Breaking News

सिकारीको बन्दुक पडकिदा एक किशोरको मृत्यु

सल्यान, १ चैत ।

सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ ।

 

बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोलि लागेर मृत्यु हो ।

 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा गोलि लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए । जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लिदै गर्दा बाटोमै मृत्यु भएको हाे ।

 

गोली प्रहार गर्ने आइते लाइ प्रहरी पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar