Breaking News

मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा

काठमाडौं, १ चैत ।

सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानसँग सम्बन्धित् संघ, संगठनले आन्दोलनको घोषणा गरेका छन् ।

 

बुधबार पत्रकार सम्मेलन गर्दैै कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारलाई  उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रममा ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना, जुलुस, चक्काजामसम्म रहेका छन् । गत २६ फागुनमा सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar