Breaking News

रौतहटमा ५ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले गरे आँप खेती


आरके श्रीवास्तव,गरुडा,फागुन ३० गते
रौतहटमा ५ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रामा आँपको रुखमा मन्जरी(मोजर) लागेकाले यस वर्ष जिल्लामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।

चालु आर्थिक वर्ष यस जिल्लामा ५ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले ७० हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ५ हजार ५०० हेक्टर क्षेत्रफलमा आँप खेति गरेकोमा ६५ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो ।

तर, यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यहि अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख कमलदेव प्रसा कुशवाहाले जानकारी गराउनु भयो ।

कटहरिया नगरपालिका,गरुडा नगरपालिका,गौर नगरपालिका,परोहा नगरपालिका र यमुनामाइ गाउँपालिका लगायत जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको उनले बताए ।

जिल्लामा खास गरि, मालदह, बम्बइ,अमरपाली, दसहरि, कलकतिया,भदैया लगायतका आँप उत्पादन हुने गरेको छ । यहाँ उत्पादित आँप काठमाडौं बुटबल लगायतका ठाउँमा बिक्रीका लागि जाने गरेको किसानहरूको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar