
आरके श्रीवास्तव,गरुडा,चैत ०२ गते
रौतहट प्रहरीले गत साउन देखी ३० फागुन सम्म ३ सय ६१ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवका अनुसार जिल्ला अदालतको फैसला कार्यान्वयन एकाइ द्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिनु भयो ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन ३० गतेसम्ममा ३६१ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकाहरु रहेका छन् ।
फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन । उनका अनुसार यसका लागि फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको बताए । उनका अनुसार पक्राउ गर्ने क्रममा बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको बताए ।
यता चालु आ.व. २०७९÷०८० मा नै गाँजा ६९६ के.जि. ४०० ग्राम, नाईट्राभेट ट्याब्लेट ६४३३ पिस, डाईजेपाम ईन्जेक्सन २६६१ पिस, फेनारगन ईन्जेक्सन २६७७ पिस, ब्रुफिन ईन्जेक्सन २६९१ पिस, कोरेक्स–५१ बोतल लागु औषध पक्राउ परेको डिएसपि यादवले बताए । यो क्रममा २६ जना मानिस पक्राउ गरिएको र १४ जना माथि मुद्धा चलाइएको बताए ।
