Breaking News

प्रेस मञ्च नेपाल मधेश प्रदेशको बैठक सम्पन्न 

आरके श्रीवास्तव,गरुडा,चैत ०२ गते

रौतहटमा प्रेस मञ्च नेपाल मधेश प्रदेशको बैठक आज सम्पन्न भएको छ । जिल्ला सदरम्ुकाम गौर स्थित जनता समाजवादी पार्टीको कार्यालयमा बैठक बसेको थियो । प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । बिहिवार भएको बैठकको प्रमुख अतिथीको रुपमा जनता समाजवादी पार्टीका रौतहट अध्यक्ष श्याम बिहारी यादव रह्नु भएको थियो ।

बैठकमा आउँदो चैत १३ गते प्रेस मञ्च नेपाल रौतहटको जिल्ला भेला गर्ने निर्णय गरिएको हो । साथै चैत १६ गते भित्र मधेश प्रदेश भरीको आठ वटै जिल्लामा अधिवेश गर्ने र चैत १८ गते प्रेस मञ्च नेपाल केन्द्रीय आयोजनामा संगठन सुदृढिकरण,प्रशिक्षण हुने निर्णय गरिएको प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष यादवले जानकारी गराउनु भएको हो ।

सो अवसरमा प्रेस मञ्च नेपालका राष्ट्रिय उपाध्यक्ष मनोज यादव,प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य एवम् नेपाल पत्रकार महासंघ रौतहटका शाखाका पूर्व सभापती रविन्द्र साह,मञ्चका प्रदेश महासचिव बन्दना झा लगायतका व्यत्तीहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar