Breaking News

झापामा भन्सार छली ल्याईएका अबैध कुखुरा नष्ट 

झापा, चैत १ ।

विभिन्न स्थानबाट भारततर्फबाट नेपाल ल्याइएको कुखुरा बरामद गरी नष्ट गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–र ४ बाट भन्सार छली गरी ल्याएको ८० केजी ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो । प्रहरीका अनुसार अन्दाजी २४ हजार मूल्य बराबरको कुखुरा नियन्त्रणमा लिएको छ ।

 

यसैगरी, झापाको मेचीनगर नगरपालिका– ५ बाट अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको रैथाने र बोइलर कुखुरा नियन्त्रणमा लिएको हो ।

 

यसरी नियन्त्रणमा लिइएका कुखुरा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डो खनेर नष्ट गरिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar