Breaking News

एसईई परीक्षाको राैतहट जिल्लाको परीक्षा केन्द्र सार्वजनिक, केन्द्रसहित

राैतहट,चैत ०४ गते 

२०७९ सालको माध्यमिक तह कक्षा १० (एसईई) को राैतहटको परीक्षा केन्द्र सार्वजनिक भएको छ । यस वर्षको एसईई परीक्षा चैत १७ गतेबाट सुरु हुने भनिएको छ । यस अघि सार्वजनिक तालिका अनुसार परीक्षा चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियाे । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको थियाे । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar