Breaking News

राष्ट्रसंघको मानवअधिकार परिषद्‌मा कान्तारा

मुम्बई, ३ चैत ।

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ले एउटा ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ ।

 

स्वीटजरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा यो फिल्म प्रदर्शनमा आउने भएको छ । यो फिल्म आज शुक्रबार परिषद कार्यालयको हल नम्बर १३ को पाथे बालेक्सर्टमा प्रदर्शन गरिन लागिएको हो ।

 

फिल्म प्रदर्शनका लागि लेखक, निर्देशक तथा अभिनेता ऋषभ शेट्टी जेनेभा पुगेर आफ्नो ओरल सबमिसन पुरा गरिसकेका छन् । सेन्टर फर ग्लोबल अफेयर्स एण्ड पब्लिक पोलिसि(सीजीएपीपी)ले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको बारेमा जानकारी दिएको छ ।

 

‘रिसभ शेट्टी जेनेभामा युएनएचआरसी सेशनमा वातावरण, मौसम र संरक्षणका विषयमा भारतीय फिल्मको भूमिकाका बारेमा बोल्नेछन् । सीजीएपीपीका निर्देशक अनिन्ध सेनगुप्ताले सेशनको समयमा उनलाई भेट्नेछन्’, पोलिसिले ट्वीट गरेको छ ।

 

‘कान्तारा’को कन्नड भर्सन र हिन्दी भर्सन गत वर्षको नोभेम्बर ३० र अक्टोबर १४ मा रिलिज भएको थियो । फिल्ममा ऋषभसँगै सप्तमी गौडा र किशोर कुमारको प्रमुख भूमिकामा अभिनय थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar