूपमा देखिएको छ। बिहानदेखि नै मनमा नयाँ उत्साह जाग्नेछ र विगतदेखि अधुरा रहेका काम पूरा गर्ने प्रेरणा मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, समयको सही व्यवस्थापन र निर्णय क्षमताको प्रशंसा हुनेछ। जिम्मेवारी बढे पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक वा साझेदारसँग सहकार्यको अवसर प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि देखिन्छ। परिवारमा हाँसो, खुसी र आपसी विश्वासको वातावरण रहनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरणा दिनेछ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायाम र पर्याप्त विश्रामले थप स्फूर्ति प्रदान गर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र विवेकले तपाईंलाई सही दिशामा अघि बढाउनेछ। कार्यक्षेत्रमा पुराना अनुभव उपयोगी सावित हुनेछन् र वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। सहकर्मीहरूसँगको समन्वय उत्कृष्ट रहनेछ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ र नयाँ सम्झौताले भविष्यका लागि राम्रो आधार तयार गर्न सक्छ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। खर्चमा नियन्त्रण गर्न सके बचत बढ्ने सम्भावना छ। परिवारका सदस्यहरूसँग आत्मीय सम्बन्ध अझ बलियो बन्नेछ। प्रियजनसँगको संवादले मनलाई शान्ति दिनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको चतुर व्यवहार, सिर्जनशील सोच र प्रभावकारी अभिव्यक्तिले धेरैको ध्यान आकर्षित गर्नेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा विशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि मिल्नेछ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम पनि सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँग बिताएको समयले मनमा विशेष आनन्द ल्याउनेछ। घरमा सुखद वातावरण रहनेछ र परिवारका सदस्यहरूको सहयोगले आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारीबोध, इमानदारी र लगनशीलताको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुनेछन् र नयाँ योजना अघि बढाउन अनुकूल समय रहनेछ। आर्थिक अवस्थामा सामान्य सुधार आउने संकेत देखिन्छ। घरपरिवारसँग सम्बन्धित कुनै शुभ कार्यको चर्चा हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति तथा सन्तुलन कायम रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास, साहस र नेतृत्व क्षमताले तपाईंलाई उल्लेखनीय सफलता दिलाउनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुने सम्भावना छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुने संकेत देखिन्छ। आर्थिक अवस्था बलियो बन्दै जानेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल उच्च रहनेछ। नयाँ चिनजान भविष्यमा लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा दिनभर स्फूर्ति कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान प्राप्त गर्ने कार्यमा राम्रो सफलता हासिल हुनेछ। कार्यक्षेत्रमा अनुशासन, लगनशीलता र निरन्तर प्रयासका कारण उत्कृष्ट परिणाम प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। खर्च गर्दा आवश्यकताअनुसार योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। परिवारमा आपसी समझदारी बढ्नेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ सीपले भविष्यमा प्रगतिको ढोका खोल्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले शरीरलाई स्फूर्त बनाइराख्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले तपाईंलाई राम्रो उपलब्धि दिलाउनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना पनि छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्न सक्छ। व्यापार–व्यवसायमा लाभ हुने संकेत देखिन्छ। आर्थिक रूपमा सुधार आउने सम्भावना छ। परिवारमा विश्वास, प्रेम र आत्मीयता बढ्नेछ। प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि आत्मविश्वास तथा ऊर्जा बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र उत्साहले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न तथा भविष्यका लक्ष्य निर्धारण गर्न दिन अत्यन्त शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी केही बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। घरमा सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास र सन्तुष्टि दुवै बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन्। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। परिवारमा प्रेम, मेलमिलाप र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ, जसले भविष्यमा लाभ पुर्‍याउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह तथा स्फूर्ति कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले तपाईंलाई राम्रो उपलब्धितर्फ अघि बढाउनेछ। सुरुवातमा केही काममा ढिलाइ भए पनि अन्ततः सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव, सीप र मेहनतको उचित उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु उपयुक्त हुनेछ। बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति, सन्तुलन तथा सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।