
मँजय राम,कटहरिया,चैत ०२ गते
नागरिकको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा नेपाल सरकारको दर्ता शिविर मार्फत प्राथमिकता कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर कटहरिया नगरपालिका ९ डुमरियामा सम्पन्न भएको छ ।
आरडिसि नेपालको आयोजनामा बिहिवार एक दिने दर्ता शिविर सम्पन्न भएको हो । आज कटहरिया नगरपालिकाको डुमरिया टोलमा पुगि दर्ता शिविर सम्पन्न भएको वडा अध्यक्ष रुपेश यादवले जानकारी दिनु भयो । जसमा जन्म दर्ता २३, विवाह दर्ता २ र मृत्यु दर्ता १ गरिजम्मा २६ जनाले सेवा लिएका थिए ।
शिविर कार्यक्रम वडा सदस्यहरू सुरेन्द्र ठाकुर, बुधनी देवी लगायत वडा सचिव सुरेन्द्र कुमार यादव,वडाका कर्मचारीहरु लगायतको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । वडा अध्यक्ष रुपेश कुमार यादवको विशेष पहलमा जनचेतनाको कमी जस्ता विभिन्न कारणले वडा कार्यालय सम्म पुग्न सक्दैनन् उनीहरुको लागि लक्षित गरि व्यक्तीगत घटना शिविर आयोजना गरिएको थियो । सो टोलको मुसहर बस्तीमा दर्ता शिविर सञ्चालन गरिएको वडा अध्यक्ष यादवले जानकारी दिनु भयो ।
