
आरके श्रीवास्तव,गरुडा,चैत १ गते
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका एक किसानको खेत बारीमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवा निवासी अनुप लाल यादवको छोरा अन्दाजी ४० वर्षीय श्याम यादवको करेन्ट लागेर आज बेलुका मृत्यु भएको छ ।
उँखु खेतमा सिंचाई गर्दैगर्दा मोटर बाट पानी तान्ने क्रममा बुधवार बेलुका साढे ५ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आफ्नै उँखु खेतमा बिधुतीय लाईनबाट मोटर जोडेर पानी पटाउदै गर्दा करेन्ट लागि मृत्यु भएको छ ।
करेन्ट लागेर घाईते भएका यादव लाई प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगीएको थियो । अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक यादवको शव लाई पोष्मार्टम गरी परीवार जनलाई बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिनु भयो ।
