Breaking News

मौलापुरमा मेयर साहले गुणस्तरीय शिक्षाको लागि गरिन् बिधालय अनुगमन

आरके श्रीवास्तव,गरुडा,चैत १ गते
रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले गुणस्तरीय शिक्षाको लागि बिधालय अनुगमन गरेकी छिन् । नगर भित्र रहेको सामुदायिक बिधालयहरुमा शिक्षालाई थप प्रभावकारी रुपमा पार्न बिधालय अनुगमन गर्नु भएको हो ।
नगरपालिकामा रहेको बिधालयको शैक्षिक अवस्था बारेमा वास्तविक के रहिछ त्यो समस्या छिटो समाधानका गर्न आफू स्वंम बिधालयमा गएको बताएकी छिन् । साथै सरकार बाट आएको सेवा सुबिधाहरु प्रयोगमा ल्याएको अबस्थामा बुझ्न देखि लिएर दिवा खाजा बालबालिका हरुलाई निरन्तरता लगायतको विषयमा अन्तरक्रिया गरेको बताइन् ।
शिक्षा मानव जीवनको तेर्सो अंगको रूपमा भएको हुँदा शिक्षा क्षेत्रमा आफ्नो बढी जोड रहेको बताइन् । सरकारी बिधालयका बालबालिकाको पढाई आउँदा दिनहरूमा थप कसरी गुणस्तरीय शिक्षा व्यवस्थापन गर्ने समबन्धमा पनि छलफल गरेको बताइन् । नगर प्रमुख रिना कुमारी साहले शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राख्द कुल नगरको बजेट मध्ये ४०% बजेट शिक्षामा छुट्टयाएको बताइन् ।
आज(बुधवार) वहाँले मौलापुर नगरभरिको श्री मावि मर्यादपुर ,श्री आधारभुत चिरचिरिया,श्री मावि गम्हरिया,श्री जबाहर साह मावि,श्री अद्भुतनाथ प्रावि लगायत बिधालयहरुमा अनुगमन गर्न पुगेकी थिइन् । सो अवसरमा शिक्षा संयोजक राजेन्द्र प्रसाद साह,लेखापाल जयप्रकाश महतो,

लघुउधम शाखा प्रमुख सुमन आर्याल लगायतका व्यक्तीहरुको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar