२०८३ मंसिर १२
२०८३ मंसिर १२

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

काठमाडौँ । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ए र श्रीलंका एबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तान एले बंगलादेश एलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । बंगलादेश एले दिएको २३३ रनको लक्ष्य पाकिस्तानले ४५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा हसन नवाजले ६२ र शाहजेब खानले ५० रन बनाए । त्यसअघि बंगलादेशले शाहदत हुसेनको अविजित १०३ रनको मद्दतमा २३२ रन बनाएको थियो ।

यसअघि पहिलो सेमिफाइनलमा भारत एलाई पराजित गर्दै श्रीलंका ए फाइनलमा पुगेको थियो । अब दुवै टोलीबीच उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुने भएको छ । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।