
आरके श्रीवास्तव,गरुडा,चैत १ गते
नेकपा एमालेका नेता रघुवीर महासेठले पार्टीले अगाडी सारेको मिसन ग्रास रुट अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनु भएको छ । बुधवार मध्य रौतहटको गरुडामा आयोजित नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तारका लागि मिसन ग्रास रुट अभियान कार्यक्रमलाइ सम्बोधन गर्दै महासेठले सो कुरा बताएका हुन् ।
पार्टीलाइ मधेश प्रदेश लगायत देशैभरी पुनः स्थापित गर्न यो अभियान सञ्चालन गरिएको वहाँले बताउनुभयो । अभियान अन्तरगत पार्टी सदस्यको सदस्यता नवीकरण, सदस्यता विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने महासेठले जानकारी दिनुभयो । जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध सुधारका लागि सुझाव संकलन गर्ने पनि अभियानको उद्देश्य रहेको उहाँको भनाइ छ ।
साथै वहाँले गुटगत मानसिकता त्यागेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । पार्टी सुदृढीकरण तथा विस्तारका लागि सुरु भएको मिसन ग्रास रुट अभियानलाई रौतहटमा प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नु भयो । अभियानलाई प्रभावकारी बनाउन जिम्मेवार भएर लाग्न महासेठको निर्देशित गर्नु भयो ।
साथै वहाँले रौतहटका जनप्रतिनिधीहरुलाइ गरुडामा रहेको तुल्सीलाल स्मृती भवन पार्टी कार्यालयलाइ व्यवस्थापनमा लाग्न आग्रह गर्नु भयो । यस अघि राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको अध्यक्षता सचिदानन्द साहले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज पूर्व उपप्रधानमन्त्री महासेठ रह्नु भएको थियो । बालविक्रम कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य एमालेका जिल्ला उपाध्यक्ष दिपक यादवले राख्नु भएको थियो ।
सो अवसरमा संविधानसभा सदस्य विचारी यादव,एमाले नेता पुरूषोतम पौडेल,मधेस प्रदेश उपसचिव आरती भण्डारी,सह ईन्चार्ज रेखा झा,गरूडा नगर प्रमुख कन्थमनी जयसवाल,पूर्व मेयर अजय गुप्ता,एमाले नेतृ रेखा झा,मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्र राय यादव,देवाही गोनाही नगरपालिकाकि उपमेयर परनिया देवी पटेल लगायतका नेकपा एमालेका नेता कार्यकर्ताहरूको सहभागीता रहेको नेकपा एमाले निवर्तमान जिल्ला सह सचिव रुपेश पटेलले जानकारी गराउनु भएको हो ।
