
रूपेश यादव,फतुवा बिजयपुर,चैत ०१ गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक माध्यमिक बिधालयमा कक्षा दशका बिधार्थिहरूलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर ४ मा अवस्थित रहेका श्री माध्यमिक बिधालय टेंग्राहामा कक्षा १० मा अध्यनरत ३० जना बिधार्थिहरू लाई एक कार्यक्रमका बिच बिदाई सहित यही चैत महिनामा हुन गईरहेका एसइइमा राम्रो अंक ल्याई उतिर्ण हुनुकाे साथ साथै उज्वल भविष्यकाे लागि शुभकामना समेत प्रधानाध्यापक अनिल यादवले दिएका थिए ।
विदाई कार्यक्रममा साेहि बिधालयका प्रधानाध्यापक यादवले टीका र माला लगाई बिदाई गरेका छन् । साे अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष सतिश कुमार यादव (गाैरव),बिधालय व्यवस्थापन समितिकाे अध्यक्ष जयमंगल यादव, बिधालयका लेखापाल प्रबिन यादव , शिक्षक राजेश यादव , नेता प्रेमलाल यादव, समाजसेवी चनरदेव राय यादव , गाउँका अभिभावक , शिक्षक , शिक्षिकाहरूकाे उपस्थितमा साे कार्यक्रम सम्पन्न भएकाे छ ।
