२०८२ फाल्गुन २८
२०८२ फाल्गुन २८

फतुवा बिजयपुरमा म्याद थपका लागि तालाबन्दी, का.वा. मेयर खातुनको नियमअनुसार गर्न निर्देशन

बज्जिकाञ्चल संवाददाता,राैतहट,२६ गते कार्तिक । राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरूले म्याद थपमा ढिलाइ भएको भन्दै आजदेखि वडा कार्यालयदेखि नगर कार्यपालिकाको कार्यालयसम्म तालाबन्दी गर्दै आन्दोलन थालेका छन् ।

करार कर्मचारीहरूले आफ्नो सेवा अवधि (म्याद) थपको माग गर्दै अनिश्चितकालीन बन्द हडताल (धर्ना) सुरु गरेका छन् ।

नगरपालिकाको कार्यालय परिसरमै गरिएको यो धर्ना कार्यक्रम करार कर्मचारी संघर्ष समिति, फतुवा बिजयपुर नगरपालिका, लक्ष्मीनियाँ (दो.) रौतहट द्वारा आयोजना गरिएको हो ।

संघर्ष समितिका अनुसार, लामो समयदेखि नगरपालिकामा सेवा दिइरहेका करार कर्मचारीहरूको म्याद समयमै नथपिएकाले उनीहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो । उनीहरूले म्याद थप गरी स्थायित्वका लागि आवश्यक कदम चाल्न माग गरेका छन् ।

आन्दोलन बुधबारदेखि सुरु भएको हो र माग पूरा नभएसम्म निरन्तर जारी रहने बताइएको छ ।

धर्नास्थलमा सहभागी कर्मचारीहरूले “म्याद थप्नुपर्छ”, “करार कर्मचारीको हक अधिकार सुनिश्चित गर” जस्ता नाराहरू लगाउँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अमवेया खातुनले करार, मासिक ज्यालादारी र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको आन्दोलनबारे प्रतिक्रिया दिँदै भनिन् —“मैले प्रमुख प्रशासकीय अधिकृतलाई नियम र प्रक्रियाअनुसार सबै कार्य गर्न निर्देशन दिएकी छु । तालाबन्दी कुनै पनि समस्याको समाधान होइन् । नगरपालिका संवाद र कानुनी बाटोबाट अघि बढ्छ।”

खातुनले भनिन् —“नगरपालिकाले कुनै पनि कर्मचारीको अधिकार खोस्ने निर्णय गरेको छैन् । निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हो, म्याद थप सम्बन्धी सम्पूर्ण कार्य प्रक्रिया म त्यसैअनुसार अघि बढाउन निर्देशन दिएकी छु।”

तर निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले म्याद थपको औपचारिक निर्णय पत्र तत्काल जारी गर्न माग गर्दै कार्यालयहरूमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीका कारण वडा कार्यालय र नगर कार्यपालिकाको नियमित सेवा प्रवाह प्रभावित बनेको छ । स्थानीयहरूले अत्यावश्यक सेवामा ढिलाइ हुँदा असुविधा भएको गुनासो गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भने यस विषयमा कार्यपालिका बाेर्डमा छलफल गरिने बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।